पूर्व सभामुख कृष्णबहादुर महराको लिबाङमा भव्य स्वागत

२० गते फागुन
लिबाङ– रोल्पा ।


पूर्व सभामुख कृष्णबहादुर महरालाई आज लिबाङमा कार्यकर्ता, शुभचिन्तकहरुले गाजा बाजा सहित भव्य स्वागत गरेका छन् ।
उहाँले कोण सभालाई सम्बोधन गर्दै भन्नुभयो,‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको व्यवस्था ल्याउन महान जनयुद्वको समय र शान्ति प्रक्रियामा योगदान पु¥याएको थिए । आफु देश विदेशी सुनियोजित सड्यन्त्रका कारण ३ महिना जेल बस्नु परेको बताउँदै देशका स्वाधिनता, सतन्त्रताको रक्षाका लागि जस्तो सुकै त्याग गर्न पछि हत्दैन ।

मलाई देश विदेशको सड्यन्त्रपूर्वक जेल चलन भयो । तर, सम्मान अदालतबाट मलाई निर्दाेश प्रमाणित हुन तपाई मेरा शुभचिन्तकहरुको विजय भएको छ ।’ उहाँले भन्नुभयो,‘म यस जिल्लाबाट शिक्षा हासिल गरेँ, यस जिल्लामा नै शिक्षक जिम्मेवारी निर्वाह गरेको थिएँ ।

साथै आमुल परिवर्तनको निम्ति तत्कालीन ने.क.पा (माओवादी) नेतृत्व महान जयुद्वको समयमा यसै जिल्लाबाट महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको थिएँ । आगामी दिनमा यस जिल्लाको विकासको निम्ति प्रतिवद्व छु । सँधै म रोल्पालीको रहेको र अहिलेसम्म पनि रोल्पाली जनताहरु आफ्नै पक्षमा रहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

आफु २५ वर्ष पहिले आफ्नै घरमा बास बसेको स्मरण गर्दै लामो समयपछि आफु २–४ दिन आफ्नै घरमा रहने समेत सभालाई सम्बोधन गर्दै बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, रोल्पा नगरपालिका कार्यालय रोल्पाको नगर प्रमुख पुर्ण के.सी सहितको आतिथ्यता थियो ।

विजय ¥यालीमा महरालाई रोल्पाका शुभचिन्तक, राजनीतिज्ञ, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, आमा समूहहरु, स्थानीय यूवा समूह लगाएले झाँकी तथा सामाजिक भेष–भूषामा उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक लेखमणी खड्काले गर्नुभयो ।

You may also like