कतिपय कांग्रेसका जनप्रतिनिधीहरुले पनि गलत गरिरहेका छन् । –अमरसिं पुनमगर सभापति नेपाली कांग्रेस रोल्पा

नेपाली काँग्रेस पार्टी केन्द्रले देशैभरि पुनः दोस्रो चरणको जनजागरको अभियान सञ्चालन गरिरहेको छ । जिल्लाभरि नै केिन्द्रय प्रतिनिधिको उपस्थितिमा विभिन्न गतिवधिहरु सञ्चालन भइरहेको छन् । सोही अवसरमा नेपाली काँग्रेस रोल्पाको जिल्ला सभापति अमर सिंह पुनसँग जिल्लामा जनजागरण अभियान, जिल्लाको विकास, पार्टीको आगामी योजना लगायतका विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।

 पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
धन्यवाद !
वर्तमान राजनीतिलाई कसरी नियाल्नु भएको छ ?
बर्तमान राजनीति जटिल अवस्थामा छ । वर्तमान राजनीत जुन रुपमा नेपाली जनताको मौलिक हक अधिकारका लागि बलिदान भयो । त्यो बलिदानबाट नै विभिन्न राजनीतिक व्यवस्था परिवर्तन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आएको छ । बाम्पन्थिको नेतृत्वको दुई तिहाई बुहमतको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमाथि धावा खेल्ने काम गरेको छ । नेपाली जनताको बलिदान, योगदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संविधान प्राप्त भएको हो । अहिले बहुमतको बाम्पन्थी सरकारले संघीय लोकतान्त्रिक व्यवस्था खतरामा पारेको छ । नेपालको विभिन्न राजनीतिक व्यवस्था परिर्वतनको निम्ति नेपाली काँग्रेस पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो भने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाको लागि नेपाली काँग्रेस पार्टी सक्रिय बन्नु पर्दछ भन्ने मूल्य मान्यताका साथ दोस्रो चरणको जनजागरण अभियानको सञ्चालन गरेका थियो ।
जिल्लामा जनजागरण अभियान कसरी सञ्चालन गर्दै हुनुहुन्छ ?
यस जिल्लामा जनजागरण अभियान प्रदेश सभाको निर्वाचन क्षेत्र क र ख का कार्य समितिले अभियानको आयोजना गरेको छ भने जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ । जिल्लाको विभिन्न ठाउँहरुमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा विभिन्न कार्यक्रमहरु सम्पन्न हुँदै छन् । जिल्ला कार्य समितिले जनजागरण अभियानलाई समय समयमा अनुगमन तथा सहजिकरण गर्दै आएको छ । अभियानको क्रममा जिल्लाका गाउँपालिका, प्रत्येक वडा, टोल–टोलमा संगठन विस्तार, प्रशिक्षण, जनताहसँग भेटघाट जस्ता कार्यक्रम समेत सम्पन्न भएका छन् । साथै पार्टीको केन्द्रीय प्रतिनिधिहरुको उपस्थितिमा मंगलबार लिबाङ स्थित टुडिखेलमा जिल्ला स्तरीय विरोध सभा सहित पार्टीको दोस्रो चरणको जनजागरण अभियान समापन गर्दै छौं ।
अभियान सञ्चालन गर्दै गर्दा जिल्लामा पार्टीको भूमिका प्रभावकारी बन्न सकेनन् ?
