हेल्थ केयर पत्रकार समाज रोल्पा शाखा गठन

हेल्थ केयर पत्रकार समाज रोल्पा शाखा गठन

This image has an empty alt attribute; its file name is k2.jpg


७ भाद्र, रोल्पा ।
हेल्थ केयर पत्रकार समाज जिल्ला शाखा रोल्पा सोमबार लिबाङमा गठन भएको छ ।
समाजको अध्यक्षमा माधव कुमार ओली, उपाध्यक्ष शुभद्रा रेग्मी, सचिव भारत नेपाली, कोषाध्यक्ष हिमाली खड्का, सदस्यहरू रेशम बि.क, रमेश डाँगी, दिपक पुन चयन हुनुभएको छ । शाखाको पहिलो बठैकले शाखाको सल्लाकारमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बहादुर बुढामगर, निवर्तमान अध्यक्ष अध्यक्ष नविन लोचनमगरलाई चयन गरेको छ ।

This image has an empty alt attribute; its file name is k1-1.jpg

नव निर्वाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि हेल्थ केयर पत्रकार समाज केन्द्रीय महासचिव पदमराज जोशी, अतिथिहरु नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचनमगर, संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बहादुर बुढामगर, निवर्तमान अध्यक्ष महेश न्यौपाने, मानसिंह विश्वकर्मा, निवर्तमान उपाध्यक्ष देवी गुरुङ, पूर्व उपाध्यक्ष हीरा बहादुर घर्तीमगर, वर्तमान सचिव लोकेन्द्र चन्द लगायतका अतिथिहरुलले सफल कार्यकालको शुभकामना प्रदान गर्नुभएको थियो । शाखाका अध्यक्ष माधव कुमार ओलीको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव भरत नेपालीले गर्नुभएको थियो ।

You may also like