मुख्म मन्त्रीलाई प्रेस संगठन लुम्बिनी प्रदेशले दियो बधाइ

मुख्म मन्त्रीलाई प्रेस संगठन लुम्बिनी प्रदेशले दियो बधाइ
२८ साउन राेल्पा ।

This image has an empty alt attribute; its file name is s1-3-1024x624.jpg

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिट व्यूरो सदस्य एवम् लुम्बिनी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सी. ज्यू लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा बहुमतद्वारा चुनिनु भएकोमा प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीले हार्दिक बधाई एवम् सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरेको छ ।

This image has an empty alt attribute; its file name is p1-1-1024x1018.jpg

प्रेस संगठन लुम्बिनी प्रदेश संयाजक मानसिंह विश्वकर्मा जारी विज्ञप्ती मार्फत मिति २०७८ श्रावण २७ गते निवर्तमान मुख्यमन्त्री क. शंकर पोख्रेलले लुम्बिनी प्रदेशको विषेश अधिवेशनमा विश्वासको मत लिन नसक्दा गठबन्धन दलहरुको समर्थनमा नेकपा (माओवादी केन्द्र) पार्टी र माननीय कुलप्रसाद के.सी ज्यू निर्वाचित हुनुभएकोमा संगठनले बधाइ दिएको हो । संगठनले आफ्नो कार्यकालमा सञ्चारकर्मी मैत्री प्रदेश निर्माणमा महत्पूर्ण योगदान दिनु हुने छ भन्ने कुरामा प्रेस संगठन नेपाल विश्वस्त रहदैँ मुख्यमन्त्री के.सी.को कार्यकाल सफल पार्नका लागि प्रेस संगठनले रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

You may also like