मनिषा श्रीमानबाटै कुटिए ।

रोल्पा समाचारदाता
जेठ १४ भाबाङ


माडी ५ भाबाङमा एक महिला श्रीमानबाट कुटिएका छन् । भाबाङ कोटबाङ निवासी मनिषा ओली आफ्नै श्रीमान मोहन वलीबाट पीडित बनेका हुन् ।
भाबाङ कोटबाङ निवासी २७ वर्षिय मनिसा वली ५ गतेदेखि माइतमा बस्दै आएका छन् । श्रीमान मोहन वलीले आफू श्रीमतिलाई हानेर आफू काठमाण्डौँ तिर गएको पीडित मनिषा वलीले बताउनुभयो । आफूलाई दाउराले हानेको आफूलाई चोट लागेको बताउनुभयो । सो कुराका बारेमा आमा समूहमा न्याय माग्नका लागि आएपछि आफूहरुले वडा कार्यालय प्रहरी कार्यालयमा न्याय प्रदान गरी दिनका लागि निवेदन पेश गरेको सृजनशील स्वास्थ्य आमा समूह माडी ५ भाबाङ काजबाङका अध्यक्ष दिलमाया बुढामगरले बताउनुभयो । उहाँले वडा कार्यालयमा निवेदन दिएपनि अझै वडा अध्यक्षको समय नमिलेकोले छलफल हुन नसकेको बताउनुभयो ।
यस विषयमा वडा अध्यक्ष भरत बुढामगरले निवेदन आएको त्यसमा मोहन वलीलाई वोलाएर आपसी छलफलबाट पीडितलाई न्याय दिन बताउनुनभयो । उहाँले सबैको सहभागितमा छलफल गरी न्याय प्रदान गरेपछि पीडित मनिसा वलीले न्याय पाउने बताउनुभयो ।

You may also like