पूर्वी रुकुमको मत पेटिका हिलिकप्टरबाट रोल्पामा

मानसिंह बिक
मंसिर ११ रोल्पा
प्रतिनिधि र प्रदेशसभाको निर्वाचन ३२ जिल्लामा मंसिर १० मा सम्पन्न भएको छ । सुरक्षा सम्वेदनशिलता मानिएको पूर्वी रुकम जिल्लाको मतपेटिका रोल्पामा आएको छ ।

पूर्वी रुकुमको मत पेटिका हिलिकप्टरबाट रोल्पाको खडकदल गणमा ओर्लिदै 
पूर्वी उत्तरी रुकुमको हुकामकोटमा जम्मा गरिएर राखिएको मत मुख्य निर्वाचन कार्यालय रुकुमकोट लग्ने पेटिका हिलिकप्टरबाट रोल्पाको सदरमुकाम लिबाङ लिइएको हो । सुरक्षा सम्वेदनशीलता मानिएको पूर्वी रुकुम जिल्लाको पनि उत्तरी भेग हुकाम, रनमा, पेल्मा लगायत ४ वटा मतदान केन्द्रको हुकाममा मट पेटिका जम्मा गरिएको थियो । थबाङका मतदान अधिकृत लगायत कर्मचारीलाई पनि हुकाम पुगिन्छ भन्ने कल्पना थिएन । हुकाम लगायत पूर्वी रुकुमकालाई रोल्पाको लिबाङमा पुगिन्छ भनेर कल्पना थिएन । तर एक्कासी थबाङका मतदात अधिकृत लगायत मतदानमा खतिएका कर्मचारीहरु पनिु हुकाम पुगे र हुकाम लगायत अन्य मतदानकेन्द्रका पनि रोल्पाको लिबाङ पुगे । थबाङको मटपेटिका हिलिकप्टरमा राखेर उडेपछि सो हिलिकप्टर उवामा जान लागेको हो कि भनेर थबाङका मतदान अधिकृतहरुलाई अनुमान थियो । थबाङका मतदान अधिकृत गोपिराज पुनमगरले भन्नुभयो ः–“थबाङ उडियो उवामा ल्याण्ड भयो होला भनेर हेदाँ एक्कासी घर पनि ठूला ठूला छाना पनि फिल्ड झै थियो त्यो त रहेछ हुकामकोट अच्चम्म लाग्यो ।” यस्तै अर्का मतदान अधिकृत देवराम तिमिल्निाले पनि सुरक्षाको जोखिममा रहेको बेलामा थबाङमा मतदान गराएको खुशी लागेको बताउनुभयो ।


यस्तै पूर्वी रुकुमका रोल्पा आएका मतदान बलहादुर शाहीले आफूहरु हिलिकप्टरको प्रतिक्षामा रहेको बेलामा हिलिकप्टर गएको आफूहरुलाई राखेपछि रुकुम जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गइन्छ कि भनेको रोल्पाको लिबाङमा पो आएको बताउनुभयो ।
यस विषयमा संयुक्त वाम गठबन्धनका पूर्वी रुकुमका प्रदेशसभा सदस्यका उमेद्वार पूर्ण घर्तीमरले सुरक्षा र मौसमको कारणले भएकाले मतपेटिका रोल्पामा पुगेको गरेको बताउनुभयो ।
मत पेटिका रोल्पा लिने योजना भन्दा पनि थबाङबाट हुकाम नजिक भएर हिलिकप्टर थबाङमामा गएको थियो । हुकामबाट उवा ल्याण्ड गर्ने बेलामा मौसमको खरावी र अध्यारो भइसकेको मौसम प्रतिकुलताका कारणले रोल्पाको पूर्वी रुकुमको मत पेटिका रोल्पाको खड्कदल गण रोल्पामा लिइएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो । सो मत पेटिका पूर्वी रुकुम जिल्लाका मुख्य निर्वाचन अधिकृत र रोल्पा जिल्लाका मुख्य निर्वाचन अधिकृत साथै रोल्पा जिल्लाका राजनीतिक दल र पूर्वी रुकुमका राजनीतिक दलहरुको फोन परामर्शबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पामा रोल्पामा राखिएको छ । भोली विहान ७ बजेदेखि रुकुकोट लगिने लगिने सुरक्षा समितले बताएको छ ।

You may also like