के–के छन् त उत्तरी पूर्वी सुनछहरी गाउँ पालिकामा माओवादी केन्द्रको घोषणा पत्रमा

माओवादी के मानसिंह बिक
स्थानीयतहको निर्वाचनमा आफ्नो पार्टीलाई रोल्पामा विजयी बनाउनको लागि नेकपा (माओवादी केन्द्र) निकै लागि परेको छ । चुनावी घोषणा पत्रका साथमा चुनावी अभियानलाई तिव्रता दिइएको नेकपा –माओवादी) केन्द सुनछहरी गाउँ पाकिाका यति बेला गामदेखि जेलबाङसम्म निरन्तर लागेको माओवादी केन्द्र सुनछहरी गाउँ पालिकाले बताएको छ । उसले जनताको माझमा आफ्नो प्रतिवद्धता सार्वजनिक गरेको गाउँ पालिकाका प्रमुखका उमेदवार आसबहादुर पुनमगर मगरले यही प्रतिवछता अनुसार नै काम गर्ने बताउनुभयो । प्रतिवद्धता पत्रकको पूर्ण पाठ ।
माअाेवादी केन्द्रको उपहार !
गाउँ गाउँमा जनताको सिंहदरवार !!

संविधानको रक्षा र कार्यान्वयन गरौं !
गोलाकार भित्रको हसियाँ हथौंडामा मतदान गरौं !!
नेकपा (माओवादी केन्द्र)
सुनछहरी त्रिवेणी गाउँपालिकाको
प्रतिवद्धता –२०७४
भूमिका
नेपालको राजनीतिक इतिहासमा पृथ्वीनारायण शाहले नेपाको एकीकरण गरेसँगै सुरू भएको काठमाण्डौं केन्द्रीत केन्द्रीकृत राज्य सत्ताले नेपाली जनतालाई राज्यको समान पहुँचबाट निरन्तर बञ्चित गर्दै आएको अति विभेदकारी राज्य प्रणालीलाई ध्वस्तपारी समानता, स्वतन्त्रता र समृद्धिका लागि नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नुपर्ने विकल्पसहित तत्कालीन ने.क.पा (माओवादी) ले राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित ४० सुत्रिय माग पत्र २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझायो । उक्त जायज मागलाई सम्बोधन गर्नुको सत्ता राज्यले देशव्यापी फौजी दमन ग¥यो गरेपश्चात त्यसैको परिणाम स्वरूप ने.क.पा (माओवादी) ले दीर्घकालीन महान जनयुद्व सुरू गर्न बाध्य भयो ।
एक दशक भन्दा बढि समयसम्म सञ्चालन भएको महान् जनयुद्वको क्रममा करिव १८ हजार मानिसहरूको उच्च बलिदान भयो, भने सयौं वेपत्ता पारिएका छन् भने हजारौं घाइते अपाङ्ग बन्नु भएको छ । दर्जनौं दिदी, बहिनी र आमाहरू सामूहिक बलात्कारको शिकार बनेको कुरा इतिहास साँक्षी छ । नेपाली जनताको त्याग, तपस्या र बलिदानको फलस्वरूप नेपालमा संवैधानिक राज्यतन्त्रको अन्त्य भई संघीय लोेकतान्त्रिक गणतन्त्रको स्थापना भयो । कुनै बेला ने.क.पा (माओवादी) लाई आंतङ्कारी घोषणा गरी पूरै ध्वस्त पार्न लागि परेको संसदीय पार्टीहरूलाई राजा ज्ञानेन्द्रले ‘शाही कु’ मार्फत नजर वन्द गरी दमन गरेपछि विशेष गरी नेकपा (एमाले) र नेपाली काँग्रेसले तत्कालीन् ने.क.पा (माओवादी) सँग सहकार्य गर्ने निर्णय गरेका थिए । सोही निर्णय अनुसार रोल्पा जिल्लाको नुवागाउँ, शिलुगढी हँुदै १२ बुँढे समजदारी पश्चात् १९ दिने जनआन्न्दोलनको बलमा राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना गर्ने, संविधान सभाको चुनाव मार्फत व्यापक राज्य पुनरसंरचना सहितको संविधान बनाउने, संविधानमा पहिचान सहितको प्रदेशहरू निर्माण गर्ने, आदिबासी जनजाती, महिला, दलित, मधेसी, मुस्लिम लगायतका उत्पीडित समुदायहरूलाई सामानुपातिक समावेशीसहित विशेष आरक्षण लगायतका अधिकार सुनिश्चित गरी उनीहरूलाई राज्यको मूलधारमा ल्याउने आदी सैद्वान्तिक सहमति पश्चात् तत्कालीन ने.क.पा (माओवादी) र सात राजनीतिक दलहरूको संयुक्त पहलमा दोस्रो जनआन्दोलन २०६२÷२०६३ सुरू भयो । जनआन्दोलनको १९ औँ दिने २०६३ वैशाख ११ गतेका दिन निरङ्कुश राजा ज्ञानेन्द्रले नेपाली जनताको सामु घुँडा टेक्न बाध्य भयो । २०६३ वैशाख १५ गतेका दिनबाट नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो ।
