रोल्पामा गठबन्धनले नै चुनाव जित्ने महराको ठोकुवा

जुनिस कुमार बिष्ट ।फुलिवन रोल्पा। रोल्पामा गठबन्धनका उम्मेदवारले निश्चित रुपमा चुनाव जित्ने रोल्पा निर्वाचन क्षेत्र १ क का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जोखबहादुर महराले बताउनुभएको छ।
रौनेधुरी युवा समुह सुनछहरी गाउँपालिका १ सेरम,फुलिवनको ४ औं वार्षिकोत्सब उद्घाटन समारोहलाई मंगलवार फुलिवनमा सम्बोधन गर्ने क्रममा चुनाव जित्ने कुरा ठोकुवा गर्नुभएको हो।
बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य महराले आफुहरुले चुनाव जिते रोल्पामा बिकास निर्माणलाई नयाँ मोडेलको रुपमा बिकास निर्माण लाई अगाडि बढाउने बताउनुभयो ।
उहाँले भन्नु भयो ” रोल्पाको दुर्गम गाउँहरु उवा, गाम र सेरमलाई मोटरबाटो र मोटरेबल पुलहरु पहिलो प्राथमिकतामा राखेर बिकास गर्ने योजना भएको बताउनु भयो ।
प्रतिगामी शक्तिहरु देशमा हाबी भएको अवस्थामा बाम लोकतान्त्रिक गठबन्धन भएको र यो गठबन्धन चुनाव सम्म मात्र नभएर आगामी ५ वर्ष सम्म रह्ने बताउनुभयो उहाले भन्नुभएको “देशमा खतरा उत्पन्न हुँदा काङ्ग्रेस र माओवादी केन्द्र मिलेर समाधान गरेकोले अब आउने विभिन्न खतराहरुलाई बाम लोकतान्त्रिक गठबन्धनले नै समस्या हल गर्ने छ।”
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार आशबहादुर पुन “रक्तिम” ले गठबन्धन लाई जिताएर सरकारमा पठाउन अनुरोध गर्नुभयो उहाँले भन्नू भयो “गठबन्धनका उम्मेदवारलाई जिताउन आजै देखि गाउँगाउँ गएर मतदाता शिक्षा सिकाउन कार्यक्रममा सबैलाई अनुरोध छ ।”
कार्यक्रम कार्तिके मेलाको अवसरमा आयोजना गरिको हो उक्त कार्यक्रम ३ दिन सम्म चल्ने र कार्यक्रममा विभिन्न खेलकुदहरु आयोजना गरिएको आयोजकले बताएको छ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव गन्ज क्षेत्री लगाएतले आफ्नो भनाइ राख्नुभएको थियो।
युवा समुहका अध्यक्ष जीवन घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समुहका सचिव दिलबहादुर घर्तीनगरले गर्नुभएको थियो।

You may also like