जिल्लामा नेपाली काँग्रेस पार्टीले आफ्नो भूमिका सक्रियपूर्वक निर्वाह गर्दै आएको छ । त्यसैले पार्टीको भूमिका सक्रिय भएन भन्ने भ्रम मात्र हो । पार्टीले जिल्लाको विकास, जनताको आवाज निरन्तर उठाउँदै आएको छ । नेपाली काँग्रेस पार्टी र अन्य बीचको तुलनामा धेरै फरक भएको हुँदा अन्य पार्टीले जस्तो बन्द हड्ताल गरी आन्दोलन नेपाली काँग्रेस पार्टीले कार्यक्रम गर्दैन । त्यसैले पनि आम जनताहरुलाई शान्तिपूर्ण कार्यक्रम पार्टीले आयोजना गर्दै गर्दा पार्टीको भूमिका सक्रिय भएन भन्ने भ्रम मात्र हो । होइन भने पार्टीले शान्तिपूर्ण वातावरणमा जनताको समास्या, विकास समृद्धको पक्षमा नेपाली काँग्रेस पार्टीले निरन्तर आवाज उठाउँदै आएको छ । त्यसैले पार्टीले नेपाली जनताको हितमा राजनीति गर्दछ भने अन्य पार्टीहरुले भने कार्यकताको हितमा मात्र राजनीति गरेका छन् । पार्टीले जुन प्रतिपक्षको भूमिका सक्रिय रुपमा निर्वाह गर्दै आएको छ । अन्य पार्टी जस्तै हिंसात्मक आन्दोनलको पक्षमा छैन । पार्टी शान्तिपूर्ण कार्यक्रम मार्फत जनताको समस्याहरुलाई प्रतिनिधिमूलक रुपमा सम्बन्धित निकायमा राख्द छ । संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकराहरुले पार्टी कार्यकर्ताहरु हितमा काम गर्ने प्रवित्ति अन्त्य गरी संघ सरकार, प्रदेश सरकार र स्थानीयत सरकारहरुले जनताको हितमा काम गर्नुपर्दछ । जनताको हितमा काम नगरी कार्यकर्ताको हितमा काम गरेको परिणामको रिजल्ट हेर्न धेरै समय पर्खिनु पर्दैन ।
जिल्लाको स्थानीय सरकारबाट करोडौं बजेट वेरुजुको विषयमा पार्टीको धारणा के छ ?
राज्य सञ्चालनको जिम्मेवारी लिँदै गर्दा व्यवस्थापनमा ध्यान दिनै पर्दछ । राज्य सञ्चालकहरुले नीति विधान विपरित कार्य गरी करोडौं वजेट वरुजु निकाल्नु भनेको नालायक बन्नु हो । जिल्लाको स्थानीयतहरुमा देखिएको वेरुजु सम्बन्धि अनुसन्धान गरी कानुन विपरित भए स्वयमा जनप्रतिनिधिहरुले पूर्ति गर्नु पर्दछ । कानुनी रुपमा नै आएको वेरुजु भए तत्कालन समस्या समाधान गर्नुपर्दछ । गंगादेव गाउँपालिका अध्यक्ष भिउदे खत्रीले उपभोक्ता समिति गठन पश्चात् आफ्नो नाममा रकम जम्मा गर्न लगाउन प्रमाण भेटिएको छ । त्यसैले खत्री जस्ता कतिपय गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र जनप्रतिनिधिहरुले गैर जिम्मेवारी कार्य गर्दै आएका छन् । यस्ता गैर कानुनी कार्यले देश कसरी समृद्ध बन्न सक्छ ? त्यसैले संघ सरकार, प्रदेश सरकार, स्थानीयतहका वेरुजु, अनिमितता, भ्रष्टाचारको अन्त्यका लागि पार्टीले देशभरि दोस्रो चरणको जनजागरण अभियान सञ्चालन गरेको छ । पार्टीको अभियानले आर्थिक अनिमितता अन्त्यमा थप सहयोग पुग्ने विश्व मैले लिएको छु ।
पार्टीले कस्तो भूमिका निर्वाह गर्दछ ?
