समृद्ध नेपालको लागी गठबन्ध होे ।” –वर्षमान पुनमगर


नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं रोल्पा प्रतिनिधी सभाका उमेद्वार वर्षमान पुनमगरले नेपालको विकास र समृद्धिका लागि गठबन्धन बनेको बताउँदै गठबन्धनले विजय प्राप्त गरेमा मात्रै देशमा स्थायी शान्ति र दीगो विकास हुने बताउनुभएको छ । रोल्पाली जनताका अभिभावकका रुपमा चिनिनुभएका वर्षमान पुनमगरले विगतदेखि नै जनताको सेवामा निरन्तर लागेको बताउँदै अझै निरन्तर रुपमा जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले यस्तो विचार रोल्पा जिल्लाको विभिन्न स्थानमा भएको चुनावी सभालाई सम्वोधन गर्दै बताउनुभएको हो । उहाँले नेपालको शान्ति प्रक्रियालाई टार्किक निष्कर्षमा पुर्‍याउन अझै केही काम बाँकी रहेको र देश समृद्धीको यात्रामा अगाडि बढेकोले त्यसलाई लक्ष्यसम्म पुर्‍याउनको लागि आज गठबन्धनको आवश्यकता भएको बताउनुभयो । उहाँ नेकपा एमालेले गरेको प्रतिगमनकारी कदमको विरुद्धमा एक जुतभएर संविधानको रक्षा एवं कार्यान्वयनको गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेतृत्व गरेपछि रोल्पाको विकासमा तीव्रता लिएको दावी गर्दै यस्तो कार्य गर्न रोल्पाको भुगोल, साधान श्रोतका हिसावले कठिनाईका बीचबाट पनि विकासले फड्को मारेको बताउनुभयो । नेता पुनमगर भन्नुभयो:–“ रोल्पा जसरी २०६४ सालतिरको रोल्पाभन्दा विकास भएको छ, आगामी दिनमा अझै धेरै काम गर्न वाँकी रहेको छ । ती कामहरुलाई आफूले नेतृत्व गरेमा अझै केही लक्ष्यसम्म पुर्‍याउने मेरो प्रतिवद्धता छ, मैले सधै रोल्पा जनताको सेवामा काम गर्नेछु ।”
रोल्पा जिल्लाबाट पहिलो पटक निर्वाचित भई उर्जा मन्त्री भएपछि रोल्पा जिल्लामा ‘उज्यालो रोल्पा’ अभियान सञ्चालन गर्नुभएका पुनमगले रोल्पा जिल्लाको सडक, पुल, पुलेसा, खानेपानी, विद्युत, सञ्चार लगायत मानव विकास तिव्र रुपले भएको बताउँदै आगामी दिनमा अझै विकास गरीने बताउनुभो ।
आगामी मंसिर ४ गतेको निर्वाचनमा पनि संघीय प्रतिनधी सभाको निर्वाचनमा आफूलाई र प्रदेश सभा सदस्यमा गठबन्धनको साझा उमेद्वारहरुलाई विजयी गराउनको लागि आम जनतालाई अपिल गर्नुभएको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं रोल्पा क्षेत्र १ (क) का प्रदेश सभाका उमेद्वार जोखबहादुर महराले रोल्पाको विकासका लागि सधै लागि रहेको बताउँदै आफुले विजय प्राप्त गर्ने निश्चित भएको बताउँदै अझै गम्भीरता पूर्वक लाग्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा रोल्पा क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्यका उमेद्वार अमरसिंह पुनमगरले रोल्पा जिल्लाको मात्रै नभई राष्ट्रिय रुपमा गठबन्धन भएकोले गर्दा त्यसलाई सबैले पालना गर्नका लागि अपिल गर्नुभयो ।
कार्यक्रममा गठबन्धनका विभिन्न जिम्मेवारीका नेताहरुसमेत सहभागीता रहेको थियो । रोल्पा जिल्लाको क्षेत्र नं. २ मा त्रिवेणी, रुन्टीगढी गाउँपालिका लगायतका स्थानमा कार्यक्रम भइरहेका छन् ।

You may also like