ग्लोबल आईएमई आकांक्षा छात्रावृत्ति वितरणको शिलसिलामा रोल्पामा आउनुभएका राप्ती अञ्चलन प्रमुख सोमलाल लिम्बु नेम्बाङसँग ग्लोबल आईएमई आकांक्षा छात्रावृत्ति, आईएमई्र एबथ लगायतको विषयबस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका प्रतिनिधिले गर्नुभएको कुराकानीको सार संक्षेप प्रस्तुत गरिएको छ ।


1 रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको तर्फबाट हार्दिक स्वागत गर्दै हजुरको परिचय बताइदिनका लागि हार्दिक अनुरोध गर्दछ ।

धन्यवाद रेशम सर । मेरा नाम सोमलाल लिम्बु नेम्बाङ । म आईएमईको राप्ती अञ्चल प्रमुख । साविकको मेची अञ्चल झापा जिल्ला हो भने अहिले विरतामोर नगरपालिकामा मेरो घर पर्दछ ।

2 हजुरको रोल्पा जिल्लामा कुन कार्यको शिलसिलामा आउनुभएको हो, नि ?
यसपालिकाको जिल्ला आउनुमा विशेष गरी दुई ओटा कार्यको शिलसिलामा यस जिल्लामा आएको हुँ । जसमा सर्वप्रथम आईएमई लिमेटिडले सञ्चालन गरेको ग्लोबल आईएमई आकांक्षा छात्रावृत्ति जुन छात्रावृत्ति अधिराज्यभरिका सामुायिक विद्यालयहरुमा अध्ययनरहत कक्षा १ देखि कक्षा ११ सम्म अध्ययन गरिरहेका विद्यार्थीहरुले अघिल्लो वर्ष पुष १ गतेदेखि माघ ३० गतेसम्म आवेदन दिएका विद्यार्थीहरुमध्ये १ सय जना विद्यार्थीहरु छनौट भएका थिए । राप्ती अञ्चलनमा चाही ११ जना विद्यार्थीहरुले ग्लोबल आईएमई आकांक्षा छात्रावृत्ति प्राप्त गर्न सफल भएका छन् । जसमध्ये रुकुममा ४ जना, दाङमा ४ जना, रोल्पामा १ जना, सल्यानमा १ जना र प्यूठानमा १ जना गरी ११ जना विद्यार्थीहरुले ग्लोबल आईएमई आकांक्षा छात्रावृत्ति प्राप्त गरेका छन् । ति छात्रावृत्ति वितरणको शिलसिलमा बाल कल्याण मा.वि. रोल्पा नगरपालिका लिबाङ्की छात्रा कक्षा ९ मा अध्ययनरहत छात्रा सम्झना रेग्मीलाई ग्लोबल आईएमई आकांक्षा छात्रावृत्तिको क्रममा म रोल्पामा आएको हुँ । साथै आईएमई लिमिटेडटले नयाँ एउटा प्रोडक लिएर आएको छ । जुन आईएमई्र एबथ भन्ने प्रोडक हो । यो आईएमई्र कम्पनीकै साहयक कम्पनीको आईएमई्र डिजटल भन्ने कम्पनीले सञ्चालन गरेको छ । यो आईएमई्र डिजटल कम्पनीले आईएमई एबथ लाईसेन्स नेपाल राष्ट्रिय बैंकबाट लिने पहिलो कम्पनी पनि हो । यो आईएमई एबथ सम्पूर्ण नेपालीहरुलाई मोबाइल एम्पसबाट क्यासलेस पैसारहित कारोबारो गर्न सहजता हुन्छ । जसरी हामी परम्परागत शैलीमा गोजीमा पैसा राखी बोक्ने प्रचलनमा भोग्नु परेको समस्यालाई मध्येनजर गर्दै समय सापेक्षिक, आधुनिक, वैज्ञानिक, डिजिटलको आधारमा मोबाइलमा एप्समा पैसा राखेर सबै प्रकारकाका लागि रकम भुक्तानी गर्न सकिन्छ । यो संस्था पहिलो लाइन्सेस प्राप्त डिजिटल आईएमई कम्पनी हो । यसको सव एजेनहरु विस्तारको निम्ति पनि यस जिल्लामा आएको हुँ ।
३. कुन–कुन लक्ष्यका साथ छात्रावृत्ति कार्यक्रम सञ्चालन भईरहेको छ ?