तत्कालीन सात राजनीतिक दल र ने.क.पा (माओवादी) को संयुक्त अन्तरिम सरकार गठन हुनुका साथै अन्तरिम संविधान समेत जारी भयो । विभिन्न आरोह र अवरोहका बिचमा कयौँ पटक अन्तरिम संविधान संशोधन भयो । अन्ततः २०६४ वैशाख सालमा पहिलो संविधान सभाको चुनाव सम्पन्न भयो । उक्त संविधान सभाको चुनावबाट तुलनात्मक रूपमा अलि बढि समावेशी स्वरूपको संविधान सभा गठन भएको थियो । जुन संविधान सभाबाट नेपाली जनताले समावेशी सहतिको राम्रो संविधानको अपेक्षा गरेका थिए । तर नेकपा (एमाले) र नेपाली काँग्रेसका केही मुठ्ठीभर प्रतिगामी चिन्तनले ग्रसित नेताहरूको गलत नियतका कारण ४ वर्ष पछि पहिलो संविधान सभालाई विघटन गरियो । अनि राष्ट्रिय अन्तर्राष्ट्रिय षडयन्त्र र ग्राइनडिजाईमा गैर राजनीतक व्यक्तिहरू सम्मलित मन्त्री परिषद् गठन गरी दोस्रो संविधान सभा चुनावको मञ्चन गरियो । विभिन्न शङ्का, उपशङ्का र बहिष्ककारको बिचमा २०७० सालमा दोस्रो संविधान साभाको चुनाव सम्पन्न भयो । र प्रतिगामी शक्तिहरूको दुई तिहाई बहुमतका साथ दोस्रो संविधान सभा गठन भयो । अन्ततः पहिलो संविधान सभामा भोटिङमा लगिए रगतको खोला बग्छ भनेर खुलेआम धम्की दिने नेकपा (एमाले), काँग्रेसका नेताहरूकै नेतृत्वमा भोतिङ प्रक्रियाद्वारा अन्तरिम संविधानले परिकल्पना गरेका कयौं प्रगतिशिल र समावेशी संविधानका धाराहरूलाई समेत खारेज गर्दै अधँुरो र अपुरो संविधान २०७२ जारी गरियो । हाम्रो गौरवशालि पार्टी नेकपा (माओवादी केन्द्र) ले उठाउँदै आएको जातीय पहिचान सहितको १० प्रदेश पूर्ण सामानुपातिक प्रणाली जस्ता असाध्यै महत्वपूर्ण र अनिवार्य एजेण्डाहरू यो संविधानमा समोवश हुन सकेनन् । भलै नामविनाको ७ प्रदेश बनाइयो र संविधानलाई सबैको स्वीकार्य हुनबाट बञ्चित गराई संघीयतालाई नै असफल पार्ने कोषिश गरियो । तथापी अदाई सय वर्षको पूरानो केन्द्रीकृत राज्य संरचनाको विकल्पमा ७ संघीय प्रदेश निर्धारण हुनु, ७ सय ६६ गाउँ तथा नगरपालिका मार्फत सिंहदरबारको अधिकारलाई गाउँ–गाउँमा विस्तार गर्ने, धर्मनिरपेक्षता, सामानुपातिक र समावेशी जस्ता सीमित अधिकारहरू जसरी यो संविधानमा समावेशी गरिएको छ । त्यसको रक्षा र उपयोग गर्नु पनि हाम्रो कर्तव्य हुन आएको छ । तसर्थ हाम्रो गौरवशालि पार्टी नेकपा (माओवादी केन्द्र) ले जिम्मेवारीका साथ स्थानीयतहको निर्वाचनमा सहभागी हुँदै छ । ७ ओटा प्रदेश र ७ सय ४४ ओटा पालिकामध्ये सुनछहरी गाउँपालिका पनि एक हो । हाम्रो पार्टी यो प्रतिवद्वता पत्र मार्फत सम्पूर्ण सुनछहरी गाउँपालिकाबासी आदरनिय जनसमुदायहरूलाई आह्वान गर्न चाहान्छौँ कि आगामी पाँच वर्षमा यहाँका जल, जमिन, जङ्गल, जडिबुटी र जनशक्तिको सही सदुपयोग गरेर नमूना योग्य ‘आधुनिक गाउँपालिका ’ बनाउन चाहान्छौं । शिक्षा, स्वास्थ्य, यातायात, उद्योग, भौतिक पूर्वाधार, पर्यटन आदीमा सुनछहरी गाउँपालिकालाई पूर्ण आत्मनिर्भर बनाइने छ । आधुनिक र व्यवसायिक कृषि मार्फत गाउँपालिकालाई कृषिमा आत्मनिर्भ बनाइने छ । नेपालको संविधानले स्थानीयतहलाई प्रदान गरेको २२ ओटा अधिकारको प्रयोग गरी सुनछहरी गाउँपालिकालाई दु्रत गतिमा विकास मात्र गरिने छैन अन्य गाउँपालिकाहरूलाई सिक्न लायक हरेक क्षेत्रमा मोडेल विकासको अवधारण बनाई सुनछहरी गाउँपालिकालाई एक पाठशालाको रूपमा अगाडी बढाइने छ ।
भौगोलिक परिचयः–
उत्तरमा बाग्लुङ जिल्ला र थबाङ गाउँपालिका, पश्चिममा रोल्पा नगरपालिका, सुवर्णावती गाउँपालिका, दक्षिणमा सुवर्णावती र लुङ्ग्री गाउँपालिका र पूर्वमा लुङ्ग्री गाउँपालिका र प्यूठान जिल्लाको बिचमा अवस्थित सुनछहरी गाउँपालिकामा साविकका गाउँ विकास समिति जेल्बाङ, सेरम, गाम, स्यूरी, जैमाकसला फगाम गा.वि.