रोल्पा नगरपालिका प्रमुख केसीको रोल्पा नगरपालिकालाई देश राम्रो नगर, स्वर्ग बनाउने भिडियो सार्वजनिक

मानसिंह विश्वकर्मा
असोज ८ गते लिबाङ

रोल्पा नगरपालिकका नगरप्रमुख पूर्ण केसीले आफ्नो नगर बनाउने अभियानमा त निरन्तर लाग्नु भएकै थियो त्यसलाई शब्द र संगीतबद्ध गरेर आम नगरबासीलाई थप उर्जा प्रदान गर्ने अभियानमा लाग्नु भएको छ । उहाले नगरवासीलाई आफ्नो गीत र भिडियो मार्फत पनि नगरको समृद्धमा जोड्ने लक्ष्यका साथ भिडियो सार्वजनिक गर्नुभएको छ ।

राजनीतिज्ञ, साहित्य र कलाकारीता क्षेत्रमा दख्खल राख्ने रोल्पा नगरपालिका नगरप्रमुख पूर्ण केसीले रोल्पा र रोल्पाली लगायत सिंगो देश र नेपालीले विगत जनयुद्धको समयमा देशको लागि बलिदान गरेकोलाई गीत संगीतमा सम्मानपूर्वक व्यक्त गर्दै रोल्पा जिल्लाको पहिचान बोकेको रोल्पा नगरपालिकालाई “देशकै राम्रो नगर र धर्ती राम्रो नगर अनि संसारकै राम्रो नगर” बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बाल्यकालदेखि नै राजनीतिमा लाग्नु भएका पूर्ण केसी जनयुद्धकालमा पनि कविता, गीत, कथा, लेखन कार्य शुरुवात गर्दै केही पुस्तकहरु लेख्नुभएको छ । साहित्य, कला मानिसको अर्काे जीवन भएको बताउने केसीले यस भन्दा अगाडि हामी खेलाडी हौ, खेलाडी भन्ने बोलको गीत बजारमा लिएर निकै चर्चा कमाउनु भएका पूर्ण केसीले यस पटक हामी बनाउँछाँै रोल्पा नगरपालिकालाई भन्ने बोलको गीतबाट पनि चर्चा कमाउन सक्ने विश्वास ५ नं. प्रदेश सांसद दीपेन्द्र कुमार पुनमगरले बताउनुभयो । पुनमगरले संविधान दिवसको अबसरमा २०७६ को अवसरमा असोज ३ गते विमोचन गर्नुभएको गीत विभिन्न युटुप च्यानलहरुमा समेत रहेको छ ।
चर्चित जनवादी गायक स्वरका धनी मोहित श्रेष्ठ र जनवादी गायक एवं स्वरकी धनी प्रगति महराले गीतमा स्वर दिनुभएको छ । जनवादी गायक मोहित श्रेष्ठ र जनवादी गायकी प्रगति महराले नेपाली जनमुक्ति आन्दोलनमा जनवादी गीत संगीतले जनतालाई परिवर्तनको आन्दोलनमा लाग्नका लागि निकै प्ररेणा प्रदान गरेका गर्नुभएको थियो । यी शब्दलाई संगीतकार राजकुमार बगरले संगीत गर्नुभएको थियो ।

