वर्षमान पुनको फराकिलो मतान्तरका साथ विजयीको यात्रातिर


रोल्पा समाचारदा
मंसिर ६ रोल्पा


नेपाल कम्युनिष्ट पार्टी (माअ‍ोवादी केन्द्र) का उपमहासचिब एवं रोल्पाबाट प्रतिनिधी सभाकाका बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार एवं वर्षमान पुनमगरले अग्रता कायम गर्नुभएको छ ।
आज राती ८ः५३ बजे मुख्य निर्वाचन कार्यालय रोल्पाले सार्वजनिक गरेको मत परिणाम अनुसार १७२०२ गणना हुँदा वर्षमान पुनमगर १०४३८ लिई ६१३० मतान्तरले अग्रता कायम गरिरहनुभएको छ । उहाँको निकटम प्रतिद्वन्दी नेकपा एमालेका पूर्णबहादुर बुढामगरले ४३०८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै प्रदेश सभा (क) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं प्रदेश सभाका उमेद्वार जोखबहादुर महराले १४७४१ गणना गर्दा ९१९९ लिनुभएको छ भने एमालेका कमल बुढाथोकीले ३०४२ मत प्राप्त गर्नुभएको छ । महाराले ६१५७ को मतान्तरले अग्रता कायम गर्नुभएको छ ।

यस्तै प्रदेश सभा (ख) मा (गणना गरेको कुल मत १३,६२७) मा नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन पोलिट व्यूरो सदस्य एवं स्वतन्त्र उम्मेद्वार दीपेन्द्र कुमार पुनमरले ५३४८ लिनुभएको छ भने बाम लोकतान्त्रक गठबन्धनका उमेद्वार अमरसिंह पुनमगरले ४१६६ मत लिनुभएको छ । दीपेन्द्र कुमार पुनमगर ११८२ मतले अगाडि हुनुहुन्छ । यस्तै प्रदेश सभा ख मा नेकपा एमालेका प्रेम घर्तीमगरले ३१०३ मत प्राप्त गर्नुभएको छ । 

२.प्रदेश सभा (क) ( गणना गरेको कुल मत १४,७४१)
क) कमल बुढाथोकी (एमाले)–३०४२
ख) जोख बहादुर महरा (माओवादी)–९१९९
ग) पदम बहादुर थापा (राप्रपा)–१०८७

रोल्पा निर्वाचन २०७९ मतपरिणाम
(२०७९÷८÷६ गते साझ ८ः५३)

१.प्रतिनिधि सभा (गणना गरेको कुल मत १७,२०२)
क) पुर्ण बुढामगर (एमाले)–४३०८
ख) वर्षमान पुन (माओवादी)–१०४३८
ग) लिला राउत (राप्रपा)–६७५
घ) राम ब.वलि क्षेत्री (राप्रपा नेपाल)–३००
ङ) नाति भाइ हयाम्बो (मादल)–३५

२.प्रदेश सभा (क) ( गणना गरेको कुल मत १४,७४१)
क) कमल बुढाथोकी (एमाले)–३०४२
ख) जोख बहादुर महरा (माओवादी)–९१९९
ग) पदम बहादुर थापा (राप्रपा)–१०८७
घ) गन्ज बहादुर शाही (राप्रपा नेपाल)–१५२

३.प्रदेश सभा (ख) (गणना गरेको कुल मत १३,६२७)
क) प्रेम बहादुर घर्तिमगर (एमाले)–३१०३
ख) अमर सिह पुन (काङ्ग्रेस)–४१६६
ग) केशर बहादुर पुन (राप्रपा नेपाल)–१०८
घ) सेते दमाई (राप्रपा)–१७६
ङ) दिपेन्द्र कुमार पुन (धारो)–५३४८

You may also like