स. को २ देखि ९ वडासम्म मिलेर सुनछहरी गाउँपालिका बनेको छ । जनसङ्ख्याको आधारमा ७ ओटा वडामा विभाजन गरिएको यस सुनछहरी गाउँपालिकाको केन्द्र साविकको जैमाकसला गाउँ विकास समिति अन्तर्गत पोबाङ भन्ने ठाउँमा रहेको छ । यस गाउँपालिकामा करिव १६ हजार ५ सय भन्दा बढि जनङ्ख्या रहेको यस गाउँपालिकामा जलजलादेखि कोठी पहाडसम्मको उच्च पहाडी श्रङ्खलाले उत्तरतिरबाट घेरिएको छ भने जलजला धार्मिक क्षेत्र, बिबाङ दह, सुनछहरी झरना जस्ता प्राकृतिक सम्पदाकहरू यसै गाउँपालिका भित्र पर्दछन् । सयौँ प्रजातिका बहुमूल्य जडिबुटीहरू, सुन, तामा, फलाम र सिस्सा खानी जस्ता खनिज पदार्थहरूको भण्डारणको रूपमा पनि परिचित छ । साथै सुनछहरी गाउँपालिकालाई भौगोलिक नक्सामा हेर्दा झण्डै डमरू आकारको देखिने यस सुनछहरी गाउँपालिकामा विशेष गरी मगर, क्षेत्री, दलित, गुरूङ, थकाली र नेवार जातिहरूको बसोबास रहेको छ । जता जतै पहाड, भिर पाखा पखेरा र खोचहरूले बनेको यस गाउँपालिकामा विषम प्रकारको हावापानी पाइन्छ । अन्ततः यहाँका मानिस तथा पशु पन्छिका लागि बस्न धेरै उपयूक्त हावापानी मानिन्छ । जेल्बाङ– फगाम खोला, गाम– लुङ्ग्री खोला यहाँका मुख्य खोलाहरू हुन् । सुनछहरी गाउँपालिकामा खानेपानी, सिंचाई उर्जा प्रर्वद्धनका लागि जलस्रोतको कुनै कमी छैन ।
राजनीतिक अस्थाः–
२०१८–२०२१ सालको बिचमा भएको रोल्पा जिल्लाको भौगोलिक तथा प्रशासनिक विभाजनपछि यस सुनछहरी गाउँपालिका भित्र प्रायः सबै गाउँमा झण्डै २५÷२६ वर्षसम्म पञ्चायतको बलियो पगड रहेको पाईन्छ । जब २०४६ सालको जनआन्दोलनले पञ्चायतको अन्त्य गरेर बहुदलको स्थापना ग¥यो तब यहाँको प्रायः सबै गाउँका यूवाहरू तत्कालीन संयूक्त जनमोर्चा मार्फत कम्यूनिष्ट राजनीतिकमा सक्रिय भएको देखिन्छ । परिणाम स्वरूप २०४९ सालको स्थानीय निर्वाचनमा स्यूरी बाहेक सबै गाउँ विकास समितिमा संयूक्त जनमोर्चाले जितेर कम्यूनिष्ट लालकिलला घोषणा गरेको थियो । ग्रामीण वर्ग सङ्घर्ष हुँदै २०५२ सालमा भएको रोमियो अप्रेशन मार्फत यस क्षेत्रमा ठूला–ठूला प्रहरी दमनबाट दर्जनौँ सर्वसाधारण जेल परे भने कयौँ जनप्रतिनिधी तथा सर्वसाधारण भूमिगत हुन बाध्य भए । २०५२ सालको फाल्गुन १ गतेबाट तत्कालीन ने.क.पा (माओवादी) ले महान जनयुद्व सुरू गरेपछि यस गाउँपालिका आधार इलाकाकै रूपमा रही रहयो । जेल्बाङ, रूलबाङ, नारबाङ, स्यूरीमा प्रहरी चौकी र पछिल्लो पटक गााममा सैनिक आधार शिविर राखेर कुरूर दमन, हत्या, बलत्कार, लुतपात र आगजनिका हजारौँ घट्नाहरू राज्य पक्षबाट घटाउने काम भयो । तर पनि यहाँका वीर नेतृत्व र अविचलित जनता र योद्वाहरूको निरन्तर प्रतिकार वलिदान र साहसका सामु प्रतिक्रियावादी सेना र प्रहरीहरूका अत्याधुनिक हतियारहरू नाकाम सिद्ध भए र छोटो समयमै हारेर भागे अनि तत्कालीन ने.क.पा (माओवादी) को आधार इलाका र जनसत्ता सञ्चालन भयो ।
२०६३ साल पछिको १२ वर्षको शान्ति प्रक्रियामा यस गाउँपालिकामा संस्थागत रूपले माओवादी पार्टी नै क्रियाशिल रहयो । माओवादीको सक्रियतामा यहाँका प्रत्येक वार्डहरूमा मोटर बाटो पुगेको छ । साथै सञ्चारको पहुँच पुगेको छ, शिक्षा क्षेत्रमा व्यापक सुधाँर र विस्तार भएको छ, विद्युत, पुलपलेसा, खानेपानी, स्वास्थ्य, सरसफाइ लगायतका विकास भएका छन् । आज प्रायः सबै साविक गाउँ विकास समितिहरूलाई खुला दिसामुक्त, पूर्ण साक्षर र पूर्ण खोपयुक्त घोषणा भएका छन् । यी सबै आयोेजनाहरूको सम्भव यहाँका जनता र माओवादी पार्टीको सक्रियतामा भएको कुरा सहजै बुझ्न सकिन्छ । यस प्रक्रियामा अन्य राजनीतिक पार्टीहरूको प्रतिनिधित्व उपस्थिति रहेता पनि समाज सेवाको कार्यमा शुन्य जस्तै रहन गएको छ । अन्ततः आज ने.क.पा (माओवादी केन्द्र) ले जसरी जनताको माझमा रहेर समाजको विकास र सामाजिक रूपान्तरणमा लाग्यो । त्यसरी नै यही २०७४ असार १४ गते हुन गईरहेको स्थानीयतहको चुनाव मार्फत तपाई आदरणीय जनसमुदायहरूकै अमूल्य मतबाट विजय भएर सुनछहरी गाउँपालिकालाई एक नमूना योग्य ‘आधुनिक गाउँपालिका’ बनाउन चाहेका छौं । यसका लागि हाम्रो पार्टीको तर्फबाट आगामी पाँच वर्षमा गरिने आवश्यक योजनाहरू सूचिकृत रूपमा यो प्रविद्वता–पत्रमा उल्लेख गरेको छौं । ती वृहत तथा वैज्ञनिक योजनाहरूको कार्यान्वयनका लागि हाम्रो पार्टीको तर्फबाट प्रस्तुत गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा समितिका अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य, २ खुल्ला सदस्यहरूका लागि मतपत्रको ३ नं क्लोममा रहेको ‘गोलाकार भित्रको हसियाँ हथौडा’ चुनाव चिन्हमा स्वष्टिक छाप क्रमैसँगै सात ठाउँमा लगाई अत्याधिक बहुमतले विजय गराउन हुन हार्दिक अनुरोध तथा आह्वान गर्दछौं ।
