कास्कीमा सातौ कोरोना संक्रमित फेला

रोल्पा समाचारदाता
चैत्र २१ रोल्पा

नेपालमा कोरोनाका सातौं संक्रमित कास्कीमा पहिचान भएको छ ।

 

कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।

अहिलेसम्म फेला परेका ६ जना संक्रमित तेस्रो मुलुकबाट आएका थिए । अहिले भारतबाट आएका व्यक्तिमा पनि कोरोनाको संक्रमण भेटिएपछि नेपालमा थप जोखिम देखिएको छ ।

बिहीबार मात्रै बागलुङकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको थियो। उनी नेपालमा कोरोना भेटिने छैटौं व्यक्ति थिइन्।

कोरोनाको संक्रमित भेटिदै जादाँ नेपालमा पनि यसको असर गम्भिर रुपमा हुन सक्ने भन्दै लक दाउनलाई पूर्ण पालना गरी सुरक्षित रहन नेपाल सरकारले सबैमा आह्वान गर्दै आएको छ ।

You may also like