हेल्थ केयर पत्रकार समाज रोल्पा गठन


रोल्पा समाचारदाता÷ भाद्र ७ लिबाङ


हेल्थ केयर पत्रकार समाजका केन्द्रीय महासचिव पदमराज जोसीको विशेष उपस्थितिमा सोमबार लिबाङमा भएको पत्रकारहरुको भेलाले माधवकुमार ओलीको अध्यक्षतामा ७ सदस्यीय हेल्थ केयर पत्रकार समाज रोल्पा गठन गरिएको हो ।

This image has an empty alt attribute; its file name is heltha-1024x683.jpg


भेलाले उपाध्यक्ष सुभद्रा रेग्मी, सचिव भरत नेपाली, कोषाध्यक्ष हिमानी खड्का, सदस्यमा रेशम विश्वकर्मा, रमेश डाँगी र दिपक पुननमगर रहनुभएको छ । स्वास्थ्य क्षेत्रमा व्यवस्थितरुपमा कलम चलाउनका लागि हेल्थ केयर पत्रकार समाजका केन्द्रीय महासचिव पदमराज जोशीले एउटा नेटवर्क निर्माण गरी अगाडि बढाउनु पर्ने बताउनुभयो । भेलालाई सम्बोधन गर्दै नवगठित हेल्थ केयर पत्रकार समाज रोल्पाका अध्यक्ष ओलीले रोल्पामा पत्रकारिताको विकासका क्रममा हेल्थ केयर पत्रकार समाजले नयाँ आयाम थपेको बताउनुभयो । ‘रोल्पा जस्तो जिल्लामा बिज्ञ पत्रकारिताको विकास हुन नसकेको अवस्थामा अब स्वास्थ्य बिदको पत्रकारिता सुरु भएकोछ’ अध्यक्ष ओलीले भने ‘अब जिल्लामा रहेको स्वास्थ्यसँग सम्बन्धि ज्वलन्त विषयवस्तुलाई पत्रकारिताको माध्यतबाट अगाडि बढाइने बताउनुभयो ।
यस्तै हेल्थ केयर पत्रकार समाजका केन्द्रीय महासचिव जोसीले समाचार लेख्ने मात्र नभएर आर्थिक अभाव र अन्य कुनै समस्याका कारा उपचारमा समस्या भएका व्यक्तिको उद्धार र उपचारमा समाजले सहयोग गर्ने बताउनुभयो । भेलाले समाजको पत्रकार महासंघका सँस्थापक सभापति काशीराम डाँगी, महासंघै पूर्व अध्यक्ष खेम बुढा, महासंघै निवर्तमान अध्यक्षद्वय महेश न्यौपाने, मानसिङ विक र अध्यक्ष नबीन लोचनमगरलाई राख्ने निर्णय समेत गरेको छ ।

You may also like