“हिंसाको राजनीतिबाट होइन, बहुदलिय प्रतिषप्रर्धाबाट मात्रै सम्भव छ ” मनोज मनोजमणि आचार्य समानुपातिक सभाषद्का उमेद्वार प्रदेश नं. ५ नेपाली कांग्रेस

पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका प्रदेश सभाका नेपाली काँग्रेस पार्टीका सामानुपातिक उम्मेद्वार एवम् नेपाली काँग्रेस पार्टीको महाधिवेशन प्रतिनिधी सदस्य मनोजमाणि आचार्यसँग चुनावी एजेण्डा लगायतका विषय वस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका प्रकाश एवम् सम्पादक मानसिंह बि.क.ले गर्नुभएको कुराकानीको सार संक्षेप्त प्रस्तुत गरिएको छ ।
हार्दिक स्वागत छ, हजुरको परिचय बताइदिन होस् न ।
मेरो नाम मनोजमणी आचार्र्य हो । रोल्पा नगरपालिका वार्ड नं २ पिपल चौतरा निवासी हुँ । म नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको पूर्व महामन्त्रीको समेत भूमिका निर्वाह गरेको थिएँ । म अहिले आगामी मंसिर १० गते सम्पन्न हुन लागेको प्रनितिधिसभा र प्रदेश सभा निर्वाचनको प्रदेश सभाको नेपाली काँग्रेस पार्टीको तर्फबाट सामानुपातिक उम्मेद्वारको टिकट पाएर चुनावी मैदानमा उत्रिएको छु ।
जसरी हजुरले नेपाल विद्यार्थी महासंघ केन्द्रीय समितिको पूर्व महान्त्रीको जिम्मेवारी निर्वाह गरी सकेको अवस्थामा हजुरको राजनीतिक पृष्ठभूमिका उल्लेख गरी दिनुहुन्छ, कि ?
विद्यार्थी जीवनबाट नै मेरो राजनीतिक यात्रा सुरुवात भएको थियो । बाल कल्याण मा.वि. लिबाङ रोल्पाको नेपाल विद्यार्थी संघको अध्यक्षबाट नै विद्यार्थी संघबाट नै राजनीतिक यात्रा सुरुवात भएको थियो । त्यसैगरी नेपाल विद्यार्थी संघ रोल्पा जिल्लाको अध्यक्षको जिम्मेवारी पाएको थिएँ । जसरी मेरो विद्यार्थी संघ रोल्पाको जिल्ला अध्यक्षको जिम्मेवारीलाई सक्रिय भूमिका निर्वाह गर्दै गर्दा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष भएको थिए । लामो समयसम्म विद्यार्थी संघमा योग्दान पु¥याउँदै गर्दा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको महान्त्री भएको थिए । नेपाल विद्यार्थी संघको केन्द्रीय समितिको ११ औं महाधिवेशनमा केन्द्रीय सभापतिको प्रत्यासी÷ उपविजेता समेत भएको थिएँ । हाम्रो गौरवशाली पार्टी नेपाली काँग्रेसको महासमिति सदस्य, नेपाल रेडक्र सोसाइटी लगायतका समाजिक संघ संस्थाहरुमा आवद्वता छु । साहित्यिक क्षेत्रमा समेत रुचि समेत राख्द छु । साथै आगामी मंसिर १० गेत रोल्पा जिल्लामा सम्पन्न हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेस पार्टीको तर्पmबाट प्रदेश सभाको सामानुपातिक उम्मेद्वार समेत हुँ ।
तपाई त युवा नेता आगामी निर्वाचनमा नेपाली काँग्रेस पार्टीको तर्फबाट प्रदेश सभा निर्वाचनमा सामानुपातिक उम्मेद्वारी दिनुभएको छ, तपाई र नेपाली कांग्रेसलाई मतदाताले किन भोट दिने ?
नेपालको संविधान कार्यान्वयसँगै समृद्धि विकास राष्ट्र निर्माण गर्नको निम्ति नेपाली काँग्रेस पार्टीका प्रत्यक्ष र सामानुपातिक उम्मेद्वारहरुलाई आगामी मंसिर १० गतेको निर्वाचनमा आम मतदाताहरुले मतदान गर्न म हार्दिक अनुरोध गर्दछु । साथै नेपाली जनताको जीवनस्तर परिवर्तन गर्न, गरीव भोकमरिबाट मुक्त, समाज निर्माण गर्नु, बहुलवादमा आधारित लोकतन्त्रिक संघीय गणतन्त्रलाई संस्थागत गरी समतामूलक समाज निर्माण गर्नका लागि मतदाताहरुले भोट दिनु पर्नेछ ।
