लुम्बिनी प्रदेशका चार विपक्षी दलले प्रदेश प्रमुखले संविधानको खिल्ली उडाएको निष्कर्ष


रोल्पा समाचारदाता
२५ जेठ

This image has an empty alt attribute; its file name is pardesh-ko-baithak.jpg


लुम्बिनी प्रदेशका चार दलले प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको रक्षा गर्नुको सत्तामा आफैले संविधानको उलंघन गर्दै मनपरी गरिरहेको आरोप लगाउँदै संयुक्त विज्ञप्ती जारी गरेका छन् । संविधानका पालक प्रदेश प्रमुख प्रमुखले नै संविधानको उल्घन गर्दै काम गरेको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवाादी केन्द्र), जसपा र राष्ट्रिय जनमोर्चाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो निष्कर्ष निकालेका हुन् ।
सो विज्ञप्तीमा प्रदेश प्रमुख जो कि संवैधानिक रुपमा प्रदेशको साझा अभिभावकको रुपमा भूमिका निर्वाह गर्ने पर्नेमा संविधानको धज्जी उठाउँदै उल्टो बाटो हिडेको संयुक्त विज्ञप्तीमा उल्लेख गरेको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्दिन खान, नेकपा (माओवादी) केन्द्र संसदीय प्रमुख तुलराम घर्तीमगर, जसपा संसदीय दलका नेता प्रमुख सचेतक पुर्मति ढेंगा, राष्ट्रिय जनमोर्चा संसदीय दलका प्रमुख सचेतक तारा जिसीले संयुक्त दस्ताखतमा विज्ञप्ती जारी गरेका हुन् । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीमगर मनमरी र संविधानको वर्खिलाप गर्नका लागि जो प्रयास भइरहेको त त्यो प्रसासका विरुद्धमा लाग्ने बताउनुभयो ।
सो विज्ञप्तीमा आफ्नो पदीय मर्यादा ख्याल गर्दै बजेट नलिनका लागि ध्यानाकर्षण गरिएको छ । गठबन्धनले लोकतान्त्रिक मान्यता, संविधानको मर्यादा ख्याल गरी अगाडि बढ्न आग्रह गरिएको छ ।

You may also like