प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आई.टि.एफ. राष्ट्रिय खुल्ला प्याट्रनको तयारी पूरा

प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आई.टि.एफ. राष्ट्रिय खुल्ला प्याट्रनको तयारी पूरा
पुष १० गते, लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is b1-1.jpg

रोल्पा, परिवर्तन गाउँपालिकामा ‘खेलकुदको विकास सबैको चाहाना, रोल्पाको समृद्ध हाम्रो कामना’ भन्ने मुल नारा सहित आयोजित प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आई.टि.एफ. राष्ट्रिय खुल्ला प्याट्रन प्रतियोगिता–२०२० को तयारी पूरा भएको छ ।
यस प्रतियोगिता रोल्पा आई.टि.एफ. तेक्वान्दो संघको आयोजित यस प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आई.टि.एफ.राष्ट्रिय खुल्ला प्याट्रन प्रतियोगिता–२०२० को उद्घाटन गाउँपालिका अध्यक्ष निकान्त डाँगीले शानिबार (भोलि) ११ गत्ते दिउँसो १ः०० बजे आयोजकले तय गरेको छ । प्रतियोगिता १५ गतेसम्म सञ्चालन हुने भएको छ । यस कार्यक्रमको विविशष्ट अतिथि राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य सुबास श्रेष्ठ, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष दक्षिण एसियायी तेक्वान्दो महासंघका उपाध्यक्ष तथा एसियायी तेक्वान्दो महासंघका कार्यकारी सदस्य अन्जन धमला, प्रशासकीय अधिकृत डिल्ली खड्का, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघ अध्यक्ष प्रविन कुमार कार्की, नेपाल आईटीएफका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक अन्जुनाथ श्रेष्ठलगायत सरोकारवाला निकायहरुलाई निकायहरुलाई आतिथ्यताका लागि आमन्त्रित गरेको रोल्पा आई.टि.एफ. तेक्वान्दो संघका अध्यक्ष विक्रम बाठामगर बताउनुभयो । कार्यक्रम विक्रम बाठामगरको संयोजकत्व हुने संघका सचीव कृष्ण प्रसाद बाठामगरले जानकरी दिनुभयो ।

You may also like