सुलिचौर–गाम सडक निर्माणको सार्वजनिक सुनुवाई

चन्द्र रोकामगर
पुष १ बडाचौर, रोल्पा
जिल्लाको महत्वपूर्ण पूर्वीय क्षेत्र सुलिचौरबाट गुम्चाल, हार्जङ, स्यूरी, गाम हुँदै ढोरपाटनको मध्य पहाडी लोकमार्गसम्म जोड्ने सामारिक महत्वका सडकको सार्वजनिक सुनवाई शनिबार कार्यक्रम लुङ्ग्री गाउँपालिका–बडाचौर स्थित एयरपोटमा सम्पन्न भएको छ ।
सार्वजनिक सुनवाई कार्यक्रमको प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरको आतिथ्यता थियो । त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, अतिथि स्थानीय विकास अधिकारी शुसील बैद्य, लुङ्ग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्का, सोही गाउँपालिका उपाध्यक्ष भिमकला बुढाथोकी, सुवर्णावती गाउँपालिका प्रशासनिक अधिकृत लेखनाथ न्यौपाने, लुङ्ग्री गाउँपालिका–४ वडापालिका वडाअध्यक्ष शिवप्रसाद के.सी, सोही गाउँपालिका– ५ वडापालिका वडाअध्यक्ष भरत थापा, नेपाली काँग्रेस पार्टीका प्रतिनिसधि झकलाल बि.क, नेकपा (एमाले) प्रतिनिधि एञ्जल भिजन गुरुङ, नेकपा (माओवादी केन्द्र) लुङ्ग्री गाउँपालिका अध्यक्ष तुलाराम खड्का लगायत सरोकारवाला निकायको आतिथ्यता थियो ।
सोही क्षेत्रमा निर्माधिन अवस्थामा रहेको महत्वकांक्षी सडकको १० किलोमिटर सडकको शनिबार सरोकारवाला निकायहरुको सभागितामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो । सो सडक ७ करोड ४७ लाख ८ हजार २३६ रुपैया ९२ पैसामा जिल्ला समन्वय समिति (साविक जिल्ला विकास समिति) सँग निर्माण व्यवसायी बीच २०७३ साल असार महिना २६ गतेको दिन सम्झौता भएको थियो । सोही सम्झौता अनुरुप २०७५ साल असार २५ गतेसम्म निर्माण कार्य सम्पन्न गरी सक्ने सम्झौता भएको थियो । स्थानीयबासीले सडक फराकिलो नहुँदा यात्रा धेरै जोखिमपूर्ण भएको लुङ्ग्री गा.पा. ५ का वडा अध्यक्ष भरत थापाले बताउनुभयो । यसै गरी समाज सेवी एन्जल भिजन गुरुङले सडक विस्तारमा रुख विरुवाको उच्चित व्यवस्थापन नहुँदा, सडकलाई सबैको सहकार्यमा सहज र सरल बनाउने पर्ने, आम जनतालाइ सूचना प्रदान गर्नुपर्ने बताउनुभो । यस्तै कार्यक्रका सहभागी गोविन्द पुनमगरले सार्वजनिक सुनाईमा आम जनताको सहभागिता बनाउनु पर्ने बताउनुभयो ।
बोल्ने बक्ताहरु जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, जिल्ला समन्वनय अधिकारी अधिकारी शुसील बैद्य, लुङ्ग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्का र आयोजना प्रमुख गोपिराज पुनमगरले सडकको घुम्ति फराकिलो, सडक फराकिलो, जनताको माग बमोजिमको सडक निर्माण, समयमै सम्पन्न गर्नका लागि ध्यान दिनु पर्ने लगायतको विषयमा आफूहरुले पहल गर्ने बताउनुभयो ।
जिल्ला प्राविधिक कार्यालय रोल्पाका कार्यालय प्रमुख गोपी पुनको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बि.क.ले सहजीकरण गर्नुभएको थियो ।

You may also like