प्रचण्ड–माधव नेकपा समूह गंगादेव गाउँपालिका–४ नं. वडा कमिटीद्वारा कार्यकर्ता भेटघाट

प्रचण्ड–माधव नेकपा समूह गंगादेव गाउँपालिका–४ नं. वडा कमिटीद्वारा कार्यकर्ता भेटघाट
माघ ६ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is a1.jpg


प्रचण्ड–माधव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूह गंगादेव गाउँपािलका ४ नंं. वडा कमिटीद्वारा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आज म्वालेखोलामा सम्पन्न गरेको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् गंगादेव गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले केपी शर्मा ओलीको नेतृत्वको संघीय सरकारले प्रतिनिधिसभा विघटन प्रतिगमनकारी कदमका विरोध गंगादेव रोल्पाका ७ वटै वडामा भव्य र सव्य रूपमा सम्पन्न भएको बताउनुभयो । उहाँले गंगादेवका जनताले प्रचण्ड–माधवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई साथ दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश सल्लाहकार प्रेम बहादुर वली, जिल्ला सदस्यहरु भक्त बहादुर वली, नेव बहादुर डाँगी, निम बहादुर डाँगी, गाउँपालिका उपाध्यक्ष एवम् जिल्ला सदस्य रिता घर्ती, राष्ट्रिय युवा संघ रोल्पाका सदस्य राजेन्द्र प्रकाश वली, गाउँ कमिटी सदस्यहरु, वडा कमिटी सदस्यहरु लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । वडा अध्यक्ष शेर बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रको सञ्चालन गाउँ कमिटी सदस्य एवम् राष्ट्रिय युवा संघ रोल्पा जिल्ला सदस्य भरत के.सी.ले गर्नुभएको थियो ।

You may also like