रोल्पा समाचारदाता
नवलरासी, असोज २३ गते ।
अहिलेको गठबन्धनलाई अब कसैले तोडन सक्दैन, एक हप्ताभित्र केपी ओली नेतृत्वको प्रदेश सरकार ढाल्छाँै ः प्रचण्ड
रोल्पा समाचारदाता
नवलरासी, असोज २३ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्रि पुष्पकमल दहाल प्रचण्डले अहिलेको गठबन्धन अब कुनै शक्तिले तोडन नसक्ने बताउनु भएको छ । एक हप्तामत्रै प्रतिगमनकारी केपी ओलीको नेतृत्वमा रहेको प्रदेश सरकार ढालिने बताउनुभयो ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको प्रशासकीय भवनको उदघाटनका क्रममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा पुर्व प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो । गठबन्धनलाई अझै बलियो बनाउँदै सरकार विस्तारमा गर्न खोज्दा केही ढिला भएको बेलामा सरकारको स्थायित्वलाई लिएर केही आसंकाहरु उठेको भए पनि अब यो सरकारले पुर्णता पाएसंगै सम्पूर्ण आशंकाहरु मेटिएको बताउँदै अब सरकारले जनमुखि काम गरी अगाडि बढ्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन अब माथि मात्र होईन जिल्ला, र स्थानियतहरुमा समेत गठबन्धन गरी देशलाई पुनः स्थायित्व दिनका लागि आफूले पहल लिइरहेके बताउनुभयो ।
शान्ति प्रक्रियालाई लक्ष्यमा पु¥याउनका लागि गिरीजा प्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको कारणले दलित, मुस्लिम, जनजाती, मधेशी लगायत सबै उत्पीडित क्षेत्र र वर्गको मुक्ति नहुँदासम्म आफ्नो सपना पूरा नहुने बताउनुभयो ।
महिला अहिलेको गठबन्धनले ओलीहरुलाई बाल्कोट पु¥याएको र यसै गठबन्धनले अबको चुनावमा ओलीहरुलाई राजनैतिकको क्षितिजको धेरै टाडा पु¥याउने बताउदै प्रचण्डले यो सरकारले सुकुम्बासी समस्या, मधेशमा ठूलो समस्याका रुपमा रहेको नागरिकताको समस्या समेत हल गरेर जाने बताउनुभयो ।
साथै मधेशी समुदायको नागरिकता समस्यालाई काठमाण्डाँैमा जादाँ वित्तिक समस्या समाधानका लागि पहल गरिने बताउनुभयो । भूमिहिन सुकुमबासीको समस्या हल गर्नका लागि व्यवस्थान भूमी व्यावस्थापन मन्त्रालय लिएको बताउँदै आगामी निर्वाचन भन्दा अगाडि ब लालपुर्जा हातमा दिने बताउनुभयो ।
मधेशी, मुस्लिम, दलित, जननातिको पहिचानको विषयमा समस्या रहेको र समस्याको समाधानका लागि आफु सरकारमा छदा संविधान संशोधन गर्न प्रश्ताव पेश गरेको भए पनि केपी ओली नेतृत्वको एमालेले अवरोध गरेका कारण मधेशको समस्या हल गर्नका लागि संविधान संसोशन गर्न नदिएको स्मरण गर्दै अब आउने समयमा यो सरकारले मधेशका समस्याहरु प्नि हल गरेर जाने बताउनु भयो ।
भुमि आयोग यो सरकारले गठन गरि सकेको र अब छिटै यो जिल्ला जिल्लामा आयोगको गठन गरिने बताउनदै प्रचण्डले अब जनताको सुकुम्बासी समस्या सदाका लागि समाधान गरेर जाने बताउनु भयो । आगामी निर्वाचन आउनु भन्दा पहिला नै यो सरकारले देशका सम्पुर्ण सुकुमवासी एवं भुमिहिनहरुलाई लालपुर्जा वितरण गरेरै छाडने बताउनु भयो ।
हिन्दी भाषामा बोलेका प्रचण्डले मधेशी, दलित अल्पसंख्यक लगाएतका उत्पीडित वर्गको मुक्तिका लागि आफु निरन्तर लडि रहेको र आगामी दिनमा पनि लडि रहने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले ‘समृद्धी प्रदेश आत्म निर्भर लुम्बिनी’ प्रदेश सरकारको नारालाई साकार पार्नका लागि सम्पूर्ण प्रदेशवासीलाई आह्वान गर्नुभयो । साथै उत्पीडित समुदायको मुक्तिका लागि गणतन्त्र प्राप्तीका प्रमुख नेतृत्वलाई प्रचण्डको नेतृत्वमा देश अगाडि बढिरहेको बताउनुभयो ।
शुरुको सम्बोधन नेपाली भाषामा गरेका प्रचण्डले हिन्दी भाषामा बोलेपछि स्थानयहरुले खुशी हुदै तालि बजाएका थिए ।
कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको अध्यक्षतामा भएको प्रशासकीय भवन उदघाट कार्याक्रममा नेपाली कांग्रेसका पुर्व गृह राज्य मन्त्रि एवं सोहि क्षेत्रका वर्तमान सांसद देवेन्द्रराज कंडेल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता मुकुरजी गिरी लगाएतले बोल्नु भएको थियो ।
भरतपुर देखी हेलिकप्टरबाट नवलपरासीको सदरमुकाम परासीमा झरेका प्रचण्डले सुनवलमा पत्रकार सम्मेलन, भारतीय सिमानासंग जोडिएको पाल्हीनन्दनमा सरकारी भवन उदघाटन पछि बेलासपुरमा पार्टी प्रवेश कार्याकममा पार्टी कार्याकताहरुलाई सम्बोधन गर्नु भएको थियो ।
पश्चिम नवलपरासीको स्थानिय तहहरुका प्रशासनिक भवनहरु मध्य पहिलो बनेको पालिनन्दन गाउँपालिकाको प्रशासकिय भवन निर्माणमा ९ करोड ३५ लाख रुपियाँ लागत लागेको पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले बताउनु भयो । पाल्हीनन्दन गाउँपालिकाको पाँच तले प्रशासकिय भवनमा ८४ कोठा, ४ सभाहल एवं भवनको माथिल्लो तलामा हेलीप्याड समेत बनाईएको छ ।