आगामी पञ्चवर्षिय योजनाहरू
१. भौतिक पूर्वाधार विकासः–
आगामी पाँच वर्षभित्र गाउँपालिकाको सबै कार्यालय भवनहरू आधारभूत रूपमा निर्माण गरी सञ्चालन गरिनेछ । गाउँपालिकामा एक ओटा कम्तीमा २० सैयाको प्रस्तुती सेवा सहितको अस्पताल भवन निर्माण, एक ओटा आदिवासी जनजाती सङ्ग्रालय भवन, एक ओटा शहीद स्मृति सङ्ग्रालय भवन, एक ओटा फलाम खानी सङ्ग्रालय भवन, प्रत्येक वडा समिति कार्यालयको भवन मर्र्मत तथा नयाँ भवन निर्माण, प्रत्येक वडा समितिमा एक÷एक ओटा कृषि सङ्कलन भवन, प्रत्येक वडामा रहेका उप–स्वास्थ्य चौकी भवनको बाँकी मर्मत तथा नयाँ भवन निर्माण, गाउँपालिका भित्रमा एक ओटा कभर्ड हल निर्माण, गाउँपालिका भित्र एक ओटा पूmटबल मैदान निर्माण, प्रत्येक वडामा एक÷एक खेल मैदान, गाउँपालिकाका सबै विद्यालयहरूमा आवश्यकता अनुसार फिल्ड निर्माण तथा तारबार लगायतका भौतिक पूर्वाधार विकासको कामलाई प्राथमिकताका साथ अगाडी बढाइेनछ ।
२. यातायातको विकासः–
आगामी पाँच वर्षभित्र प्रत्येक वडा समितिको कार्यालयदेखि गाउँपालिकाको कार्यालयसम्म जोड्ने मोटर बाटोहरू पूरा गरिनेछ । सुलिचौ– फगाम– भलबाङ– जेल्बाङ– मिरूल सडक निर्माण कार्य सम्पन्न गरिनेछ । सुलिचौर– वडाचौर– गुम्चाल– हार्जङ– स्यूरी– गाम– गुम–निशी हुँदै बुर्तिबाङ मध्य पहाडी लोक मार्ग जोड्ने बाटोको योजना सम्पन्न गरिनेछ । सुलिचौर–जैमाकसला– पोबाङ– सेरम– गाम हुँदै ढोरपाटन जोड्ने फाष्ट ट्रयाकको काम सम्पन्न गरिनेछ । सेवार– तल्लो गुम्चाल– हार्जङ हुँदै स्यूरी जोड्ने मोटर बाटो सम्पन्न गरिनेछ । सुलिचौर– कसला– फुलिवन सडक र सुलिचौर– सालघारी– जेल्बाङ सडक कालो पत्रे गर्ने पहल गरिनेछ । सुलिचौर–बडाचौर–गुम्चाल– हार्जाङ– गाम सडक ग्राइबलको पहल समेत गरिनेछ । चर्लाउने खोला, सेरममुनी लुङ्ग्री खोला, गाम खोला, भित्री गाम खोला गरी ४ ओटा ठाउँमा मोटर पुल निर्माण गरिनेछ । गाउँपालिका भित्रका विभिन्न ठाउँमा गरी कम्ती ७ ओटा झोलुङ्गे पुलको निर्माणको पहल गरिनेछ । सुनछहरी झरना, स्यूरी घोगा, गामको गोङबाङ, बिबाङ दह, गर्जाबाङ, सैन्य तालिम केन्द्र, पाङबाङ दह, सेरम गोङ, सिरक्याङ, जैमाजा भिर, झङकी धारा, बुजु धुरी, बाछे आडार, सुनिफुलुप, दहबाङ, गुलफु, जलजला, बाँडे गरखन, थर्न खोला, ओसरेनी, लाल भञ्ज्याङ, कोबाङ, जेल्बाङ, दोडेघारी हुुँर्दै हाम्जासम्मको एतिहासिक पर्यटकीय, धार्मिक, मुख्य भिडन्त भएको स्थल, प्रशिक्षण तथा हतियार निर्माण स्थल, सामूहिक हत्याकाण्ड, शहीद स्मृति चौपारी आदी युद्वका दोव तथा पाठशालाहरूको संरक्षण र अवलोकन गर्न सकिने गरी गुरिलला पदमार्गको आवश्यक सर्वे गरी निर्माणको पहल गरिनेछ ।
शिक्षा नीतिः–
आधारभूत तहको शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाइनेछ । कुनै पनि बालबालिकाहरूलाई शिक्षाको उज्यालोबाट बञ्चित नहुने गरी सर्वसुलभ शिक्षाको ग्यारेन्टी गरिनेछ । धनिलाई झन धनि र गरीवलाई झन गरीव बनाउने नीजि शिक्षालाई निरूसाहित गरिनेछ । अनौपचारिक शैक्षिक अभियान मार्फत अनपद प्रोद उमेर समूहलाई पूर्ण साक्षर बनाउने पहल गरिनेछ । हाल चलिरहेको माध्यमिक तहको विद्यालयहरूलाई यथास्थानमै माध्यमिक तह स्थायी स्वीकृति दिलाउने शिघ्र पहल गरिनेछ । हाल सञ्चालित शिशु तथा प्राथमिक तहका नीजि स्रोतका कक्षाहरूका लागि