चुनावी सभालाई सम्वोधन गर्न प्रधानमन्त्री देउवा रोल्पा

रोल्पा समाचारदाता, रोल्पा ६ मसिर
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुनका लागि ३ दिनमात्रै वाँकी रहदाँ नेपाली कांग्रेस रोल्पाले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्नका लागि प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रोल्पा आउनु हुने भएको छ ।
चुनावी सगर्मी उत्कर्षमा पुगेको बेलामा प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर ७ गते रोल्पा लिबाङकाो टुडिखेलमाा आयोजित चुनावी सभालाई सम्वोधन गर्नका लागि रोल्पा आउन लाग्नु भएको हो । नेपाली कांग्रेसको चुनावी सभालाई सम्वोधन गर्नका लागि देउवा रोल्पामा आउने भएपछि जिल्लाको कार्यकर्तालाई लिबाङको कार्यक्रममा लिनका लागि तयारी भइरहेको नेपाली कांग्रेस रोल्पाले बताएको छ । सो चुनावी सभाालाई सम्वोधन गर्नकका लागि प्रधामन्त्री देउवासँग पूर्व प्रधानमन्त्री एवं पूर्व माओवादी नेता डा. बाबुराम भट्टराई पनि आउने कार्यक्रम रहेको सिचाई राज्यमन्त्री एवं प्रतिनिधिसभाा सदस्य रोल्पा जिल्लाका सभापति अमरसिह पुनमगरले बताउनुभयो ।
देउवा रोल्पामा आएपछि चुनावी परिणाममा केही परक पर्ने नेपाली कांग्रेसले बताएको छ । सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेता तथा कलाकारहरुको टोली रोल्पामा आउने रहेको समेत नेपाली कांग्रेस रोल्पाले बताएको छ ।

You may also like