रोल्पाको खुंग्रीमा माडी, लुङ्ग्री सिंचाई कारिडोर कार्यालय उद्घाटन अब रोल्पा र प्यूठानी किसानहरु सम्बृद्धीको बाटोमा अगाडि बढ्छन्

रोल्पा जिल्लामा
मानसिंह विश्वकर्मा
लिबाङ, माघ २५
रोल्पामा विभिन्न सिंचाई आयोजना सञ्चालन भएपछि अब पहिलो पटक माडी, लुङ्री, सिचाई करिडोरको कार्यालय स्थापना भइ कार्य सञ्चालन हुने भएको छ । विहीबार सिंचाई राज्य मन्त्रीले अमरसिंह पुनमगरले कार्यालय स्थपानाको उद्घाटन गर्नुभयो ।
उद्घाटन एवं कार्यालय स्थापना कार्यक्रममा बोल्दै सिंचाई राज्यमन्त्री अमरसिंह पुनमगरले सिचाई करिडोरको कार्यालय स्थापना र कार्य सञ्चालनले रोल्पा प्यूठानका किसानहरुको कृषि पेशामा आधुनिकरण हुने र किसानहरुको जीवन सम्बद्ध बन्ने बताउनुभयो । उहाँले भन्नुभयोः–“मैले रोल्पा जिल्लाको लागि यो नयाँ कामको शुरुवात गरेको छु, मैले चुनाव अगाडि काम गर्न सक्छु भनेर प्रतिवद्धता गरेको थिए कार्यालय स्थापना गरेका छाँै अब यस भेगका जनताहरु सक्रिय भएर उपभोग गर्नका लागि अनुरोध गर्दछु ।”
सिचाई राज्यमन्त्री अमरसिंह पुनमगरले हाल सो आयोजनामा ४ करोडको बजेट र १० जना कर्मचारी व्यवस्थापन आफ्नै पहलम भएको बताउँदै योजना सर्वे डिजाइन गरेर काम अगाडि बढाउने बताउनुभयो । यस करिडोर सिंचाई आयोजनाबाट खुंग्री, घोडागाउँ, प्यूठान भिंग्री, चकचकेसम्म यो कार्य सञ्चालन हुने भएकोले प्यूठान र रोल्पाका नागरिकले सेवा लिनका लागि अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा पूर्व योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोख्रेलले आफू योजना आयोगको उपाध्यक्ष हुदाँ यो आयोजना छनौट गरेको र हाल कार्यालय स्थापना गरी अब कार्य सञ्चालन हुने बताउनुभयो ।
यस्तै कार्यक्रममा पूर्व सांसद लेखनाथ आचार्यले करिडोर सिंचाई आयोजना कार्यालय स्थापनाले रोल्पालीको भविस्या राम्रो भएको बताउँदै यसबाट फाइदा उठाउनको लागि अनुरोध गर्नुभयो ।
आयोजना प्रमुख गोपाल शर्माले अब यस आयोजना कार्यालयले अब जनताको सम्बृद्धका लागि काम गर्ने बताउनुभयो । उहाँले अब योजना छनौट, सर्वे लगायतको कामहरु गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा लागि जिल्ला स्थित राजनीतिक, सरकारी तथा गैर सकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी र पत्रकारहरुलाई सहभागिका रहेको थियो ।

You may also like