आवश्यक अनुदान उपलब्ध गराइनेछ, साथै दरबन्दीको पहल पनि गरिनेछ । पाँच वर्ष भित्रमा जसरी पनि गाउँपालिका भित्र एक क्याम्पस र एक प्राविधिक विद्यालयको पहल गरिनेछ । प्रत्येक माध्यमिक विद्यालयहरूमा आनिवार्य कम्यूटर र इन्टरनेटको व्यवस्था गरिनेछ । निम्न माध्यमिक विद्यालय तहमा अनिवार्य नैतिक शिक्षाको व्यवस्था गरिनेछ । कुनै पनि विद्यालय क्षेत्रबाट कम्तीमा ५ सय मिटर वरपर मदिरापान तथा धुम्रपान र जुवातास जस्ता विकृती जन्य वस्तुको बेच बिखन र सेवन गर्न नपाईने नीति तर्जुमा गरिनेछ । विद्यालयलाई राजनैतिक हस्तक्षेपमुक्त गराई शैक्षिक स्तर वृद्धिमा अत्याधिक जोड दिइनेछ ।
स्वास्थ्य नीतिः–
प्रत्येक स्वास्थ्य चौकी मार्फत वडाका जनताहरूलाई आधारभूत उपचार छिटो छरिटो साथै निःशुल्क बनाईनेछ । टोल–टोलमा स्वास्थ्य स्वयम सेवीकाहरू मार्फत व्यापक स्वास्थ्य सचेतना अभियान चलाईनेछ । गाउँपालिकाका सबै गाउँपालिकाबासीलाई कुनै रोग लाग्न नदिन पूर्ण सतर्कता बढाइनेछ । गाउँपालिका भित्र एक प्रस्तुती सेवा सहितको अस्पतालको पहल गरिनेछ । साथै गाउँपालिकामा एम्बुलेन्सको व्यवस्था गरी कुनै पनि मानिसलाई अकालमै मृत्युबाट बचाउन पहल गरिनेछ ।
व्यापार तथा उद्योग नीतिः–
पोबाङ, जेल्बाङ, फुलिवन, बाहिरी गाम आदी ठाउँलाई ग्रामीण व्यापारिक केन्द्रका रूपमा विकास र विस्तार गरिनेछ । कम्तीमा वर्षमा गाउँपालिकाको ३ ठाउँमा एक÷एक पटक कृषि मेलाको आयोजना गरी स्थानीय कृषि उत्पादनको प्रर्दशन, प्रर्वद्वन र प्रचार–प्रसार गर्ने व्यवस्थाको पहल गरिनेछ । हरेक व्यापार व्यवसायिलाई एकरूपटामा परिचालन गर्न आवश्यक नीति बनाईनेछ ।
जडिबुटी प्रशोधन उद्योग, चिउरी प्रशोधन मिल, बेसार तथा अदुवा र अलैंची ड्राई मेसिनको व्यस्था गरिनेछ । यसरी यहाँको उत्पाडित बस्तुहरूलाई प्रशोधन र प्याकिङ गरी आन्तरिक तथा बाह्य बजारमा पठाई सुनछहरी गाउँपालिकाको आर्थिकवृद्धि गरिनेछ । फलाम प्रशोधन उद्योगको आवश्यक अध्ययन गरी सञ्चालनको पहल गरिनेछ । वडामा लघु उद्यमीहरूलाई औद्योगिक क्षेत्रमा आवश्यक सहयोग दिएर उद्यमीहरूलाई व्यवसायीमा प्रोत्साहित गरिनेछ । जसको लागि आवश्यक नीति बनाईने छ ।
सहकारी नीतिः–
वैज्ञनिक समाजवाद सहकारी नीतिमा आधारित भई प्रत्येक वडाहरूमा एक÷एक सहकारी, प्रत्येक टोल–टोलमा एक÷एक कृषि सहकारी वा कृषि समूह स्थापनाका लागि नीति तर्जुमा गरिनेछ । प्रत्येक वडामा कम्तीमा एक÷एक ओटा ऋण तथा वचत सहकारी सञ्चालनको पहल गरिनेछ । सहकारी क्षेत्रमा देखिएको विशुद्व नाफामुखी शोचको अन्त्य गरी सहकारीहरूलाई सेवामुखि बनाईनेछ । गाउँपालिकाको स्तरमा अनिवार्य एक ओटा सहकारी संघ स्थापना गरी सबै क्षेत्रको सहकारीहरूलाई निरीक्षण नियमन गर्ने व्यवस्था गरिनेछ । गाउँपालिका स्तरमा अनिवार्य एक ओटा कुनै सरकारी बैंक स्थापनाको पहल गरिनेछ । नीजि बैंकहरूलाइई आवश्यक मापदण्ड भित्र रही सेवा प्रदान गर्ने अनुमति दिइनेछ ।
उर्जा नीति–
गाउँपालिकामा आगामी पाँच वर्ष भित्र केन्द्रीय विद्युत प्रसारण लाईन, लघु जलविद्युत र सौर्य उर्जा मार्फत अँध्यारो रहित उज्यालो गाउँ टोल बनाइनेछ । लुङ्ग्री खोलाको विद्युत उत्पादन क्षमताको अध्ययन गरी मध्यम खालको हाइड्रो पावर निर्माण कार्यलाई अगाडी बढाइनेछ । यसो गर्दा उक्त विद्युत उत्पादनमा जनताको शेयर लगानिको सुनिश्चित गरिनेछ ।
सञ्चारः–
गाउँपालिकाको प्रत्येक बस्तिमा मोबाइल, इन्टरनेटको पहँुच पु¥याईनेछ । केवुल र डिसहोम मार्फत यी पहुँचमा सहजताको वैकल्पिक व्यवस्था गरिनेछ । छापाखाना र एफ.एम रेडियोको व्यवस्था गरिनेछ । जनताको आधिकारिक सूचनाको साधनको रूपमा प्रयोग हुँदै आएको हुलाक सेवालाई स्तर उन्नती गरिनेछ ।
कृषि तथा पशुपालन नीतिः–
