विपदमा सञ्चार विषय अन्तर संवाद

विपदमा सञ्चार  विषय अन्तर संवाद
असार २ गते
लिबाङ–रोल्पा


विपद्मा सञ्चार विषय अन्तर सम्वाद कार्यक्रम रोल्पा नगरपालिका कार्यालय रोल्पाको प्रमुख पुर्ण के.सी.को प्रमुख आतिथ्यतामा आज लिबाङमा सम्पन्न भएको छ । विपद्मा सञ्चारमाध्य र पत्रकारको भूमिकामा सक्रिय बन्न थप प्रोत्साहित गरेको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि एवं रोल्पा नगरपालिका कार्यालय रोल्पाको प्रमुख पुर्ण के.सी.ले भन्नुभयो,‘नोबेल कोरोना भाइरस (कोभिड–१९) सहित अन्य प्राकृति विपद्मा सञ्चारमाध्यम र पत्रकारहरुको सक्रिय भूमिका निर्वाह गरेका छन् । यो भूमिकालाई न्यूनिकरण गर्न सकिँदैन । सम्पूर्ण सञ्चारमाध्यामको संरक्षण प्रर्वद्वनको जिम्मेवारी स्थानीय सरकारको जिम्मेवारी छ । आगामी दिनमा यस जिल्लाका दशै ओटै स्थानियतहले सोच्नु पर्ने विषय हो । यि सबै स्थानीयतहरुले सञ्चार क्षेत्रमा वजेट विनियोजिटको वातावरण सिर्जना भएमा संरक्षण प्रर्वद्वनमा थप सहयोग पुग्छ । विगतदेखिको एकात्मक राज्य प्रणालीबाट संघीय राज्य प्रणली लागू भएको अवस्थामा सञ्चारमाध्यममा सञ्चारमाध्यमहरूले पनि संघीयता अनुरूप भूमिकामा सक्रिय बन्नु पर्छ । नगरपालिकाले सञ्चारमाध्यमको संरक्षण र प्रर्वद्वनमा ध्यान दिँदै आएको छ भने आगामी दिनमा पनि यस कुरालाई विशेष प्राथमिकतामा राख्छ । सम्वेदनशिल अवस्थामा
सम्वेदनशिल जिम्मेवारी निर्वाह नगर्दा विशेष घट्नाहरु पनि घट्ने गरेका छन् । त्यसैले अवस्थामा अनुसार सञ्चामाध्य र पत्रकारहरुले जिम्मेवारीपूर्ण भूमिमा ध्यान पु¥याउन आवश्यक छ ।’
कार्यक्रममा विपद्मा सञ्चारमाध्यमको भूमिका, अवस्था, चुनौती र आगामी नीति सम्बन्धि नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगी, यस शाखाको पूर्व अध्यक्ष खेमबहादु बुढामगर, यस शाखाको पाँचौ जिल्ला अधिवेशन पहिलो कार्यकाल अध्यक्ष एवं रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको प्रकाशक÷सम्पादक तथा साप्ताहिक पत्रिका सञ्जाल रोल्पाको अध्यक्ष मानसिंह विश्वकर्मा, विपद् अनलाइनको भूमिका, अवस्था, चुनौती, आगामी नीति सम्बन्धि मिनराज रोकाले धारणा प्रस्तुत गर्नुभएको थियो । सदरमुकाम लिबाङमा सञ्चालिमा सञ्चालित सामुदायिक रेडियो, सप्ताहिक पत्रिका र अनलाइन र राष्ट्रिय स्तरमा कार्यरत पत्रकारहरुको सहभगिता थियो । कार्यक्रममा सहभागि पत्रकारहरुले विपद्को समयमा सञ्चारमाध्यहरुले निर्वाह गरेको भूमिकाको समीक्षा सहित आगामी दिनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने जोड थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष देवि कुमारी गुरुङले सञ्चालन गर्नुभएको थियो ।

You may also like