सबैको सहकार्यमा दादुरा–रुबेला खोप अभियान सफल पार्न पर्दछः खोप फोकल पर्सन नोखराज पोख्रोल

नाेखराज पाेख्रेल 

खाेप अभियान फाेसकल पर्सन 

रोल्पा जिल्ला खोपयुक्त जिल्ला घोषणा भई सकेको छ । तर, अध्ययनबाट यस जिल्लामा यस रोगको संक्रमित बालबालिकाहरु भेटिएका छन् । सोही अनुसार यस जिल्लामा ‘दादुरा–रुबेला खोप अभियान २०७६÷२०७७’ अन्तर्गत पहिलो चरणको खोप अभियान ४ गतेदेखि सञ्चालन भएको छ । खोप सञ्चालन गर्नुको उद्वेश्य, खोपको लगाए पश्चात् देखिने लक्षणहरु सहित अन्य विषयवस्तुमा यस जिल्लाको खोप फोकल पर्सन नोखराज पोख्रेलसँग रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको काराकानी प्रस्तुत गरिएको छ
१. हजुरलाई पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
धन्यवाद ।
२. जिल्लामा याे अभियान कसरी सञ्चालन हुँदै छ ?
यस जिल्लामा पहिलो चरणको अभियान ४ गतेदेखि सबै वडा र गाउँपालिकाहरुमा दादुरु–रुबेला खोप अभियान सञ्चालन हुँदै छ । यस अभियानमा ९ महिनादेखि ५ वर्ष मुनीका सम्पूर्ण बालबालिकाहरुलाई दादुरा–रुबेला रोग विरुद्ध खोप लगाइन्छ । त्यसैले आ–आफ्ना बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा लगेर नछुटाई दादुरा–रुबेला खोप लगाउने व्यवस्था छ । सोही अुनसार पहिलो चरणमा गाउँपालिकाको सुनिल स्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, माडी गाउँपालिका र परिवर्तन गाउँपालिका अन्तर्गतका खोप केन्द्रहरु आजदेखि मिति २०७६ साल फागुन महिनाको १२ गतेसम्म सञ्चालन हुँदै छ । भने दोस्रो चरण अन्तर्गत रोेल्पा नगरपालिका, रुन्टीगढी गाउँपालिका, त्रिवेणी गाउँपालिका, गंगादेव गाउँपालिका र थबाङ गाउँपालिका अन्तर्गतका खोप केन्द्रहरुमा २०७६ साल फागुन महिनाको १९ गतेदेखि २७ गतेसम्म सञ्चालन हुँदै छ ।
३. दादुरा रुबेला रोग सम्बन्धि बताइदिनुहोस्, न ?
दादुरा अति छिटो सर्ने रोग हो, जुन मिजल्स भाईसरको कारणबाट हुन्छ । साथै रुबेला पनि भाईरस (रुबेला) के कारणबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोगहरु सामान्यतया ५ वर्ष मुनिका बालबालिकाहरुमा धेरै लाग्छ । यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरु हुनुका साथै मृत्यु समेत गराउन सक्छ । रुबेला रोगको असरहरु दादुरा रोगभन्दा सामान्य प्रकारको हुन्छ । तर, गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्क देखा पर्न सक्दछन् । बाल मृत्युको कारणमध्ये एक प्रमुख कारण दादुरा रोग पनि एक हो ।
४. सम्भावित विकलाङ्गता भनेको हो ?
गर्भावस्थाको पहिलो ३ महिनाको रुबेलाको संक्रमण भएमा गर्भमा भएको बच्चामा गम्भिर असर भई बच्चा जन्मदै विभिन्न प्रकारका विकृतिहरुको हुन सक्छन्, जसलाई बन्जेनाईटल रुबेला सिन्ड्रोम भनिन्छ । यस्तो अवस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, मृत बच्चा जन्मने वा जन्मदै, कान नसुन्ने, आँखा नदेख्ने, मुटुमा गम्भिर असर हुने, मानसिक विकासमा अवरोध हुने, कलेजो, फियो आदी असर हुने हुन्छन् । यदी महिलाले आफू बच्चा हुँदा खोप नलगाएको भएमा गर्भावस्थामा रुबेला संक्रमण हुन सक्ने वा खोप नलगाएको बच्चामा रुबेला संक्रमण भयो, भने उसको सम्पर्कमा रहेको गर्भवती महिलालाई रुबेला रोग लाग्न सक्छ ।
५. यो रोगबाट कसरी संक्रमित हुन्छन् ?
दादुरा– रुबेलाको भाईरस मानिसमा मात्र सर्दछ । यो संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र स्वास नली एवम् अन्य भित्रि अंगहरुमा संक्रमण भएको व्यक्तिले खोकदा, हाछिउ गर्दा निस्कने छिटा, एक व्यक्तिबाट अर्काे व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।
६. यो रोगको लक्षणहरु के–के हुन् ?
ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्नु दादुर–रुबेला रोगको प्रमुख लक्षणहरु हुन् । यसको साथै रुघाखोकीको लक्षणहरु नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुनु, आँखा पाक्ने आदी लक्षणहरु देख्न सकिन्छ । रोगी सम्पर्कमा आएको १०–१२ दिनपछि मात्र दादुराको लक्षण देखा पर्दछ । भने १२ देखि २३ दिनपछि रुबेलाको लक्षण देखा पर्दछ । दादुरा संक्रमिक व्यक्तिलाई डावर र विमीरा देखा पर्नुभन्दा ४ दिन अगाडिदेखि डाबर देखा परेको ४ दिनपछिसम्म अर्काे व्यक्तिमा सर्न सक्छ । रुबेलाको हकमा विमीरा देखा पर्नुभन्दा ७ दिन अधिदेखि ५ दिनपछिसम्म देखा पर्न सक्छ । ऋच्क् भएको बच्चाले १२ महिनाको उमेरसम्म सबैलाई रुबेला सार्न सक्छ ।
७. रोगबाट सक्रमित पश्चात् कस्ता समस्या आउछन् ?
दादुरा रोगबाट सक्रमित पश्चात् निम्न अनुसारको समस्याहरु हुन्छन्, जसमा आँखाको अन्धोपन, पखला लाग्ने, कानको संक्रमण, निमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण, कम्पन जस्ता जटिलताको करणले मृत्यु समेत हुन सक्छ । भने रुबेला रोगबाट संक्रमित पश्चात् हाड जोर्नीहरु सुन्निे वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन हुने वा मृत शिशुको जन्मने, जन्मदै हुने विकलाङ्ग (ऋच्क् –अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति आदी) र रगत जम्ने क्षमतामा कमीको जटिलताको कारण मृत्यु समेन समेत हुन सक्छ ।
८. यस रोगको उपचारको सम्भव छ ?
दादुरा–रुबेला रोग लागेपछि यसको खास उपचार छैन । तर, यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन विरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार जटिलताको उपचार गर्नु पर्दछ । साथै विरामीलाई “भिटामिन ए” अनिवार्य रुपमा खुवाउनु पर्दछ । दादुरा–रुबेला रोगबाट बच्ने एक मात्र उपाय दादुरा–रुबेला विरुद्धको खोप लिनु नै हो । त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ महिना र १ एक वर्ष ३ महिनाको उमेरमा दादुरा–रुबेला खोप दुई पटक लगाउनु पर्दछ । साथै अभियानमा समेत सबै बालबालिकाहरुलाई अनिवार्य रुपमा दादुुरा–रुबेला खोप लगाउनु पर्दछ ।
९. यस रोगको निवारणको उपाय के हो ?
यो रोगबाट बच्न एक मात्र उपाय बालबालिकालाई निर्धारित उमेरमा खोप दिनु नै हो । यदी सबै बालबालिकालाई ९ महिना र १ वर्ष ३ महिनामा गुणस्तरीय दादुरा–रुबेला खोपा दुई पटक दिएमा यो रोग पूर्ण रुपमा नियन्त्रण र निवारण गर्न सकिन्छ । दक्षिण एसियामा सन् २०२३ सम्म दादुरा–रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको साथै नेपाल सरकारले पनि सोही अनुसार सन् २०२३ सम्ममा दादुरा र रुबेला रोग निवारण गरी सबै बालबालिकाको स्वास्थ्य रक्षा गर्ने लक्ष्य राखेको छ । तसर्थ, नियमित खोप र यस अभियानमा समेत सबै बालबालिकालाई दादुरा–रुबेला खोप लगाउनु पर्दछ ।
१०. दादुरा–रुबेला खोप प्रभावकारी अवस्था कस्तो छ ?
दादुरा–रुबेला खोप अन्य खोप जस्तो सुरक्षित र प्रभावकारी खोप हो । यस खोप सहित अन्य खोपहरु विश्व स्वास्थ्य संगठनबाट गुणस्तरीय भएको प्रमाणिकरण भई नेपाल सरकारको राष्ट्रिय नियमन निकाय, स्वास्थ्य जनसंख्या मन्त्रालयमा दर्ता भएपछि मात्र उपलब्ध हुन्छन् । नेपाल सरकारबाट निःशुल्क उपलब्ध हुने यी खोपहरु सुरक्षित, गुणस्तरीय र प्रभावकारी छन् । खोपकै कारण हाल दादुरा र रुबेलाका रोगीहरुको संख्यामा उल्लेख्य कमी आउनुको साथै बाल मृत्युदर समेत उल्लेखनिय रुपमा घटेको छ ।
११. दादुरा–रुबेला खोप अभियान सञ्चालनको उद्वेश्य बताइदिनुहोस्, न ?