यहाँको जीवन निर्वाहको मुख्य आधार नै कृषि हो । अतः परम्परागत निर्वाहमुखी उत्पादन प्रणालीलाई बदली व्यवसायिक र आधुनिक उत्पादन प्रणालीको लागि पहल गरिनेछ । भौगोलिक रूपमा जेल्बाङ, सेरम, गाम र स्यूरीलाई मकै, आलु, अल्लो, चुलठे अमिलो, अलैँची, सुन्तला आदीको पकेट क्षेत्रका रूपमा विकास गरिनेछ भने फगाम र जैमाकसलालाई मकै, अदुवा, बेसार, चिउरी र आँपको पकेट क्षेत्रको रूपमा विकास गरिनेछ । यसरी कृषि उत्पादनमा आधुनिक क्रान्ति मार्फत जनतालाई आत्मनिर्भर बनाईनेछ । अनावश्यक पशुपालन शैलिलाई हताई अति आवश्यक मात्रामा पशुपालन गर्ने र छाडा चौपाया नियन्त्रण गर्ने नीति लिइनेछ । जेल्बाङ, घुस्बाङ, र गाममा भेडा तथा बाख्राको व्यवसायिक फर्म सञ्चालनका लागि आश्यक पहल गरिनेछ । व्यवसायिक पशु फार्म मार्फत यस सुनछरही गाउँपालिकालाई मासु जन्य पदार्थमा आत्मनिर्भर बनाउन पहल गरिनेछ ।
वन तथा भू–संरक्षण नीति ः–
राष्ट्रिय वन र सामुदायिक वन व्यवस्थापन तथा संरक्षणका लागि आवश्यक नीति लिइनेछ । कुनै पनि बहानामा वन फडानी, आगजनी गर्ने कार्यलाई कडाई पूर्वक रोकिनेछ । हरेक नाङ्गो डाँडा पाखाहरूमा अभियानकै रूपमा व्यवस्थित वृक्षरोपन गरी आगामी पाँच वर्षमा हरियो सुनछहरी बनाइनेछ । राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा रहेका सयौँ प्रजातिका बहुमूल्य जडिबुटीको जथाभावी उत्खनन् कार्यलाई रोकी संरक्षण गरिनेछ । हरेक पाटी पौवा, भञ्ज्याङ, चौतारी तथा सार्वजनिक र धार्मिक स्थलमा वर पिपल र स्वामी जस्ता छहरी जन्य रूख रोपी पर्यावरणको संरक्षण गर्न मानिसहरूलाई प्रोत्साहित गरिनेछ । फगामको पहिरो, कसलाको पहिरो, मौलावन बाहिरी गाम, सेरम ठूलो गाउँ, फुलिवन झङ्की र जेल्बाङको खिबाङ, मोबाङ, मूलखर्क र बाघतरे पहिरोको उच्च जोखिममा रहेकोले भू–गर्भ विभागबाट अध्ययन गराई दीर्घकालीन रोकथामको यथाशिघ्र पहल गरिनेछ । बाढि पहिरो तथा भू–क्षय रोक्नका लागि छाडा चौपायाको नियन्त्रण र वृक्ष रोपन जस्ता वैकल्पिक उपायहरू पनि अवलम्बन गरिनेछ ।
खानेपानी तथा सिंचाईः–
पmगामको ठूलो गाउँ, कसलाको जुबाङ, राधुङमा तत्काल स्वच्छ खानेपानीको योजना अगाडी बढाउनुका साथै आगामी पाँच वर्षमा सुनछहरी गाउँपालिकाको कुनै पनि गाउँलाई स्वच्छ खानेपानीको समस्याबाटमुक्त गराई घर–घर धाराको व्यवस्था गरिनेछ । जेल्बाङ, फगाम, जैमाकसला र स्यूरीमा पक्की नहर मार्फत सिंचाई कुलोको सुविधा पु¥याइनेछ भने अन्य ठाउँहरूमा सरल थोपा सिंचाई मार्फत एक घर एक करेसाबारीको व्यवस्था गरी हरियो सागपात सहितको तकारीमा आत्मनिर्भर परिवार बनाईनेछ ।
पर्यटन नीतिः–
रोल्पा जिल्लाकै धार्मिक र राजनैतिक रूपले चर्चित तथा प्राकृति धरोहरका रूपमा चर्चित जलजला क्षेत्र, बिबाङ दह र पाइबाङ दह, जेठी, कान्छी कोठी भिर, सुनछहरी झरना, सेरमको जैमाजा भिर, बुजु धुरी जस्ता प्राकृतिक दृष्य अवलोकनलाई समत्ने गरी गुरिलला पदमार्ग मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्वन गर्ने व्यवस्था गरिनेछ । विभिन्न खानीहरूको अध्ययनलाई समेत पर्यटन प्रर्वद्वनको रूपमा लिइनेछ । दश वर्षिय महान जनयुद्वको क्रममा भएका ठूला–ठूला भिडन्त, सामूहिक हत्या काण्ड, शहीदका चिहानहरू, ध्वंश संरचनाका अवशेषहरू, शहीद स्मारक, शहीदका जीवनी आदी ऐतिहासिक प्रमाणहरूको संरक्षण र व्यवस्थित गरी युद्व पर्यटन गराउन आवश्यक पहल अगाडी बढाईनेछ ।
सामाजिक सुरक्षा नीतिः–