कानूनी रुपमा सरकार सञ्चालन गर्नुपर्दछ भन्ने नेपाली काँग्रेस पार्टीको धारणा हो तर अहिले गैर कानूनी रुपमा सरकार सञ्चालनमा सरकार प्रमुखहरु अग्रसरता देखाएका छन् । सरकारले दुई ओटा नागरिकता भएका गंगादेव गाउँपालिका अध्यक्ष भिउदे खत्रीलाई कानूनी दायरीमा ल्याउन सकेको छैन । सरकारले अहिले आफ्नो कार्यकर्ताहरु बचाने कार्य बाहेक अरु कार्य गर्न सकेको छैन । सरकराले आफ्ना कार्यकर्ता बचाउने कार्यले देशमा द्वन्द्व हिन्ता, भ्रष्टाचार, अनिमितता बढेको छ । त्यसैले कानूनी रुपमा सरकार सञ्चालनका लागि नेपाली काँग्रेस पार्टीले केन्द्रदेखि स्थानीयतहसम्म निरन्तर रुपमा खबरदारी गर्दै आएको छ । कानूनी रुपमा सरकार सञ्चालनका लागि पार्टीले आगामी दिनमा पनि खबरदारी गर्दै अगाडि बढ्छ । जसरी वर्तमान सरकारहरुले जनताको हितमाभन्दा पनि आफ्नो कार्यकताको हितमा काम गर्दा करोडौं वेरुजु, भ्रष्टार, अनिमितता जस्ता कार्यहरु बढेदै गएका छन् । पार्टीले जाताको हितलाई आत्मसात गर्दै तीन तहका सरकारलाई देश र जनताको हितमा अगाडि बढ्न दायित्व बोध पनि पार्टीले गराउँछ । पार्टीले सरकारको जनहित कार्यलाई सहजै स्वीकार गर्दै सरकारको गल्त कार्यहरुको विरोध गर्दै आम जनतासम्म पु¥याउने काम गर्दै आएको छ । जनताको आवश्यकताको आधारमा पार्टीले दोस्रो चरणको जनजागरको अभियान सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पार्टीले नेपाली जनताको आवश्यकताको आधारमा विभिन्न चरणका कार्यक्रम तय गर्दै जनताको हितमा काम गर्दै अगाडि बढ्ने छ । सरकारमा रहेका पार्टीहरुलाई नेपाली जनताको अमूल्य मतबाट दुई तिहाई सरकार बनाएको छन् । ति पार्टीहरुले नेपालको संधिवान र नेपाली जनताको भावना अनुसार काम गर्नु पर्दछ । होइन भने आफ्नो कार्यकर्ताहरुको भरण पोषण गदै्रमा नेपाल समृद्ध देश बन्न सक्दैन । त्यसैले नेपालको संविधानको भावना र नेपाली जनताको भावना अनुसार अगाडि बढ्न तीन तहकै सरकारहरुको प्रतिपक्षको भूमिका पार्टीले निर्वाह गर्दै छ ।
जिल्लामा आगामी दिनमा पनि भ्रष्टाचार, अनिमिता, वेरुजु रोकिएन भने पार्टीले कस्तो कार्यक्रम तय गर्दछ ?
नेपाली काँग्रेस पार्टी रोल्पाले संघ सरकार, प्रदेश सरकार र स्थानीयत सरकारहरुको अनिमितता, भ्रष्टाचार, वेरुजु लगायतका गल्त कार्यहरु आम जिल्लाबासीहरुमा पु¥याउन मंगलबार लिबाङ स्थित टुडिखेलमा विरोध सभा आयोजना गरेको छ । जिल्लाका स्थानीयतहहरुमा भ्रष्टाचार, अनिमितता, वेरुजु जस्ता गैर कानूनी कार्य नहोस् भन्नेका लागि नै विरोध सभा आयोजना गरिएको हो । तीन तहका सरकारहरुको गल्त कार्यहरु आम नागरिकसम्म पु¥याउँदै जनता चुप लाग्ने अवस्था नै हुँदैन । पार्टीेले जनताको आवाजको उत्थान गर्दै तीनतहका सरकारलाई विभिन्न दबाबमूकल कार्यक्रममार्फत दबाब दिन्छ । जनताको हितको निम्ति सात दशक लड्दै आएको नेपाली काँग्रेस पार्टी कम्जोर पार्टी होइन । यो पार्टीेले परिर्वतनको नेतृत्व गर्दै आएको हो । पार्टीको नेतृत्वमा नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरु गुमउने विभिन्न गतिवधिहरु भएका छन् । तर पार्टीको नेतृत्वमा नेपाली जनताको बलिदान, योगदानबाट प्राप्त उपलब्धिहरुको रक्षाका लागि पार्टी कहिल्यै पनि खुट्टा कमाउँदैन । ति परिवर्तनका उपब्धिहरुको रक्षाका लागि पार्टी सशक्त भूमिका निर्वाह गर्न तयार छ ।
आम जनतामा दोस्रो चरणको अभियानमा जिल्लाबासीहरुमा कस्तो प्रभाव परेको छ ?
