मडौला मडौली नामक मुक्तक सङ्ग्रह विमोचन

मडौला मडौली नामक मुक्तक सङ्ग्रह विमोचन
मङ्सिर २८ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is t2.jpg



रोल्पा, सुनछहरी गाउँपालिका–४ फुलबारी टोल घोगा निबासी लिल बहादुर घर्तीको पहिलो कृतिको मडौला मडौली नामक मुक्तक सङ्ग्रहको शनिबार पोबाङमा विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष आस बहादुर पुनमगरले गाउँपालिका साहित्य कला जन्मने उर्वर भूमी भएको भन्दै भौगोलिक वातावरण, संस्कार संस्कृति, भेष भुषा जस्ता कुराहरु पनि साहित्यको माध्यमबाट बाहिर ल्याउनु पर्ने बताउनुभयो । उहाँले गाउँपालिकामा साहित्य प्रर्वद्वनका लागि साहित्य कला क्षेत्रलाई पनि विशेष ध्यान दिने धारणा व्यक्त गर्नुभयो ।

यस्तै उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय कविता २०७४ विजेता विष्णु सन्यासले लिल बहादुर घर्तीको मुक्तक सङ्ग्रहमा सुनछहरीको धेरै विषयवस्तुमा आधारित कुराहरु समेटिएकोमा खुशी व्यक्त गर्दै अबको साहित्य युग सुहाउँदो र परावरणीय हुनुपर्नेमा जोड दिनुभयो । अर्का अतिथि नेपाल मगर संघ सुनछहरी गाउँपालिका अध्यक्ष रण बहादुर घर्तीले पाठकप्रति पुर्ण सफलताको शुभकामना दिँदै पाठकहरुको कलम मातृभाषामा पनि चल्नु पर्ने आवश्यकता औल्याउनुभयो । विमोचित मुक्तक सङ्ग्रहको लेखक लिल बहादुर घर्तीले आफ्नो पहिलो प्रयास भएकोले उक्त पुस्तक सबैले अध्ययन गरी आवश्यक सल्लाह सुझाव दिन समेत पाठकहरुमा अनुरोध गर्नुभयो । नेपाल मुक्तक प्रतिस्थापन रोल्पाद्वारा प्रकाशित उक्त मुक्तक संग्रह, फुलबारी युवा क्लवको सहयोग तथा नेपाल मगर संघ सुनछहरी गाउँपालिकाको समन्वय र सुनछहरी कला समाज सुनछहरीको आयोजनाम उक्त मुक्त सङ्ग्रह विचन गरिएको हो ।

This image has an empty alt attribute; its file name is t3.jpg

कार्यक्रममा गाउँपालिका प्रशासन शाखा प्रमुख दया बहादुर बुढामगर, ४ नं. वडा अध्यक्ष खड्ग बहादुर घर्ती, सोही वडाको वडा सचिव नवराज खड्का, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोवाङका सभापति खिम बहादुर बिस्ट, शिक्षाशाखा प्रतिनिधि धनलाल पुन मगर, तिलक संघर्ष मगरलगायत सरोकारवाला निकायहरुको आतिथ्यता थियो । सुनछहरी कला समाजका सदस्य मोतिराम आर.सि. को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तिलक संघर्ष मगरले गर्नुभएको थियो भने स्वागत विपना पुनमगरले गर्नुभएको थियो ।

You may also like