दश वर्षिय महान जनयुद्वका क्रममा शाहादत प्राप्त गरेका शहीद परिवार, वेपत्ता परिवारहरूको लागि राहात तथा भावी सन्ततिलाई शिक्षा, स्वास्थ्य र रोजगारीको समेत पहल गरिनेछ । घाइते, अपाङ्ग तथा बलत्कार लगायतका पीडिहरूलाई राहात तथा जीवन निर्वाहको लागि आवश्यक पहल गरिनेछ । उनीहरूको भावी सन्तानहरूलाई शिक्षा, स्वास्थ्यमा पूर्ण निःशुल्क गराउनुका साथै रोजगारीको पहिलो प्राथमिकता दिन पहल गरिनेछ । जन्मजात अपाङ्गता भएका व्यक्तिहरूका लागि जन्म दर्ता प्रमाण पत्रको आधारमा सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न पहल गरिनेछ । कुनै पनि दुर्घटना वा आकस्मिक रूपमा हुने डिप्रेशन, अङ्ग, भङ्ग आदी मानिसहरूको पूर्ण रूपमा निःशुल्क उपचारको व्यवस्था गरिनेछ । वृद्धा भत्ता, विदुवा÷एकल महिला भत्ता, अपाङ्ग भत्ता र विपन्न भत्ता जस्ता सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभाकारी बनाईनेछ । प्राकृतिक विपत्ति आगजनी जस्ता आकस्मिक विपत्तिहरूको तत्काल उद्वार र राहातको लागि विपत्त व्यवस्थापन कोष स्थापना गरिनेछ ।
धर्म र साँस्कृतिः–
गाउँ सभाबाट धर्म निरपेक्ष नीति अवलम्बन गरिनेछ । प्रत्येक मानिसलाई आफ्नो आस्था अनुसारको धर्म मान्य स्वतन्त्रता हुनेछ । तर धर्मको नामबाट शान्ति स्थिरता र समाजिक सद्भाव खलबलाउने खालको गतिविधि गर्न भने पाइने छैन । परम्परादेखि चल्दै आएको, जन्म, विवाह, वर्तबन्ध र मृत्यु जस्ता मानव सँस्कारमा अपनाउँदै आएको रीति रीवाजलाई अबलम्बन गर्न प्रत्येक मानिसलाई स्वतन्त्रता हुनेछ । ऐतिहासिक जातिय तथा सामाजिक लोक सँस्कृतिको संरक्षण एवम् जर्गेनाका लागि आवश्यक नीति बनाई अगाडी बढिनेछ । कतिपय सामाजिक मूल्य मान्यता विपरित अनेत्रबाट आयातित भत्किलो र खर्चलिो संस्कार संस्कृतिको आवश्यक नियन्त्रण गर्ने नीति लिइनेछ ।
यूवा नीतिः–
यूवाहरू नै समृद्धिको पहरेधार र भविष्यका कर्णधार हुन् । तसर्थ यूवा स्वरोजागार, यूवा सशक्तिकरण र सामाजिक चेतनाले जागृत गर्ने कामलाई प्राथमिकताका साथ अगाडी बढाइनेछ । सबै वडा र टोलका यूवाहरूलाई संरक्षण गर्नुका साथै सामाजिक अगुवाईको जिम्मेवारी सुम्पेर समाज सेवामा सहभागिता गराईनेछ । यूवाहरूलाई खेलकुद, मनोरञ्जन आदी काम मार्फत केन्द्रीकृत रूपमा परिचालन गरिनेछ । सम्पूर्ण यूवाहरूलाई समाजमा हुने समाजिक विकृति र विसङ्गतिका विरोधमा सङ्गठित रूपमा परिचालनका लागि गाउँपालिका स्तरमा एक यूवा सञ्जाल गठन गरिनेछ । उक्त सञ्जाल सम्पूर्ण क्लवहरूको गाउँपालिकामा आधिकारिक प्रतिनिधिका रूपमा मानिनेछ । यूवाहरूलाई गाउँपालिका भित्रका कुनै पनि सरकारी तथा गैर सरकारी संघ संस्थाहरूमा रोजगारीको निम्ती पहिलो प्राथमिकता दिईनेछ । विभिन सीपमूलक तालिमहरू जस्तै कृषि, पशु पालन, र लघु उद्यमी जस्ता कार्यमा युवाहरूलाई अवसर दिई वेरोजगार समस्याको हल गर्न पहल गरिनेछ । राजनीतिक दल र सामाजिक काममा यूवाहरूको प्रतिनिधित्व अनिवार्य सुनिश्चित गर्ने नीति लिईननेछ ।
खानी तथा जडिबुटी सम्बन्धीः–
प्राकृतिक सम्पदाको रूपमा रहेको फलाम, सुन, चाँडी जस्ता खानीहरूको विस्तृत अध्ययन र वैज्ञनिक उत्खननका लागि आवश्य पहल गरिनेछ । त्यसो गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिईनेछ भने सम्बन्धित ठाउँँँका स्थानीय जनताको अग्रधिकारलाई समेत सुनिश्चित गरिनेछ । प्राकृतिक जडिबुटी संरक्षण र नियमन गर्ने नीति लिइनेछ । साथै सुनछहरी गाउँपालिकालाई जडिबुटी भण्डारणको रूपमा विकसित गर्न विभिन्न जडिबुटीहरूको व्यवसायिक खेतीको व्यापक पहल गरिनेछ ।
समाजिक न्यायः–
न्यायको सम्पादनको कामलाई राजनैतिक रूपले विलकुल स्वतन्त्र र निष्पेक्ष बनाईनेछ । कुनै पनि नागरिकलाई सर्वसुलभ र सहज न्यायको व्यवस्था गरिनेछ । आपसी समाजदारीमा गरिने स्थानीय न्याय प्रणालीलाई समेत अनौपचारिक न्यायलयको रूपमा लिई साना तिना झै झगडालाई गाउँमै मिलाउने पहल गरिनेछ । कानुनको दृष्टिले कुनै पनि आपराधिक कामलाई छुत दिइने छैन । हाड नाताकरणी, जवरजस्तिकरण्ीा, भान्जी नाताकरणी, बाल विवाह, बहु विवाह र अनमेल विवाह जस्ता सामाजिक अपराधलाई नियन्त्रण गर्न कडा कानुन बनाई लागू गरिनेछ । २१ औं शताब्दिमा पनि कायम छुवाछुत प्रथाको पूर्ण अन्त्य गरी छुवाछुतमुक्त गाउँपालिका बनाईनेछ । समाजको बढ्दो विकृतिलाई रोक्नका लागि निश्चित उमेर समूहका यूवा यूवतिहरूमा मदिरापान तथा धुम्रपान सम्बन्धी विशेष नीति बनाईनेछ । । त्यसैगरी जुवा ताँस जस्ता विकृतिलाइई तत्काल रोकिनेछ ।