तपाई र पार्टीको एजेण्डाहरु के–के छन् ?
खुल्ला राजनीतिक प्रतिस्पर्धात्मक राजनीति हिंसाबाट होइन, शान्तिपूर्ण समाज निर्माण, विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षा (वैज्ञानिक र सीपमूलक) आजको अपरिर्हाय आवश्यकता हो । युवालाई शिक्षा र सीपमूलक शिक्षा मार्फत स्वदेश मै रोजगारीको ग्यारेन्टी गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्र्न राज्यको दायित्व हो । माध्यमिक तहसम्म निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य उपचार व्यवस्था गर्ने, द्वन्द्वबाट भर्खरै मुक्त रोल्पाली दाजु–भाइ, दिदी–बहिनीहरुको मुहारमा हाँसो ल्याउन, शान्तीपूर्ण समाज स्थापना गर्न, द्वन्द्वका घाउहरुमा मलम लगाउन, गाउँ–गाउँ बस्तीमा मेलमिलापको भावना जगाउँदै सम्पूर्ण राजनितिकदलहरुको बीच हार्दिकता र मित्रताबाट प्रतिस्पर्धाको राजनीतिको सँस्कारको विकास गर्न, राजनीतिलाई मर्यादित र सम्मानित बनाउने विशेष जोड दिने, रोल्पा जिल्लाको १० ओटै वडा कार्यालयसम्म बाटो पु¥याउने र बाटो स्तरवृद्धि गर्ने, जिल्ला अस्पताल रेउघामा एक सय २५ सैयाको बनाउने, जिल्लाका प्रत्येक स्थानीयतहको केन्द्रमा २५ सैयाको अस्पताल निर्माण गर्ने, ति अस्पतालमा निःशुल्क औषधीको व्यवस्था गर्ने, कृषि अुनदान, अल्लो, कोदो, फापर, फलफूल, तरकारी उत्पादन गरी आत्मनिर्भर रोल्पा र जिल्ला बाहिर पनि निर्यात गरी व्यवसायिक कृषिमा विशेष जोड दिने, जुगाँर, माडीचौर, होलेरी, सुलिचौर र लिबाङमा तरकारी÷फलफूल संकलन केन्द्र र चिस्यानको व्यवस्था गर्ने, सरकारी कार्यालय, नगरपालिका, गाउँपालिका, स्वास्थ्य केन्द्र, कलेज र माध्यमिक विद्यालयमा ँचभभ धषष् को व्यवस्था गर्ने, जलजला, सुनछहरी झरणा, महाप्रभु महाराजको जन्म थलो रुन्टीगढी, शिव गुफा, माडीचौर, गजुलकोट, खुंग्रीकोेट आदी पर्यटनका सम्भावना छन् । ति क्षेत्रको विकासमा लाग्ने जस्ता नेपाली काँगे्रस पार्टीको एजेण्डाहरु हुन् ।

रोल्पाली मतदाताहरुलाई अन्तिममा के भन्नु हुन्छ ?
रोल्पा जिल्लामा पहिलो चरणमा आगामी मंसिर १० मा प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचानमा नेपाली काँग्रेस पार्टीले रोल्पाली जनताको समृद्ध विकासका एजेण्डाहरुका साथ चुनावी मैदानमा उत्रिएकोले आम रोल्पाली मतदाताहरुले पार्टीका प्रतिनिधी सभा र प्रदेश साभाका प्रत्यक्ष र सामानुपातिक उम्मेद्वारहरुलाई आफ्नो अमूल्य मत मतदान गर्न म हार्दिक अनुरोध गर्दछु । तपाईको लोक प्रिय पत्रिका रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाबाट मेरो र पार्टीको धारणा राख्ने अवसर प्रदान गरेकोमा पत्रिकाका सम्पूर्ण टिमलाई हार्दिक आभार प्रकट गर्दछु । आगामी दिनमा पनि यस्तै धारणा राख्ने अवसरको अपेक्षा गर्दछु । लोक प्रिया पत्रिकाको उत्तर उत्तर प्रगतिको कामना समेत व्यक्त गर्दछु ।

You may also like