काठमाडौ निबासी रश्मि थापा मगर आई.टि.एफ. प्याट्रन राष्ट्रिय च्याम्पियन

काठमाडौ निबासी रश्मि थापा मगर आई.टि.एफ. प्याट्रन राष्ट्रिय च्याम्पियन
रेशम बि.क, साउन २५ गते
लिबाङ–रोल्पा


तेस्रो रोल्पा खुल्ला जुनियर महिला भर्चुअल तेक्वान्दो आई.टि.एफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिपमा काठमाडौ जिल्ला निबासी रश्मि थापा मगर च्याम्पियन बन्नुभएको छ । कोरोनाको कारण खेलकुद प्रभावित बनेको समयमा यस्ता प्रतियोगिताले खेलाडिहरुलाई खेल क्षेत्रमा सक्रिय बनाएको छ ।
यस च्याम्पियनसिपमा काठमाण्डौं जिल्ला निबासी रश्मि थापा मगर प्रथम, काभ्रे जिल्ला निबासी कृति शाक्य दोस्रो र काभ्रे जिल्ला निबासी साईना श्रेष्ठ तेस्रो बन्नु भएको छ । यस च्याम्पियनसिपको पाँच पक्ष राखिएको प्याट्रन निर्धारणमा कुल ३४ स्कोर रहेको थियो । जसमध्ये रश्मि थापा मगर ले ३१ अंक, कृति शाक्य ले २८.५ अंक र साईना श्रेष्ठ ले २६ अंक प्राप्त गर्नुभएको थियो । यो च्याम्पियनसिपको विजय प्रतियोगिहरुलाई प्रथम पुरस्कार रु ५ हजार, द्वितीय पुरस्कार रु ३ हजार ५ सय, तृतिय पुरस्कार रु २ हजार सहित प्रमाण पत्रको व्यवास्था आयोजकले गरेको छ । नेपाल आई. टि. एफ. तेक्वान्दो महासंघका रेफ्री प्रमुख रमेन प्रवीन कुमार कार्कीको नेतृत्वमा सात सदस्यीय राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रेफ्रीहरुले महासंघ र जिल्ला संघको सहकार्यमा खेलाडिले पठाएको भिडियोको मुल्याङ्कनबाट भिडियो कन्फेरेन्स मार्फत नतिजा सार्वजनिक गरेको प्रतियोगिता संयोजक तथा रोल्पा आई. टि. एफ. तेक्वान्दो संघको अध्यक्ष विक्रम बाठामगरले बताउनुभयो । प्रतियोगितामा देशभरिबाट जम्मा १४७ जना खेलाडिहरुले यस च्याम्पियनसिपमा सहभागिता रहेको थियो ।
यस च्याम्पियनसिपको समापनका कार्यक्रमको प्रमुख अतिथि नेपाल आई.टि.एफ. तेक्वान्दो महासंघका अध्यक्ष तथा दक्षिण एसिया आई.टि.एफ तेक्वान्दो महासंघका उपाध्यक्ष र एसियन तेक्वान्दो आई.टि.एफ महासंघका सदस्य अञ्जन धमालाले धमलाले महामारीको समयमा भर्चुअल च्याम्पियनसिपको अवधारणाले खेलाडीहरुलाई थप आत्म विश्वास बढाउनुको साथै खेल विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । पछिल्लो समयमा कोरोना भाईरस को माहामारी बढिरहेको अवस्थामा यस खेल आयोजनाले खेलाडिहरुले लक डाउनकै समयमा घरबाटै पनि आत्म विश्वास सहित तयारीबाट खेल कौशललाई अगाडि बढाउने अवसर र खेलाडिहरुलाई थप क्रियाशिल बनाउने उद्वेश्य सहित भर्चुअल च्याम्पियनसिप आयोजना गरिएको कार्यक्रम संयोजक विक्रम बाठा मगरले बताउनुभयो । नोबेल कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण खेलकुदका सबै गतिविधि रोकिएको अवस्थामा खेलाडिहरुलाई शारिरीक तथा मानसिक रुपमा स्वास्थ, तन्दुरुस्त , खेलमै क्रियाशिल बनाउन यस च्याम्पियसिपले सहयोग पुग्ने उहाँको भनाइ छ । परिवर्तन गाउँपालिका २ रोल्पाली निबासीहरु नन्द किशोर डाँगीले प्रथम पुरस्कार, भर्मन ओलिले द्वितीय पुरस्कार र रोल्पा आई.टि.एफले तृतिय पुरस्कारको प्रयोजनबाट यो च्याम्पियनसिप सम्पन्न भएको हो । रोल्पा आई.टि.एफ तेक्वान्दो संघको विशेष पहलमा महिला खेलाडिहरुलाई खेलकुद क्षेत्रमा हौसला, उर्जा र प्रमोद गर्नुपर्छ भन्ने उद्वेश्यले आयोजकको घोषित पुरस्कार राशिमा थप गरी प्रथम पुरस्कार रु १० हजार, द्वितिय पुरस्कार रु ७ हजार र तृतिय पुरस्कार र ४ हजार निर्धारण गरिएको आयोजकले बताएको छ । रोल्पा आई.टि.एफ. तेक्वान्दो संघको आयोजनामा विभिन्न स्तरको च्याम्पियनसिप सम्पन्न भएका छन् । यस संघले खेलकुद क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९)को कारण खेलकुद क्षेत्र पनि विशेष प्रभावित बनेको अवस्थामा यस संघको पहलमा विभिन्न स्तरको च्याम्पियनसिपले खेलाडिहरुलाई खेलकुद क्षेत्रमा सक्रिय बन्न सहयोग पुगेको छ ।

You may also like