“अनन्त, सोनाम र सिजलको जिन नै मेरो जित हो” माओवादी बरिष्ट नेताःकृष्णबहादुर महरा

मानसिंह बिश्वकर्मा
लिबाङ– रोल्पा
मंसिर २ गते
नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता एवं दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उमेद्वार कृष्णबहादुर महराले नेपालको इतिहासमा पहिलो बामन्थीको सरकार निर्माण हुने दावी गर्दै रोल्पाबाट माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उमेद्वार राष्ट्रिय राजनीतिका प्रशावशाली नेता वर्षमान पुनमगर ‘अनन्त’ र प्रदेश सदस्यका उमेद्वार कुलप्रसाद के.सी ‘सोनाम’ र दिपेन्द्र कुमार पुनमगर ‘सिजल’लाई विजय गराउनको लागि रोल्पाबासीलाई अपिल गर्नुभयो ।
संयुक्त वाम गठबन्धन चुनाव परिचालन रोल्पा नगरपालिकाको आयोजनामा भएको चुनावी सभालाई सम्वोधन गर्दै शुक्रबार बताउनुभएको हो । उहाँले भावनात्मक र बैचारिकपक्षलाई समिश्रण गर्दै भन्नयो ः– “मैले रोल्पा छोडेको होइन, मैले अझै रोल्पाको भूमिकालाई फराकिलो बनाउनको लागि दाङबाट उमेद्वारी दिएको हुँ । तपाईहरुले तपाईहरुले वर्षमान, सोनाम, सिजल लाई जिताउनुहोस् उहाँहरुले जितेको नै मैले जितेको होँ । उहाँहरुको जितमा मेरो जित देखेको छु, तपाईहरुले उहाँहरु र नेकपा (माओवादी केन्द्र) लाई विजयी बनाउनुहोस् ।”
कतिपयले कृष्णबहादुर महरा र वर्षमान पुनमगरबीचमा अन्तरविरोध भएको भन्ने विषयमा खण्डन गर्दै हिड्नुभएको महराले रोल्पाबाट अनन्त, सोनाम र सिजललाई विजयी गराउनका लागि पटक पटक रोल्पामा आउनुभएको छ । उहाँले रोल्पाबाट आफ्ना पार्टीका उमेद्वारलाई विजयी बनाउनको लागि आफ्ना समकक्षी, आफूले पढाएका शैक्षिक एवं राजनीतिक चेलाहरुलाई मिलाएर छलफल गराउने, बैठक बसाल्ने लगायतको काममा जिल्लाभरी नै महराले परिचालन गर्नुभएको छ ।
सम्वोधनको क्रममा रोल्पाको सम्बृद्ध र विकासका लागि लागि माओवादी केन्द्र र आफ्ना पार्टीका नेताहरुलाई विजयी बनाउनु पर्ने बताउनुभयो । उहाँले वामपन्थीहरु चुनावी तालमेल मात्रै भन्दा पनि पार्टी एकताको लागि अगाडि बढेको बताउनुभयो । महराले देशव्यापी रुपमा चुनावी वातावरण बन्दै गर्दा नेकपाले चुनाव बहिस्कारको नाममा अशान्ति वातावरणको सिर्जनाले गर्ने नेकपाको राजनीतिक अजराकता भएको धारणा व्यक्त गर्दै हिजो जनयुद्ध साथै गरिएकोले पनि अझै पनि संगै भएर क्रान्तिको अभिभारा पूरा गर्नका लागि अनुरोध गर्नुभयो ।
सम्वोधनको क्रममा नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं वाम गठबन्धनका उमेद्वार वर्षमान पुनमगरले अब रोल्पा विकास र समृद्धको समय भएकोले सबैलाई आर्थिक, सामाजिक एवं राजनीतिक तथा समग्र विकास विकाससहितको रोल्पा निर्माण गर्नका लागि लागि परेको बताउनुभयो । उहाँले भन्नुभयोः–“ हामी समृद्ध रोल्पाको अभियानलाई पूर्णता दिन चहान्छौँ, त्यो अभिभारा पूरा गर्नका लागि जनताको विगतदेखि रोल्पाली आम जनसमुदायले साथ दिनुभएको छ मंसिर १० गते पनि साथ दिनुहुन्छ भन्ने विश्वास गरेका छाँै ।” उहाँले आगामी निर्वाचनको दिन आम रोल्पाली मतदातालाई पूर्ण विश्वासका साथ निर्वाचनमा मतदान गर्न जानका लागि हार्दिक अपिल गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा रोल्पा जिल्लाका क्षेत्र नं. १ का प्रदेश सभाका प्रत्यक्ष उम्मेद्वार तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य एवं रोल्पा क्षेत्र नं. १ का प्रदेश सभासदस्य कुलप्रसाद के.सी. ‘सोनाम’ क्षेत्र नं २ का प्रदेश सभाका उम्मेद्वार दिपेन्द्र कुमार पुन ‘सिजल’, निर्वाचन परिचालन समितिका संयोजक तथा नेकपा (एमाले) का पोलिट व्यूरो सदस्य एवम् संसदीय दलका सचेक गोकुलप्रसाद घर्तीमगर, निवर्तमान सभामुख तथा नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि सभाका सामानुपातिक उम्मेद्वार ओनसरी घर्तीमगर, नेकपा (माओवादी केन्द्र) का प्रभावशाली महिला नेतृ तथा प्रतिनिधी सामानुपातिक उम्मेद्वार जयपुरी घर्ती लगायत प्रदेश सभाका सामानुपातिक उम्मेद्वारहरुले चुनावी सभालाई सम्बोधन गर्नुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का प्रदेश सभाका सामानुपातिक उमेद्वार, नेकपा (एमाले) का प्रदेश सभाका सामानुपातिक उम्मेद्वार, नेकपा (माओवादी केन्द्र) रोल्पाका जिल्ला संयोजक सुरेन्द्र थापा घर्ती, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख आशबहादुर बुढा ‘अविनाश’, लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियो । सो कार्यक्रममा जनवादी कलाकार झनकार बुढामगर, नविन खड्का, राष्ट्रिय कलाकार कमल वली लगायतका कलाकारहरुले आफ्नो गीत प्रस्तुत गर्नुभएको थियो ।

सो कार्यक्रममा राप्रपा लोकतान्त्रिकका राप्ती अञ्चल संयोजक तथा रोल्पा जिल्लाका क्षेत्र नं. १ प्रदेश सभाका प्रत्यक्ष उम्मेदवार विरसिंङ ठकुरी राप्रपा पार्र्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभयो । त्यस्तै नेकपाका एरिया इञ्चार्ज वीरबहादुर विष्ट, नेपाली काँग्रेसका गनबहादुर विष्ट, राप्रपा धनबहादुर विष्ट, राजामोका घनश्याम घर्ती लगायत नौ जनाले विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेशिहरुलाई कार्यक्रमका प्रमुख अतिथि लगायतका अतिगिहरुले फूलमाला अविरले स्वागत गर्नुभया । नेकपा (एमाले)का जिल्ला सचिवनलय सदस्य मानसिंङ डाँगीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका सञ्चालन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य फविन्द्र आचार्यले गर्नुभएको थियो । भने सहभागिलाई स्वागत रोल्पा नगरपालिकाका नगर प्रमुख पुर्ण के.सी.ले गर्नुभएको थियो ।

You may also like