हो, वास्तवमा तीनतहका सरकारहरुले नेपाली जनतालाई नुन दिन नसक्नेले सुन दिन्छौं भ्रम फैलाएको भन्नु कुरा बुझेको छन् । बाम्पन्थिको दुई तिहाई सरकारको विभिन्न गल्त कार्यकै कारण नेपाली पार्टीप्रति नेपाली जनताको आशा भरसो बढेको छ । सोही अनुसार पार्टीेले आयोजना गरेको विभिन्न कार्यक्रमहरुमा जिल्लाबासीहरुको सक्रिय सहभागिता बढेको छ । निर्मला हत्या काण्डमा संलग्न अपराधिको पहिचान समेत सरकारले गर्न सकेको छैन । जसले पीडितले न्यायको आशा नै मारि सकेको अवस्था छ ।त्यसैगरी यस जिल्लाको लुङ्ग्री गाउँपालिकाको पाङ रोल्पाकी पाँच वर्षकी बालिको बलत्कारमा संलग्न अपराधी हिरासटबाट छुटेको भन्ने खबर सुनेको छु । जिल्लामा पनि द्वन्द्व हिन्ता बढ्को क्रममा छ तर पीडित न्याय पाउन सकेका छैनन् । पार्टीले द्वन्द्व हिन्ताको अवस्थामा जोदार माग सहित अगाडि बढ्छ । सरकारले आफ्ना कार्यकर्ताहरुको संरक्षण, भर पोषण गर्दै नेपालमा द्वन्द्व हिन्ता सिर्जना गर्दै पीडितले न्याय नपाउन नसकेको अवस्थामा पीडितको न्याय पाउनु पर्दछ भन्ने पार्टीले देशभरी नै जनजागर अभियान सञ्चालन गरेको हो । पीडितलाई न्याय, भ्रष्टाचार, अनिमितता, वेरुजु जस्ता गल्त कार्यको विरोधमा पार्टी आगामी दिनमा पनि पार्टी सशस्क्त बन्ने छ । नेपाली काँग्रेस पार्टीको नेतृत्वमा सञ्चालन गरिएको दोस्रो चरणको अभियान जनजागरण अभियानमा यस जिल्लाबासीहरुको सक्रिय सहभागिता देखिएको छ । जसले पनि जिल्लाको स्थानीयतहरुमा हुने गरेको भ्रष्टाचार, अभिमितता, वेरुजु जस्ता गल्त कार्यहरुको विरोधमा एक जुट एका छन् भन्ने कुराको पुष्टि गरेको छ ।
जिल्लाको विकासलाई कसरी नियाल्नुभएको छ ?
यस जिल्लामा विकास नाममा कस्तो भएको छ भन्ने कुरा सबैलाई थाहा भएको हो । जसरी जिल्ला र जिल्लाबासीहरुलाई समृद्धको दिशामा अगाडि बढाउने गरी गुरुयोजना सहित अगाडि बढ्नु पर्ने त्यस्ता भएको छैन । जनताको आवश्यकताको भन्दा पनि आफ्नो कार्यकर्ता भरण पोषणका लागि मात्र वजेट विनियोजन गरिएका छन् । विकासको नाममा आर्थिक अनिमितता, भ्रष्टचार जस्ता गल्त कार्यहरुले पनि प्राथमिकता पाएका छन् । जसले पनि जिल्लामा विनियोजिट वजेटको तुलनामा विकास हुन सकेको छैन । आफ्ना कार्यकर्ता भरण पोषणका लागि विनियोजिट वजेटले जिल्ला र समग्र जिल्लाबासी समृद्ध बन्न सक्दैनन् । सरकारमा रहेक नेताहरुले जसरी आम्दानी गर्नुपर्छ भन्ने भावनाले राजनीति गर्दै आएकाछ छन् । राजनीति आम्दानीका लागि होइन, राजनीति गर्नुभनेको त समाज परिवर्तनको निम्ति हो । ति नेताहरु जसरी हुन्छ आम्दानी गरी ठूला ठूला घरहरु, जग्गा, स्काभेटर जस्ता कार्य अंगालेका छन् । जसले जिल्ला र समग्र जिल्लाबासीहरुको समृद्ध हुन सक्तैन । यस्ता गल्त कार्यले जिल्लाको विकास होइन कि वजेट र भौतिक विनाश मात्र भएको छ ।
पार्टीको उम्मेदवार जितेको स्थानीयतह र अन्य पार्टीको उम्मेद्वारले जितेको स्थानीयतहको विकासमा के–फरक छ ?
