वर्षमान र दिपेन्द्र पुनगरको सवारीमा बम विस्फोट

रोल्पा समाचारता
रोल्पा, कात्तिक २५ गते
रोल्पामा आगामी मंसिर १० गते सम्पन्न हुन गइरखेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा चुनावी अभियान तीव्ररुपमा प्रचार–प्रशार भइरहेको छ । रोल्पा जिल्लाका विभिन्न राजनीतिक दलहरुले चुनावी अभिायानलाई तीव्रता दिएको बेलामा आज विहान रोल्पा जिल्लाका बाम गठबन्धनका साझा उम्मेद्वारहरुको सुकिदह गाउँपालिकाबाट चुनावी सभालाई सम्बोधन गरी माडी गाउँपालिकामा प्रवेश गर्दै गरेको प्रचार–प्रसार टिममाथि आज विहान ११ बजे भिताबाङको जंगलमा बम विस्फोट भएको हो । प्रतिनिधिसभाका उमेद्वार वर्षमान पुनमगर र प्रदेश सभा सदस्य २ का उमेद्वार दिपेन्द्र पुनमगर सवार गरेको गाडीलाई लक्षित गरी बम विस्फोटन गराएको थियो ।

जिल्ला सुरक्षा समितिले सामान्य भएको बताउँता बताउँदै आज एक्कासी माइन विस्फोटन गराएको थियो । रोल्पा जिल्लामा शान्तिपूर्ण हुने आशा गर्दा गर्दै पनि बम विस्फोटन हुनुले जिल्लामा सुरक्षा स्थितिमा चुनौती थपिएको छ । सुरक्षा समितिले अब नयाँ सुरक्षा रणनीति अनुसार सुरक्षाकर्मी परिचालन गएिको बताएको छ ।
यस विषयमा आज नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक सुरेन्द्र थापा घर्तीमगरले उम्मेद्वारहरुको जुन ज्यान लिने प्रयास गरियो, त्यस कायरुतापूर्ण घट्नाको हाम्रो पार्टी ने.का.पा. (माओवादी केन्द्र) जिल्ला संगठन समिति रोल्पा घोर भत्र्सना र विरोध गरेको बताउनुभएको छ ।
शनिबार जारी विज्ञप्तीमा पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभाका उम्मेद्वार क. वर्षमान पुन (अनन्त) र रोल्पा २ का प्रदेशसभा सदस्यका उम्मेद्वार क. दिपेन्द्र कुमार पुन (सिजल) लाई लक्षित गरी बम विस्फोट गराईएको आजको ज्यानलेवा आक्रमण र हिजो २४ गते साँझ रोल्पा क्षेत्र नं. १ का प्रदेशसभाका उम्मेद्वार क. कुलप्रसाद के.सी. (सोनाम) को प्रचार प्रसार टोलीमाथि जैमाकसलाको नारबाङ भन्ने ठाउँमा गरिएको ढुंगा मुढाको घटना राजनैतिक नभई अपराधिक क्रियाकलाप नै भएकोले यी अपराधिक क्रियाकलापतिर प्रशासनको बेलैमा ध्यानआकार्षित होस् र आगामी दिनमा यस प्रकारका घटना दोहोरिने र त्यसको प्रतिकार जनस्तरबाट हुन थाले त्यसबाट उत्पन्न हुने भयंकर परिणामप्रति प्रशासन गम्भिर बनोस भन्ने हाम्रो आग्रह हो भनिएको छ ।
उक्त विज्ञप्तीमा निर्वाचनलाई उपयोग वा विरोध गर्ने सम्बैधनिक अधिकार सबैलाई छ । तर निर्वाचन बहिष्कारको नाममा बम प्रहार गरी ज्यानै लिन खोज्ने र नागरिकहरुमा श्वेत आतंक सृजना गरि कुन पार्टी÷समूहले के–के फाईदा लिन खोज्दैछन् र कुन–कुन तत्वको केमेष्ट्रिले यो बम र ढुंगा मुढा बनेको हो भन्ने कुरो हामीलाई थाहा नभएको पनि होइन । त्यसैले यी पक्षहरुलाई पनि यस्ता अप्रकृतिक र अनैतिक प्रकारका अपाराधिक हर्कत पुनः दोहो¥याएमा जनस्तरबाट हुने प्रतिरोधको सामना गर्न तयार रहने चुनौती दिइन्छ भनिएको छ ।
जिल्ला संयोजकद्वारा जारी विज्ञप्तीमा पार्टी ने.क.पा.(माओवादी केन्द्र) र ने.क.पा. (एमाले) लगाएत बामपन्थी गठबन्धनमा सामेल सम्पूर्ण पार्टी कार्यकर्तापंक्तिमा यस प्रकारका कायरतापूर्ण हर्कतहरुबाट विचलित नभै निर्वाचन प्रचार प्रसारलाई झन् तित्रता दिई हाम्रा साझा उम्मेद्वारहरुलाई अत्याधिक मतले विजय गराई इतिहाँस लेख्ने मिशनमा खटिराख्न अनुरोध गर्नका साथै आदरणीय जनसमुदाय (मतदाताहरु) मा पनि यस प्रकारका कायरतापूर्ण घटनाहरुबाट भयभित नभई आफ्नो मताधिकारको अधिकारलाई निर्वाचनको दिन भोट हालेर सदुपयोग गर्नुहुन यसै विज्ञाप्त मार्फत हार्दिक अनुरोध गरेको छ ।
बम विस्फोटनको घटनाले संयुक्त बाम गठबन्धनका कार्यकर्ताहरु आक्रोशित बनेका छन् । उनीहरुले राज्यले सुरक्षाको व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् । यस्तो घटनाले फेरी रोल्पामा केही नयाँ अन्तरविरोधको वीउ रोपिन सक्ने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

You may also like