एमालेमा जादैछ भनेर भ्रमको खेती नगर्न चेतावनी


रोल्पा समाचारदाता


लिबाङ १७ कार्तिक । नेकपा (माओवादी) जनयुद्धका एक ज्यूदा शहीद एवं प्रदेशसभा सदस्य रोल्पा १ (ख) का स्वतन्त्र उम्मेदवार दीपेन्द्र कुमार पुन ‘सिजल’ले रोल्पामा स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित जस्तै भएपछि गठबन्धनका उम्मेदवारले दिनहुँ भ्रमको खेती गरीरहेको बताउँदै अरु केही उपाय नलागेछि एमालेमा जाने योजना रहेको भन्दै जनतालाई भ्रम पार्न खोजेको पुनमगरले बताउनु भएको छ ।
विहीबार उमेद्वार दीपेन्द्र कुमार पुनमगरले एक प्रेस विज्ञप्ती सार्जजनिक गर्दै गठबन्धनका उमेद्वार अझ विशेष त नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमगरले अनेकन भ्रम फैल्याउने कोसिस गरिरहेको हुँदा प्रचारबाजी भ्रमबाट मुक्त भएर आप्नो स्वाभिमान कायम राख्न धारा चिन्हमा मतदान गर्न मतदाताहरुमा अपील गर्नुभएको छ । उनले आज बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै मतदाताहरुमा यस्तो अपील गर्नुभएको छ । यस्तो छ, प्रदेशसभा सदस्य रोल्पा १ (ख) का स्वतन्त्र उम्मेदवार दिपेन्द्र कुमार पुन ‘सिजल’द्वारा प्रेस विज्ञप्ति :


मैले गत असोज २३ गते पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएँ । त्यसपछि ‘धारा चुनाव चिन्ह’ लिएर जनताको बीचमा गएँ । मेरो शुभचिन्तक र आम मतदाताहरु अथाह उत्साह र जोश जाँगरका साथ स्वत:स्फूर्त प्रचारप्रसारमा जुटिराख्नुभएको छ ।

You may also like