नेपाली काँग्रेस पार्टीको उम्मेद्वार र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को उम्मेद्वारले जितेको स्थानीयतहहरुमा त्यति फरक पाएको छैन । पार्टीले लुङ्ग्री गाउँपालिका अध्यक्ष लगायतका जनप्रतिनिधिहरुलाई मौखिक निर्देशन गर्दै आएको छ । कुनै दिन पार्टीले हस्तक्षेप गर्नुपर्ने वातावरण सिर्जना भइरहेको छ । पार्टीको टिकटबाट वडा अध्यक्षमा विजय भएका वडा अध्यक्षहरुले भने उदाहरणीय कार्य गर्दै आउनुभएको छ । अन्य पार्टीको विजय उम्मेदवारले पनि त खाएको म किन नखाने भन्ने भावनाले पनि कतिपय पार्टीका विजय जन्रतिनिधिहरुले गलत कार्य गर्दै आएका छन् । त्यसैले गलत कार्य गर्ने पार्टीको टिकटबाट विजय जनप्रतिनिधिहरुलाई जिल्ला पार्टी मौखिक रुपमा ध्यानकर्षण गराउँदै आएको छ । साथै पार्टीको नीति, विधान अनुसार अगाडि बढेको अवस्थामा पार्टी कुनै पनि समयमा अङ्कुश लगाउन सक्छ है भनि खबरदारी गराएको छ । पार्टीको जनप्रतिनिधि र कर्याकर्ताको बचौं गर्ने अन्य पार्टीको जनप्रतिनिधिहरु र कर्याकर्ताहरुको मात्र विरोध गर्ने पक्षमा जिल्ला पार्टी छैन ।
पार्टी र जनप्रतिनिधि वजेट विनियोजनमा समन्वय हुन्छ कि हुँदैन ?
जिल्ला पार्टी र औपचारिक निर्वाहका लागि वजेट विनियोजनमा समन्वय भएको मैले पाएको छु । जिल्लाका केही स्थानीयतहरुले धेरै राम्रा काम पनि गरेका छन् तर कतिपय कुराहरु पनि सच्याउनुपर्ने छन् । जिल्लाका धेरै स्थानीयतहरुले गाउँपालिकाको विकास लगायतका विषयवस्तुमा छलफल प्रयाप्त देखिएन । त्यसैले प्रतिनिधि सभाबाट निर्वाचित केन्द्रीय तहका नेतृत्वहरुको समन्वय सहकार्य अवस्था छैन भने स्थानीयतहमा त कसरी हुन्छ ? जिल्लाको समग्र विकासका लागि एक अर्का बीचमा सहकार्य समन्वयकारी भूमिका नै महत्वपूर्ण पक्ष हो । त्यसैले जिल्लाको विकास समृद्धको लागि एक अर्का बीचमा सहकार्य समन्वय वर्तमान समयको अरिहार्यता हो । तर स्थानीयतहरुले गैर कानूनी रुपमा सरकार सञ्चालन गर्दै आएका छन् । संविधान दिवसको अवसरमा पनि अनावश्यक खर्च गरी मनाइयो । यसरी अनावश्यक गरी संविधान दिवस मनाउनुपर्ने आवश्यकता नै होइन । दिवसको अवसरमा नै साना बालबालिकाहरुलाई लाल सलाम भन्दै नारा जुलुसमा सहभागिता बनाइयो । यसरी साना बालबालिकाहरुलाई लाल सलाम र जय नेपालको कुनै अथै भाव छैन । जिल्लामा पार्टीगत रुपमा संविधान दिवस मनाईयो । यस्ता कार्यप्रति नेपाली काँग्रेस पार्टी रोल्पाले घोर विरोध व्यक्त गर्दछ । संविधान भनेका राजनीतिक दल, नेपाली जनताको साझा संविधान हो । संविधान घोषणाको प्रमुख जिम्मेवारी निर्वाह गर्ने नेपाली काँग्रेस पार्टीलाई वेवास्ता गर्दै जुन स्थानीयतहले नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यक्रम सञ्चालन गर्ने काम भएका छन् । साझा विषयमा साझा कार्यक्रम तय गरी अगाडि बढाएको अवस्थामा मात्र साझापनको भावना अभिवृद्ध हुन सक्छ ।
जिल्ला पार्टीको तर्फबाट जिल्लाबासीहरुलाई के भन्नु हुन्छ ?