जनउत्तरदायी प्रशासनः–
कुनै पनि सरकारी कार्यालयबाट १०–४ को सेवा प्रवाहलाई प्रभाकारी बनाईनेछ । आज सदुरमुकाम केन्द्रीत सबै वडाका सचिवहरूलाई तत्काल वडा कार्यालयमा ल्याई कार्य सम्पदान गर्न पहल गरिनेछ । घुष लिने र दिने दुबै भ्रष्टचारी हुन भन्ने मान्यतामा आधारित रहेर घुष प्रथाको अन्त्य गरी भ्रष्टचार रहीत गाउँपालिका बनाईनेछ ।
भाषाः–
विशेष गरेर यस गाउँपालिकामा जनताले बोल्ने मुख्य भाषाको रूपमा रहेको मगर खाम भाषाको संरक्षण गरिनेछ भने अन्य गुरूङ र खस भाषालाई सम्मान र संरक्षण गरिनेछ ।
शहीद तथा वेपत्ता सम्बन्धी नीतिः–
यस गाउँपालिकाको १ सय ८५ जना शहीदहरूको भावी सन्ततिहरूको सुनिश्चित भविष्यलाई ध्यानमा राख्दै एक शहीद प्रतिष्ठन गठन गरिनेछ ।
स्थायी शान्तीको पहलः–
जान वा अञ्जानमा दश वर्षिय जनयुद्वको क्रममा सरकारी पक्ष र विद्रोही पक्षका बिचमा यहाँका धेरै मानिसहरूको ज्यान गएको छ । साथै अङ्ग भङ्ग र यातना पीडित भएका छन् । केही विस्थापित भएका छन् । तर उही किसान वर्गको बिचमा यो क्षेती तथा दुरदशा भएको छ । तसर्थ विगतको घट्नालाई इतिहासको एक कालखण्डको रूपमा स्वीकार्दै अबका दिनमा उनै किसान–किसानको बिचमा आपसी मेलमिलाप गरी विगतलाई बिर्सने र आगामी सन्ततिहरूको सुन्दर भविष्य निर्माण गर्ने उद्वेशय लिएर सबै–सबै मिलेर बस्ने वातावरण निर्माणका लागि आवश्यक पहल गरिनेछ । आगामी पाँच वर्ष भित्र द्वन्द्वको पीडालाई मेटाई सक्ने स्प्रिडमा शान्ति तथा मेलमिलाप सम्बन्धी व्यवहारिक कामलाई नीतिगत रूपमा अगाडी बढाउनेछ ।
आदरनिय जनसमुदायहरू हजारौंको वलिदान, त्याग, तपस्या र वीरताबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी र आरक्षण जस्ता जनयुद्वका उपलब्धी माथि टेकेर सर्वहारा वर्गिय वैज्ञनिक समाजवाद स्थापनाका खातिर हाम्रो गौरवशाली पार्टी ने.क.पा (माओवादी केन्द्र) निरन्तर अगाडी बढ्नेछ । नेपाली समाजमा वर्गिय विभेदको अन्त्य नगर्दासम्म गरीव किसान, महिला, आदिबासी जनजाति र दलितहरूको पूर्णमुक्ति असम्भव छ । अतः ने.क.पा (माओवादी केन्द्र) तपाई आदरनिय जनसमुदायकै साथ र सहयोगमा आगामी पाँच वर्षमा जनताको सामाजिक विकास आर्थिक उन्नती कम्यूनिष्ट विचार र सिद्वान्तमा विकास, जनताको सङ्गठित शक्तिको बलियो किल्ला बनाई सत्ताको हिसाबले एक समृद्ध तथा आधुनिक र आत्मनिर्भर गाउँपालिका बनाउने छौं भने विचार सिद्वान्तका हिसाबले सम्पूर्ण जनसुमदायलाई सर्वहारा वर्गिय दर्शनले एक मोडेलयुक्त सर्वहारा समाजवादको इकाईको रूपमा सुनछहरी गाउँपालिकालाई विकास गरिनेछ ।
नाराहरू
१. गाउँ नगर, घर घर जाऔँ
माओवादी केन्द लाई विजय गराऔँ ।
२. माओवादी केन्द्रको उपहार
गाउँ नगरमा सिंहदरबार ।
३. अमूल्य जनमत माओवादी केन्द्रलाई
किसान मजदुरको हुन्छ मलाई ।
४. गाउँ घरमा सबैले सल्लाह गरौँ
माओवादी केन्द्रलाई विजय गराऔँ ।
५. गोलाकार भित्रको हँसिया हथौडामा मतदान गरौँ
माओवादी केन्द्रलाई बहुमतले विजय गराऔं ।
६. वीर शहीदहरू– लालसलाम ।
७. ने.क.पा (माओवादी केन्द्र) –जिन्दावाद ।
८. सम्पूर्ण किसानहरू एक होऔँ
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ ।
९. बिचार र भावनामा एक होऔँ
आत्मनिर्भर र समृद्धि सुनछहरी बनाऔँ ।
१०. सम्पूर्ण यूवाहरू एक जुट हऔँ
राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ ।
११. योङ्ग कम्यूनिष्ट लिग ‘थ्ऋी’ –जिन्दावाद ।
१२. किसान, महिला, र यूवाहरूमा हाम्रो सम्मान
१३. छुवाछुत र विभेदमुक्त सुनछहरी हाम्रो सान ।
१४. संघीय लोकतान्त्रिक गणतन्त्र– जिन्दावाद ।

ने.क.पा (माओवादी केन्द्र) सुनछहरी गाउँपालिका
चुनाव प्रचार– प्रसार समिति रोल्पा

You may also like