परिवर्तन गाउँपालिका रोल्पाले २५ जना शिक्षक दरवन्दीमा विज्ञापन

मानसिंह विश्वकर्मा
रोल्पा, भाद्र १९ गते


रोल्पा जिल्लामा शिक्षा सुधार गर्नका लागि स्थानीयतह नै लागेका छन् । शिक्षालाई सुधार गर्नका लागि परिवर्तन गाउँपालिकाले २५ जना शिक्षकको दरवन्दी माग गरिएको छ । सो दरवन्दी माग गरेर आपुर्ति भएमा गाउँपालिका केही विद्यालयमा रिक्त शिक्षक पद पुर्ति हुने भएको छ ।
परिवर्तन गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले २०७६ भाद्र १८ गते प्रथम पटक प्रकाशित सूचना नयाँ युगवोध दैनिकमा सूचना प्रकाशन गरी गाउँपालिका माध्यमिक तथा गाउँपालिकाका आधारभूत तहका विद्यालयहरुमा विभिन्न विषय शिक्षण गर्नका लागि २५ जना शिक्षकहरुको करार सेवामा व्यवस्थापन विज्ञापन खोलिएको जानकारी शिक्षा संयोजक लोककुमार श्रेष्ठले बताउनुभयो । गाउँपालिकाले माध्यमिक तहमा अंग्रेजी, विज्ञान, नेपाली, विज्ञानमा १÷१ जना गरी ३ जना खुलामा र अंग्रेजी, विज्ञान, विज्ञान गणित १÷१ जना गरी ३ जना आरक्षणमा सिटमा विज्ञापन गरेको छ ।
यसैगरी गाउँपालिकाले आधारभूततहका लागि अंग्रेजीमा ४ विज्ञानमा १ गाणितमा १ जना गरी ६ जना, आरक्षणमा अंग्रेजीमा २ जना, विज्ञानमा १ जना, गािणतमा १ जना गरी ४ जनाको शिक्षकको माग गरेको छ । यसमा आरक्षणतफइ दलित, जनजाती, महिलाका लागि सिट सुरक्षित राखिएको छ । यसैगरी आधारभूत तह (१ —५) मा विषय विहीन खुल्ला तर्फ ५ जना र आरक्षणतर्फ ४ जना गरी ९ जना शिक्षकको माग गरेको छ । आरक्षणमा जनजाती, दलित, अपाङता र महिलालाई वर्गिकरण गरिएको छ ।
गाउँपालिकाले खोलिएको विज्ञापनमा निवदेन सहित माध्यमिक तहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक उत्तीर्ण, आधारभूत तह ( १—८)का लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रवीणता प्रमाण–पत्र तह उत्तीर्ण, आधारभूत तह ( १—५)का लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रवीणता प्रमाण–पत्र तह उत्तीर्ण, आवेदक १८ वर्ष पूरा भै ४० वर्ष ननाघेकोले आवेदन दिन सक्ने बताएको छ । यसका साथै १)योग्यताको प्रमाणपत्र( ट्रान्सक्रिप्ट र चारित्रिक) प्रमाणित प्रतिलिपी २ प्रति ।, २) अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपी २ प्रति, ३) नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी २ प्रति सहित आउनको लागि आह्वान गरेको छ । सो निवेदन पेश गर्दा आवेदन दस्तुर मा.वि. तहरु १०००÷ आधारभूत (१—८) तह रु ७५०÷ र आधारभूत (१—५) तह रु ५०० ÷ रुपैयाँ मात्र परिवर्तन गाउँपालिकाको जनता बैंक नेपाल लिमिटेड मा रहेको संचित खाता नं १२४००९०५८०७०९०१ मा जम्मा गरेको भौचर दरखास्त फारम साथ संलग्न राखेको हुनु पर्ने समेत जानकारी गराएको छ । नयाँ युगबोध राष्ट्रिय दैनिकमा भाद्र १८ गते प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन पेश गर्नका लागि अनुरोध गरेको छ ।
साथै तलव स्केल मा वि तह रु २५०००। आधारभूत (१—८) तह रु.२००००। र आधारभूत (१—५) तह रु १८००० समेत पनि जानकारी गराईको कुरा शिक्षा संयोजक लोककुमार श्रेष्ठले जानकारी गराउनुभएको छ । गाउँपालिकाले आफ्नो गाउँपालिका निवेदकहरुलाई र अन्य नागरिकलाई पनि निवेदन र गाउँपालिकाको शैक्षिक सुधारमा हातेमालो गर्नका लागि अनुरोध गरेको छ । गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले शिक्षा सुधारको पहिलो प्राथमिकताका साथ अगाडि बढाउने कार्यक्रम अनुसार यो कार्यक्रम अगाडि बढाएको बताउनुभयो । यो कार्यक्रम गंगादेव गाउँपालिकाले गत आर्थिक वर्षमै लागु गरेको थियो ।

You may also like