संगीतकार राजकुमार बगर, गायिका प्रगति महरा, गायक मोहित श्रेष्ठ

सबैतिर निरासताको विषय उत्थान भइरहेको बेलामा उत्साह दिने, आफ्नो नगर आफै सजाउने दिशामा जनतालाई आह्वान गर्दै अगाडि बढेका छन् । नेपाली रोल्पा जिल्ला जनयुद्धको समयमा सबैभन्दा बढि योगदान तथा मारमामा परेको जिल्ला हो । जनयुद्धको क्रममा रोल्पा जिल्लालाई विश्वमा तिनै विरहरुले चिनाए जसले रगत अनि पसिनाले माटो भिजाएका छन् । रोल्पा जिल्लामा रोल्पा नगरपालिका लगायत ९ वटा स्थानीयतहमध्ये रोल्पा नगरपालिका रोल्पा जिल्लाको भौगलिक र केन्द्रका हिसावले पनि सामरिक महत्वको ठाउँ भएको छ । रोल्पा नगरपालिकालाई सम्बृद्ध बनाउनको लागि नगर प्रमुख पूर्ण केसी, नगर उपप्रमुख मनकुमारी घर्तीमगर, नगर प्रमुख प्रशासकीय सावित्रा पुनथापा निरन्त लाग्नुभएको छ । रोल्पा नगरपालिका बनाउनको लागि हातेमालकेन्द्रीय नेतादेखि स्थानीय नेतासमम्म निरन्तर लाग्नु भएको छ । यस नगरपालिका निर्माण भएपछि केन्द्रीय नेता कृष्णबहादुर महरा, वर्षमान पुनमगर, जयपुरी घर्तीमगर, ओनसरी घर्तीमगर, कुलप्रसाद केसी, दीपेन्द्र पुनमगर लगायतको जनप्रतिनिधीहरु लगायत सबै सरोकारवाला निकायहरुको सहभागितामा अगाडि बढेको छ ।
सो गीतको पहिलो हरफमा पौरखले सिर्जन्छाँै, परनिर्भरताले मात्रै होइन आत्मनिरर्भर भइ अगाडि बढ्नु पर्ने उल्लेख गरिएको छ । नगरको विकासका लागि सबै जनता जुटेर र रात दिन खटेर मात्रै सम्भव भएको कुरा उल्लेख गरिएको छ । सबैको सामूहिक प्रयासबाट अगाडि बढाउन नमूना नगरपालिका बनाउनको सामूहिक रुपमा लागि परेको बताउनुभएको छ ।
पौरखले सिर्जन्छौँ, हामी आफ्नो नगर
परिनाले सिंगारछाँै हामी आफ्नो नगर
सबै जनता जुटेर रातादिन खटेर
हामी बनाउँछाँै रोल्पा नगरलाई
देशकै राम्रो नगर, धर्तीकै राम्रो नगर
संसारकै राम्रो नगर
यस्तै गीतको दोस्रो हरफमा रोल्पा नगरपालिका प्रकृतिको धनी अनि घना जंगल हिमाल पानी त्यही प्रकृतिलाई उपयोग गरेपछि राम्रो नगर हुने तर्क सहित बत्ति, बाटो, खानी उत्खनन् गरर गौरवले उठाउने अनि सजाउने प्रतिवद्धता गरिएको छ ।

प्रकृतिको धनी हामी जंगल हिमाल पानी
विकासले छौँ, हामी आफै बत्ति, बाटो खानी
गौरवले उठाउँछँँै सजाउँछौँ
गीतको इतिहासमा रोल्पाले धेरै बलिदान, बहादुरीहरुको बलिदानले सिर्जित यो रोल्पालाई अझै सबैको अगाडि स्वाभिमानपूर्वक र सम्मानपूर्वक वाच्नका लागि आफ्नो इच्छा समेत रहेको उल्लेख गरिएको छ ।
इतिहास छन् कति कति विरका बलिदानको
गणतन्त्रका जननी हो, प्रतिक स्वाभिमानको
एकताले बनाउँछाँै, हामी नगर
शिखरमा पु¥याउँछाँै, हामी आफ्नो नगर

यस्तै गीतको अन्तिम हरफमा रोल्पा नगरपालिकामा कृषि क्षेत्रमा परम्परागतबाट आधुनिकता तिर, कृषि शिक्षामा आमूल परिर्वतन गरी रोजगारमुखी र विकासशील नगर निर्माण गर्ने, रोल्पा नगरपालिकालाई संस्कृति र पर्यटनको केन्द्र बनाएर अगाडि बढाउने गरी लाग्नु भएको छ ।
कृषि, शिक्षा, उद्योग, विकास, गछौँ अग्रगामी
सँस्कृति र पर्यटन, चिनाउँछौँ हामी
पौरखले सिर्जन्छौँ, हामी आफ्नो नगर
परिनाले सिंगारछाँै हामी आफ्नो नगर
सबै जनता जुटेर रातादिन खटेर
हामी बनाउँछाँै रोल्पा नगरलाई
देशकै राम्रो नगर, धर्तीकै राम्रो नगर
संसारकै राम्रो नगर
रोल्पा नगरपालिका साविकको लिबाङ, खुमेल, धबाङ, ह्वामा, जंकोट, कोटगाउँ, कोर्चाबाङ, जेदबाङ लगायतको गा.वि.स.बाट नगरपालिका बनेको हो । रोल्पा नगरपालिकालाई समृद्ध बनाउने यात्रामा अगाडि बढाउनको पुरै नगरपालिका पुरै शक्ति लागेको छ । रोल्पा नगरपालिकालाई देशकै नमूना, विश्वकै स्वर्ग बनाउने यात्रामा नगरवासीले साथ र सहयोग गर्नु पर्ने देखिन्छ ।

You may also like