रोल्पामा पहिरोले पुरिएर १४ वर्षिय वालकको मृत्यु

रोल्पा समाचारदाता
भाद्र १९ पुलिबन सेरम–रोल्पा

पहिरोले पुरिएर सुनछहरी गाउँपालिका १ सेरम पुलिवन रोल्पामा एक वालकको मृत्यु भएको हो । सुनछहरी गाउँपालिका सेरम १ पुलिबन निवासी पृथ घर्तीको १४ वर्षिय छोरा सुक घर्तीमगरको पहिरोले च्यापेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङका अनुसार घटना भाद्र १८ गते विहान ५ बजेतिर तिजको रमाइलो हेरेर घर फर्किदै गर्दा भएको च्यापिएको र प्रहरी र स्थानीयबासीहरुले उद्धार गरेको बताउनुभयो । प्रहरीका अनुसार पुलिबनको र सिरक्याङभीरको बीचको खोलाको पहिरोले हिडिरहेको बेलामा च्यापेर मृत्यु भएको बताएको छ । यसैगरी स्थानीय बासी सिरमाया घर्तीका अनुसार पहिले पनि निरन्तर पहिरो आउने गरेको घन्टीखोलाको पहिलोले पुरेर मृत्यु भएका बताउनुभयो । मृतक वालकलाई पोष्ट मार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लिए पनि डाक्टर नभएपछि पोष्टमार्टका लागि १८ गते राती नै रोल्पा अस्पताल रेउघामा लिइएको जानकारी जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख चित्रबहादुर गुरुङले बताउनुभयो ।
त्यस क्षेत्रमा अझै ध्यान दिन सकेमा अन्यको पनि पैदलयात्रीहरुको पनि मृत्यु हुन सक्ने पत्रकार हर्क घर्तीमगरले बताउनुभएको छ । यस्ता घटनाबाट सचेत सहन जिल्ला दैवी प्रकोप उद्धार राहत समितिले स्मरण गराउँदै आएको छ । यस विषयमा गाउँपालिकाले तत्काल राहत उपलब्ध गराउने र पीडितलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता सुनछहरी गाउँपालिका उपाध्यक्ष पवित्रा घर्तीमगरले बताउनुभयो ।

 

You may also like