एक घर एक धारा निर्माण भएपछि रोल्पा न.पा. ७ का बजबाङबासीहर्सित

रोल्पा समाचार जेठ २२ लिबाङ


रोल्पा नगरपालिका ७ बजबाङबासी, जसले युगौदेखि कुवाको पानी खाई रहेका थिए, घन्टौ हिडेर पानी खाइ रहेको थिए, पशु र मानिसले एउटै कुलोको पानी पिउथे, ति गाउँबासीको कुनै सीमा नै रहेको छैन ।उनीहरुले जीनी फेरेको झै लागेको छ । रोल्पा नगरपालिकाले आर्थिक वर्ष अन्त्यतिर लाग्दै गर्दा आयोजनाका कामलाई पनि तिव्रता दिइएको छ । यसैक्रममा रोल्पा नगरपालिका वडा नंं ७ मा निर्माण सम्पन्न बजबाङ खानेपानीको आयोजनाको आईतबार अनुगमन गरेको छ । रोल्पा नगरपपालिकाका नगर प्रमुख मनकुमारी घर्तीमगरको नेतृत्वमा अनुगमन गरेको हो । गाउँमा एक घर एक धारा पहिलो पटक निर्माण भए खानेपानीको सहजरुपमा पाएपछि गाउँबासीहरु खुसी बनेका छन् ।
रोल्पा नगरपालिका वडा नं. ७ को वडा कार्यापालकाको बजेटमा करिव ७ लाखको लगानीमा एक घर एक धारा निर्माण गरिएको छ । सो गाउँमा करिव १२ घर धुरी रहेको बजबाङमा २०७० सालमा पहिलो पटक गाउँमा पानी धारा आर.आर.एन सँस्थाबाट खानेपानी लिइएको थियो । सो भन्दा पहिलो सो गाउँका मानिसहरुले पशुले खानेपानी नै मानिसहरुले खाने गरिरहेका थिए । आर.एन. रोल्पाका कार्यालय दिपक बोहरा र इन्जिनियर बेगम कुवरको नेतृत्वमा सम्पनन भएको सोही गाउँका समाजसेवी एवं नेपाल पत्रकार महासंघका अध्यक्ष मानसिंह विश्वकर्माले बताउनुभयो । सो बेलामा पानी गाउँमा लिनका लागि निकै कठिन भएको विश्वकर्माको भनाई छ ।


हाल रोल्पा नगरपालिकाको एक घर एक धारा निर्माण गर्ने लक्ष्य अनुसार बजबाङमा एक घर एक धारा निर्माण गरिएको रोल्पा नगरपालिका ७ का वडा अध्यक्ष गणसिंह पुनमगरले बताउनुभयो । रोल्पा नगरपालिका उपप्रमुख मनकुमारी घर्तीमगरले रोल्पा नगरपालिकाको साविक कोर्चाबाङका भुगोल घापा विकासको दृष्टिले पछि परेको नगरपालिकाको पश्चिम सिमा क्षेत्र भएकोले पनि प्राथमिकताका साथ सडक, खानेपानी लगायतको विषयमा प्राथमिकता दिएको बताउनुभयो । प्रमुख प्रशाकीय मोहन पौडेलले रोल्पा नगरपालिकालाई समृद्ध बनाउनको लागि विकट एवं दुर्गम गाउँको विकास गर्नुपर्ने बताउनुभयो ।
रोल्पा नगरपालिकामा सहभागी भएपछि सो भुगोलमा निम्रीदेखि चङलिङसम्मको भोटरबाटो, खानेपानी, विद्युत र विद्यालय तथा स्वाथ्य शहरी क्लिनिक निर्माण गरेको छ । गतसाल स्थानीयहरुको लगानीमा केमाकुर बजबाङहुँदै मिनाही जोड्ने सडक निर्माण कार्य थालनी गरी बजबाङ सम्म लगिएको भए पनि माडीगाँपालिकाले आफ्नो सिमाक्षेत्र जंङ्खोलासम्म लिई पु¥याएको छ भने अब रोल्पा नगरपालिकाले कहिले बाटो पुग्ला भन्ने चिन्तामा स्थानीयबासी रहेको कुरा सोही गाउँका अगुवा हिरा कुमारी पुनमगरले बताउनुभयो । विकासलाई अगाडि बढाउनको लागि सबै लागेको समाजसेवी आईतराम विश्वकर्माले बताउनुभयो ।
अनुगमनमा रोल्पा नगरपालिका नगर उपप्रमुख मनकुमारी घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, वडा अध्यक्ष गणसिंह पुनमगर, वडा न.. ७ का वडा सदस्य मकुमारी घर्तीमगर, रोल्पा नगरपालिका इन्जिनियर नुमप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा योजना शाखाका श्यामलाल केसी, सव आभोरयिर गेहेन्द्र गिरी, रोल्पा नगरपालिका वडा नं. ७ का सचिव जुनकुमारी बुढामगर, समाजसेवी आईतराम विश्वकर्मा लगायतको सहभागीता रहेको थियो ।
अनुगमनको क्रममा टोलीले मुहान, घर घरमा निर्माण धाराको अनगमुन गरेको थियो । समुदायले सिमित बजेटबाट पनि राम्रो काम सम्पन्न भएको प्रतिक्रिया दिएपछि उपभोक्ता समिति र समुदायले निकै खुशी भएको बजबाङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष हिरा घर्तीमगरले बताउनुभयो ।
एक घर घर धारा निर्माण भएपछि आफ्नो जीवनकालमा पहिलो पटक घरमै धारा देख्न पाएपछि निकै खुशी लागेको ७५ वर्षिय रुपशिला विश्वकर्माले बताउनुभयो । गाउँबासीहरु नगरपालिकाप्रति अभार प्रकट गरेका छन् । यस्तै गाउँमा पानी बनेपछि बुद्ध, बृद्धा, बालबालिका लगायतका मानिसहरुले निकै खुशी व्यक्त गर्दै जुनि फेरेको झै लागेको बताएका छन् । जहाँ अभावमा विकास दिएमा त्यसका गाउँका बासिन्दाले जुनि फेरेको झै मान्ने गाउँहरुमा नै विकासलाई बढी केन्द्रीत गर्दा नै राम्रो हुन्छ । त्यसैले पहुँचको आधारमा भन्दा आवश्यकताका आधारमा विकास योजना प्रदान गर्ने तिर सबैले ध्यान दिनुपर्दछ की ?

You may also like