देशका लागि सच्चा नागरिक बन्न महराको अपिल


मानसिंह विश्वकर्मा
पुष २३ माडीचौर रोल्पा


This image has an empty alt attribute; its file name is mahara-sir-23.jpg

लुम्बिनी प्रदेश सभा सदस्य एवं निवर्तमान अर्थमन्त्री जोख बहादुर महराले विद्यार्थीको सर्बाङ्गीण विकाका लागि सरकारले आयोजनाबद्ध ढंगले लागानी गर्दै राष्ट्रपति रनिङ शिल्ड आयोजना गरिएको बताउँदै यसबाट देशका लागि सञ्चा नागरिक बन्नको लागि सम्पूर्ण अपिल गर्नुभएको छ ।
यस्तो अपिल महराले रोल्पा नगरपालिकाद्वारा आयोजित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोटगाउँ रोल्पाको व्यवस्थापनमा सञ्चालित चौथो राष्ट्रपति रनिङ शिल्डको पउद्घाटन गर्दै रोल्पाको माडीचौर खेलमैदानमा बताउनुभएको हो । उद्घाटन समारोहका प्रमुख अतिथिक जोखबहादुर महराले विद्यार्थीहरु आजका बालबालिका भए पनि भविस्यका कर्णघार भएको कारणले विद्यार्थीको विकासका लागि सबै सरोकारवाला निकाय लाग्नका लागि अनुरोध समेत गर्नुभयो । उहाँले आजको प्रतिषपर्धाको युग भएको कारणले गर्दा सबै क्षेत्रमा आफू अब्बल हुनका लागि प्रयास गर्न समेत आग्रह गर्नुभयो । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महराले सहभागी सबैलाई अग्रीम शुभकामना मनतव्यृ दिनुभएको थियो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगरले राज्यले बिद्यार्थीहरुको जीवनका लागि लगानी गरिरहेको बताउँदै अनुशाशीत पुर्वक खेलमा सहभागी भएर विजय प्राप्त गर्नुपर्ने बताउँनुभयो । उहाँले विजय प्राप्त भन्दा पनि खेलकुद सँस्कार सिकाउन आएको बताउनुभयो । उहाँले उहाँले यो युग विद्युतिय शतावदी र तरङ्गको युग भएकाले वर्तमानको समयसंग सामाना गर्ने जनशक्ति उत्पादन चुनौती रहेको बताउनुभयो । उहाँले विश्वका नागरिकहरुले अन्य उपग्रहमा बस्ती बसाल्न थालि सक्दा पनि नेपालीहरु केही सोच्न नसकेको झै भएकोले गर्दा अब त्यतातर्फ लक्षित हुनु पर्ने बताउनुभयो ।
उद्घाटन समारोहमा रोल्पा नगरपालिका रोल्पा नगर पालिका रनिङ शिल्ड प्रतियोगितामा कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी प्रमान्द घिमिरे, जिल्ला खेलकुद समितिका अध्यक्ष मोलङ घर्ती, रोल्पा ७ का वडा अध्यक्ष लालबहादुर घर्ती, रोल्पा न.पा २ का वडा अध्यक्ष प्रकाश डाँँँँँँँँँँँँँँगी लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधी, राजनीतिक दल, विद्यालय व्यवस्थापन समितिका पदाधीकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । रनिङ शिल्ड प्रतियोगिता रोल्पा नगरपालिका भित्र सञ्चालित १३ वटा विद्यालयहरु सहभागी भएका छन् । रोल्पा नगरपालिका नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य सचिव एवं मा.वि. कोटगाउँका प्र.अ. कृष्ण पुनगरले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरुलाई आयोजक विद्यालय नेपाल राष्ट्रिय नमूना मा.वि. कोटगाउँ रोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कराज घर्तीमगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विविभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

You may also like