दादुरा–रुबेला रोग विरुद्ध उच्च क्षमता शक्ति विकास गरी यो रोगको निवारण गर्ने उद्वेश्यले यो रोगको जोखिममा रहेका बालबालिकालाई खोप प्रदान गर्न विशेष खोप कार्यक्रम रुपमा देशैभरि यो खोप अभियान सञ्चालन गरिएको हो । यो खोप अभियानमा यस अघि दादुरा–रुबेला खोप लिएका तथा नलिएका ९ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई खोप लगाईन्छ ।
१२. खोपबाट छुटेका बालबालिकालाई खोप दिँदा खोप पूरा हुन्छ ?
हो, दादुरा–रुबेला खोप पूराकै निम्ति यो अभियान सञ्चलन भएको हो । यस अघि दादुरा–रुबेलाको खोप लगाएको भएपनि यो अभियानमा दादुरा–रुबेला खोप थप १ मात्रा नछुटाई लगाउनु पर्दछ । तर, एक पटक खोप लिएको भएपनि विभिन्न कारणबाट खोप पूरा हुनबाट छुटेका बालबालिकालाई खोप पूरा गर्ने र खोपलाई नियमित पनि निरन्तरता दिनु नै यस अभियानको लक्ष्य हो । यसबाट बालबालिकामा दादुरा–रुबेला रोगबाट सुरक्षित हुन थप क्षमता शक्ति विकास हुन्छ र बालबालिकाहरु पूर्ण रुपमा यो रोगबाट सुरक्षित हुन्छन् ।
१३. खोप कुन–कुन स्थानमा उपलब्ध छ ?
अभियानको क्रममा सबैलाई पायक पर्ने स्थान, स्वास्थ्य संघ÷वडा भित्र खोप केन्द्र्रहरु स्थापना भएका छन् । अभियानको समय अवधिमा आफुलाई पायक पर्ने नजिकको खोप केन्द्रमा गई खोप लगाउन ९ महिना र १ वर्ष ३ महिनाका बालबालिका र खोप लिनका ५ वर्षमुनिका बालबालिकाका अभिभावकहरुलाई म हार्दिक अनुरोध गर्दछु ।
१४. अभियानको प्रचार प्रसारको अवस्था के छ ?
हो, यो अभियानलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगरको अध्यक्षतामा जिल्ला खोप समन्वय समिति, स्थानीयतहका प्रमुख÷अध्यक्ष, स्वास्थ्य कार्यालय रोल्पा, रोल्पा अस्पताल, स्थानीयतहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य चौकी÷उप स्वास्थ्य चौकी इञ्चार्ज, महिला स्वास्थ्य स्वयम सेवीका सहित अन्य विभिन्न सरोकारवा निकायहरु आवश्यक समन्वय सहकार्य गर्दै आएको छ । भने यो खोप अभियान अभिभावकसम्म पु¥याउनका लागि जिल्ला स्थितका सात ओट रेडियो र ४ ओटा साप्ताहिक पत्रिकामा सूचना प्रसारणलाई समेत विशेष प्राथमकिता दिएका छौं । साथै खोप प्रदानको निम्ति आवश्यक जनशक्तिलाई तालिमको व्यवस्था जस्ता अभियानसँग सम्बन्धित कार्यहरुलाई विशेष प्राथमिकता सहित अगाडि समितिले अगाडि बढाएको छ । यो अभियानमा खोप पूरा गर्न छुटेका र नियमित खोप निरन्तरमा सम्बन्धित बालबालिकाहरुले खोप प्राप्त गर्ने छन् । खोप प्राप्तको निम्ति ति अभिभावकहरुलाई पनि आफ्ना बालबालिकाहरुलाई निर्धारित खोप केन्द्रमा उपस्थिति बनाई सहयोगी भूमिकाको अपेक्षा व्यक्त गर्दछु ।
१५. खाेप पूरा हुँदा हुने फाइदा बताइदिनुहोस्, न ?
बालबालिकालाई निर्धारित समयका दादुरा–रुबेला खोप पूरा गर्नको निम्ति नै खोप अभियान सञ्चालन भएको हो । यो अभियानमा खोप लगाएता पनि नियमित खोपमा उपलब्ध हुने दादुरा–रुबेला खोप लगाएर ११ ओटा रोगको विरुद्धका खोपहरु १ वर्ष ३ महिनासम्म लगाउनै पर्दछ । केही गरी नियमित खोप छुटेमा पनि २ वर्ष भित्र पूरा गर्नै पर्दछ । यो अभियानमा दादुरा–रुबेला खोप लिएको बालबालिकालाई नियमित खोपमा दादुरा–रुबेला खोप दिन अभियानपछिको ४ हप्ताको अन्तरालमा मात्र दिनु पर्छ ।
१६. खोप लगाए पश्चात् कस्ता समस्या देखा पर्छन् ?