जिल्लाबासीहरुलाई जिल्लाका दशैं ओटा स्थानीयतहरुको राम्रो कामको सर्मथ गर्दै अगाडि बढ्नु गर्नुहोस् भने गल्त कार्यहरुको विराधेमा उभिनुहोस् भन्नु चाहन्छु । गलत कार्यको विरोधमा उभिदै गर्दा आर्थिक प्रलोभनमा नपर्नुहोस् । जसले मात्र जिल्लाको समग्र विकास समृद्धमा जिल्लाबासीको भूमिका कोशे ढुङ्गा सावित हुन सक्छ । जिल्लाको हक अधिकारको निम्ति एक ठाउँमा उभिनु पर्दछ । जिल्लाबासीहरुले राज्य व्यवस्थाको निम्ति जुनखालको बलिदान र योगदान पु¥यो तर जिल्लाको समग्र विकास र समृद्धको निम्ति गलत र सही छुट्याउन सकेनौं भने जुन राज्य व्यवस्था परिवर्तनको निम्तिको बलिदान र योगदान गुम्ने खतरा छ । जिल्लाको केही व्यक्ति करोडौं पति बनाउँदैमा जिल्लाको विकास समृद्ध हुँदैन । त्यसकारण आम जिल्लाबासीहरुले जिल्लामा हुने अनिमितता, भ्रष्टाचार, वेरुजु, द्वन्द्व हिन्ता, स्काभेटर आतङ्क जस्ता गल्त कार्यहरु रोक्नु पर्दछ । जसरी राय व्यवस्था परिवर्तनमा जिल्लाबासीहरु जागरुक भएका सोही अनुसार अनिमितता, भ्रष्टाचार, वेरुजु, द्वन्द्व हिन्ता, स्काभेटर आतङ्क रोक्न जिल्ला पार्टीले जिल्लाबासीलाई अनुरोध गर्दछ ।
अन्तिममा केही छुटेका छन् ?
सर्वप्रथम नेपाली काँग्रेसद्वारा सञ्चालन भएको दोस्रो चरणको जनजागरण अभियान, जिल्लाको विकास, पार्टीको आगामी योजना लगायतका विषयवस्तुमा जिल्ला पार्टीको तर्फबाट मलाई विचार राख्ने अवसर दिएको रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिका परिवारलाई पुनः धन्यवाद व्यक्त गर्दछु । तत्कालनी ने.क.पा. (माओवादी) ले गाउँवस्तिमा लगाएको नाराहरु जग्गा कस्को ? जोत्नेको, घर कस्को ? पोत्नेको जस्ता लोक प्रिय नाराले जिल्लाबासीलाई राज्य व्यवस्था परिवर्तनको आकर्षण गरियो तर अहिले त्यस्ता नारा व्यहारमा कान्वयन भएका छनैन् । औलामा सिमत व्यक्ति अरवपति भएका छन् तर जिल्लाबासीहरुको दिनचार्य बिताउन पनि कठीनपूर्ण अवस्था छ । त्यसैले जिल्लाबासीहरुले नन्द किशोर पुन, कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, स्वय म लगायत जिल्लाका नेताहरुको मूल्याङ्कन गर्नु म अनुरोध गर्दछु । कुनै पार्टीको सिद्वान्त गल्त हुँदैन तर सिद्वान्त कार्यन्वयन गर्ने कार्यकर्ताहरु सही बाटोमा हिडे कि हिड्नन् भन्ने कुरा महत्वपूर्ण पक्ष हो । त्यसैले जिल्लाबासीहरुले राजनीति नेताहरुको समयमा नै मूल्याङ्कनका लागि म अनुरोध गर्दछु ।

You may also like