नेपाल घरेलु तथा साना उद्योग महासंघ रोल्पाको चौथो जिल्ला सम्मेलनबाट मिलन डाँगीको अध्यक्षतामा नयाँ कार्य समिति

नेपाल घरेलु तथा साना उद्योग महासंघ रोल्पाको चौथो जिल्ला सम्मेलनबाट मिलन डाँगीको अध्यक्षतामा नयाँ कार्य समिति
माघ १५ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is g1-1024x768.jpg

‘मेहनत सृजना उत्पादन र वस्तु मेरो रोल्पा’ भन्ने मुल नारा सहित नेपाल घरेलु तथा साना उद्योग महासंघ रोल्पाको चौथो जिल्ला सम्मेलन आज लिबाङमा सम्पन्न भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिको रोल्पाको प्रमुख राज बहादुर बुढाले विगतदेखि नै घरेलु तथा साना उद्योगहरुबाट नै मानवी जीवन निर्वाह गर्दै आएको बेलामा प्रविधिको विकासले ठूला ठूला उद्योगहरुको सञ्चालनले घरेलु उद्योगहरु प्रभावित भएको बताउनुभयो । अझै पनि घरेलु तथा साना उद्योगबाट नै जीवन निर्वाह गर्दै आएका व्यवसायीहरुले आफ्नो व्यवसायीहरुलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो । यस्ता उद्योगहरुको आधुनिककीकरणका लागि सरकार र व्यवसायीहरुले विशेष ध्यान पु¥याउनु पर्ने धारणा प्रमुख अतिथि बुढाले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is g2-1024x768.jpg

त्यसैगरी यस कार्यक्रमको विशिष्ट अतिथि रोल्पा नगरपालिकाको उपप्रमुख अतिथि मनकुमारी घर्तीमगरले उद्यमीहरुको राजश्वबाट नै आज तीन तहका सरकारहरु सञ्चालन भइरहेको बताउनुभयो । उहाँले घरेलु तथा साना उद्योगहरुलाई दीर्घकालीन नबनाउँदासम्म सरकार सञ्चालन पनि दीर्घकालनी नहुन सक्ने भन्दै तीन तहका सरकारहरु र व्यवसायीहरुले उद्योगहरु दीर्घकालीन रुपमा सञ्चालन गर्नेतिर विशेष ध्यान पु¥याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । यस जिल्लाका स्थानीय तहहरुले घरेलु तथा साना उद्योगहरुको प्रर्वद्वन तथा आधुनिकीकरणलाई ध्यानमा राख्दै आवश्यक नीति तथा कार्यहरु सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को रोल्पा जिल्ला प्रतिनिधि हरिसरा घर्तीमगर, नेपाली काँग्रेस पार्टी रोल्पा जिल्लाको प्रतिनिधि कविता उपाध्याय, घरेलु तथा साना उद्योग विकास कार्यालय रोल्पाको कार्यालय प्रमुख उद्योग अधिकृत तिलकराम वली, नेपाली काँग्रेस पार्टी रोल्पा जिल्लाको निवर्तमान पार्टी सभापति एवम् समाज सेवी कृष्ण बहादुर घर्तीमगर, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष विश्व कुमार चन्द, नेपाल लेखापढी काुननी व्यवसायी एशोसियसन लिबाङ इकाई समिति अध्यक्ष होम बहादुर पुन, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको उपाध्यक्ष दारासिङ डाँगी लगायतका अतिथिहरुले शुभ कामना मनतव्य राख्नुभएको थियो । यस महासंघको प्रगति प्रतिवेदन जिल्ला सदस्य गीता आचार्यले गर्नुभएको थियो
साथै यस जिल्ला सम्मेलनबा मिलन डाँगीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ, जसमा वरिष्ठ उपाध्यक्ष गंगराम खत्री, उपाध्यक्ष गञ्ज बहादुर शाही, महासचिव मत्रिलाल गुरुङ, खगेन्द्र प्रसाद खत्री कोषाध्यक्ष, सदस्यहरु डम्बर बहादुर खड्का, राम बहादुर बुढाथोकी, तिर्था कुमारी के.सी, राजमाया बुढा, हर्क बहादुर डाँगी, राजेन्द्र परियार, टेक बहादुर पुन, देउ कुमारी डाँगी सर्वसम्मत चयन हुनुभएको छ । नव निर्वाचित कार्य समितिको पहिलो बठैकले विभिन्न महत्वपूर्ण निर्णयहरु पनि पारित गरेको छ । बैठकबाट जीत बहादुर महरा अनाराम सुनार, टिकी राना, मन बहादुर नेपालीलाई केन्द्रीय प्रतिनिधिमा राख्ने निर्णय पारित गरेको छ । सम्मेलनमा जिल्लाभरीका घरेलु तथा साना उद्योग महासंघमा आवद्व व्यवसायीहरु सहित अन्य सरोकारवाला निकायहरुको उपस्थिति थियो । जीत बहादुर महराको अध्यक्षतामा सम्पन्न सम्मेलनको सञ्चालन गीता आचार्यले गर्नुभएको थियो भने स्वागत हर्क बहादुर डाँगीले गर्नुभएको थियो ।

You may also like