यो खोप नित्यान्त सुरक्षित र प्रभावकारी छ । विश्वको धेरै देशहरुमा यो खोप सञ्चालन भैरहेको छ । नेपालमा करीव ३५ वर्षदेखि नियमित खोपमा दादुरा खोप सञ्चालन भैरहेको छ । यस अधि ४ ओटा अभियान मार्फत ठूलो संख्यामा यो खोप दिई सकेको छ । यो खोप लगाएपछि अन्य खोप जस्तैः हल्का ज्वरो आउन सक्ने, सुई लगाएको ठाउँमा केही दुःख्ने र सुन्निन सक्ने, खोप लगाएको केही बालबालिकामा १ हप्तापछि दादुरा जस्तै विमीरा देखापर्न सक्ने, यि सामान्य असरहरु हुन् र आफै ठीक हुन्छन् । खोप लगाए पश्चात् बालबालिकामा अन्य समस्याहरु पनि देखापर्न सक्छन् । जुन खोपको कारण नभई अन्य कारणबाट भएका हुन सक्छन् । खोप पश्चात् बालबालिकालाई कुनै पनि समस्या भएमा तत्काल स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुसँग सम्पर्क गर्न म अभिभावकहरुलाई अनुरोध गर्दछु ।
१७. कुन–कुन अवस्थामा दादुरा–रुबेला खोप लाउनु हुँदैन ?
पहिला दादुरा–रुबेला खोप लगाउँदा गम्भिर प्रकारको असर देखा परेको भएमा, एड्सका लक्षणहरु देखा परेको भएमा, उच्च ज्वरो आएको वा सिकिस्त विरामी भएको बेलामा तर, विरामी ठीक भई सकेपछि यो खोप दिनु पर्दछ, प्रतिरोधात्मक शक्ति कम गराउने रोग वा उपचार र औषधी प्रयोग गरी रहेको अवस्थामा ।
सामान्य विरामी रुघाखोकी, कुपोषण आदी अवस्थामा खोप दिनु पर्दछ । तर, निम्न अवस्थामा भने यो खोप दिन हुँदैन ।
१८. अभिभावकको भूमिका बताइदिनुहोस्, न ?
यो अभियान पनि समुदायको महत्वपूर्ण भूमिका र जिम्मेवारी छ । समुदाय, टोल, वस्तीमा कही कुनै बालबालिका दादुरा–रुबेला खोप लगाउन छुट्यो । भने बालबालिकामा दादुरा–रुबेलाको संक्रमण हुने साथै समुदायमा समेत संक्रमण फैलन सक्छन् । त्यसैले यो अभियानमा कुनैपनि बालबालिका नछुटोओन् भनेर आफ्नो टोल, वस्ती र समुदायमा व्यापक प्रचार प्रसार गर्ने, खोपको महत्वप बारे जानकारी गराउने, खोप सञ्चालन दिने स्वयम सेवकको रुपमा सहयोग गर्ने, छुटेका बालबालिकाको पहिचान तथा खोजी गरी खोप दिलाउन सहयोग गर्ने आदी जस्ता महत्वपूर्ण जिम्मेवारी जनप्रतिनिधि बालबालिकालाई संक्रामक रोगहरुबाट सुरक्षित राख्न नियमित राख्न नियमित खोप कार्यक्रम समेत निरन्तर सहयोगी जस्ता महत्वपूर्ण भूमिकाको अपरिहार्यता छ ।
१९. अन्तमा केही छुटेका छन् ?
अन्तमा यस जिल्लामा सञ्चालित दादुरा–रुबेला खोप अभियान २०७६÷२०७७ सम्बन्धि धारणा पाठकसम्म पु¥याउन अवसर प्रदान गरेको यस पत्रिकाको सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्दछु । साथै पहिला चरणको अभियन सञ्चालनमा भएको हुँदा अभियानको समयवधिमा दादुरा–रुबेला खोप पूरा गर्न छुटेको र नियमित यसको खोप लगाउन बालबालिकाका अभिभावकहरुलाई निर्धारित खोप केन्द्रमा आफ्ना बालबालिकाहरुलाई पु¥याई खोप लगाउन हार्दिक अनुरोध गर्दछु । साथै यस अभियानलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला निकायहरुलाई आ–आफ्नो ठाउँबाट सहयोगी भूमिका अपेक्षा समेत व्यक्त गर्दछु ।

You may also like