दुवैले हात मिलाउँदै जसले जिते पनि साथैमा काम गर्ने

रोल्पा समाचारदाता
मंसिर २२ रोल्पा


२०७४ साल मंसिर १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको मत गणना कार्य शुरु हुँदा रोल्पा क्षेत्र नं. २ का संयुक्त वाम गठबन्धनका उमेद्वार एवं माओवादी केन्द्रका नेता दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ र लोकतान्त्रिक गठबन्धनका उमेद्वार खगेन्द्र प्रकाश हमालले मत गणना स्थल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मत गणना शुरु हुँदा अगाडि दुवैले हात मिलाएर खुशीयाली मनाएका छन् ।
ति दुवै प्रदेशसभा सदस्यका उमेद्वार हुन् । तिनिहरुले एक अर्काप्रति लक्षित गर्दै भनेः“हामी दुई मध्ये जसले जिते पनि फेरी मिलेर पश्चिम रोल्पा विकास गरौँ । निर्वाचन एउटा प्रक्रिया हो ”
मतगणनाको अवस्थामा शुरु भएको थिएनन् । ति उमेद्वार दिपेन्द्र पुनमगर र खगेन्द्र प्रकाश हमालले एक अर्काेमा मैत्रीपूर्ण व्यवहार गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । माओवादी केन्द्रका नेता एवं संयुक्त वाम गठबन्धनका उमेद्वार दिपेन्द्र कुमार पुनमगरले भन्नुभयोः–“हामी चुनावी मैदानमा होमिनका लागि पार्टीले अगाडि सारेपछि हामी सर्नै पर्दछ, तर हाम्रो मित्रता मैत्रीपूर्ण छ, विगतदेखिको राजनीतिक सम्बन्ध छ त्यसैले जनताले मलाई नै फैसला गर्न सक्छन् म उहाँलाई साथ लिएर अगाडि बढ्छु ।”
यसै खगेन्द्र प्रकाश हमालले पनि थप्नुभयोः–“ठिकै हो राजनीतिक पार्टीमा लागेपछि उमेद्वारी दिनु र चुनावी मैदानमा आउनु नै पर्दछ, तर जनताको फैसला मान्नुपर्दछ जनताको फैसला अनुसार काम गर्नुछ म राजनीतिबाट टाढा रहदैन ।”

ति दुवै नेताले निर्वाचनमा आफूहरुलाई मतदान गर्ने मतदातालाई धन्यवाद व्यक्त समेत गर्नुभएको छ । रोल्पा जिल्लाको राजनीतिक अवस्था अनुसार नेपाली कांग्रेसका उमेद्वार खगेन्द्र हमाललाई पनि वाम गठबन्धनका उमेद्वार पुनमगरले जित्न सक्ने अनुमान नै थियो तर पनि चुनावी मैदानमा उत्रिनु भएको राजनीतिक धर्म भएको कुरा समेत व्यक्त गर्नुभयो ।
हालले संयुक्त वाम गठबन्धनका नेता दिपेन्द्र पुनमगरले ३७११ र लोकतान्त्रिक गठबन्धनका नेता खगेन्द्र प्रकाश हमालले ८६१ मत प्राप्त गर्नुभएको छ । रोल्पा क्षेत्र नं. २ मा ३६ हजार क्षेत्र नं. २ मा ३६ हजार ८०५ खसेको थियो ।

You may also like