मुलतः आईएमई लिमिटेडले धेरै रिमिट्यान्सको काम गर्ने मात्रै होइन । कम्पनीको लक्ष्य अनुसार सामाजिक उत्तर दायित्वको कामलाई प्राथमिकताका साथ गर्छ । यो कम्पनीले विदैशिक रोजगारीको शिलसिलामा विदेशमा पुग्नुभएको नेपाली दाजुभाइ, दिदीबहिनीहरुले विदेशबाट रिमिट्यान्सबाट नेपालमा पैसा पठाउनु हुन्छ । यो त हामीले सहज रुपमा घरमा नै पु¥याइरहेका छौं । कम्पनीले रिमिट्यान्सको काम मात्र गर्दैनौ कि उहाँहरुलाई बचत गर्ने उपायहरु सिकाउँछौं । साथै विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गरी रहेका हुन्छौं । त्यसमा पनि यो विद्यार्थी भनेको राष्ट्रका भविष्यका खम्बा हुन् । आर्थिक विपन्न, जेहेन्दार विद्यार्थीहरु आर्थिककै कारण विद्यालय छोड्नु पर्ने अवस्थालाई अन्त्य गरी सक्षम, दक्ष नेपाली नागरिक बन्नबाट जेहेन्दार विद्यार्थीहरु बञ्चित हुन नपरोस् भन्नेर नै यो कार्यक्रम सञ्चालन गरेको हो । जेहेन्दार विपिन्न विद्यार्थीलाई थोरै भएपनि आर्थिक सहयोगले सक्षम, दक्ष जनशक्ति उत्पादन हुन्छ भन्ने उद्वेश्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस कम्पनीले प्रत्येक वर्षमा विपिन्न जेहेन्दार विद्यार्थीहरुको निम्ति रु दश लाख रुपैया छात्रावृत्ति वितरण गरी रहेका छौं । धेरै विद्यार्थीहरु जेहेन्दार हुँदा हुँदै पनि आर्र्थिक अभावले विद्यालय छाडेको हुनाले जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्तिबाट विद्यालय निन्तरता पाओस् भन्ने नै प्रमुख लक्ष्य हो । यस कम्पनीबाट प्राप्त गरेका विपिन्न जेहेन्दार विद्यार्थीहरुलाई पुनः विशेष छात्रावृत्ति वितरण गरी शैक्षिक हासिल गर्नबाट बञ्चित नगराउनु पनि यो कार्यक्रमको अर्काे लक्ष्य हो ।
४. छात्रावृत्ति पाइएका विद्यार्थीहरुले संस्थाप्रति कस्तो धारणा व्यक्त गरिरहेको छन्, नि ?
ग्लोबल आईएमई आकांक्षा छात्रावृत्ति प्राप्त गरेको विद्यार्थीहरु संस्था प्रति कृतिज्ञा नै छन् । अहिलेसम्म ग्लोबल आईएमई आकांक्षा छात्रावृत्ति कार्यक्रमबाट अहिलेसम्म जटि विद्यार्थीहरुले प्राप्त गर्दै आएका छन् उहाँहरु जेहेन्दार, विपन्न परिवारका विद्यार्थीहरुले नै प्राप्त गरी रहेका छन् । छात्रावृत्ति पाइरहेको विद्यार्थीहरुमध्ये कतिपय विद्यार्थीहरुको बुबा नभएका, कतिपय विद्यार्थीको आमा नभएका, कतिपय विद्यार्थीहरु आर्थिक रुपमा विपन्न भएको जेहेन्दार विद्यार्थीहरुले नै यो छात्रावृत्ति प्रदान गरी रहेका छौं । अर्काको घरमा बसेर साँझ बिहान काम सघाएर अध्ययन गरी रहेकी पढाईमा जेहेन्देहार छात्रा सम्झना रेग्मीले यो जिल्लाबाट यो छात्रावृत्ति प्राप्त गरेकी छिन् । साथै गत वर्षमा पनि यस्तै जेहेन्दार विपन्न विद्यार्थीलाई नै छात्रावृत्ति प्राप्त गरेको थिइन् । मैले भर्खरै प्यूठान जिल्लाको नारीकोट प्राथमिक विद्यायकी छात्रा पनि पढाईमा जेहेन्दार भएको तर उनकी बुबा नभएको र आर्थिक विपन्न भएकी छात्रालाई यो छात्रावृत्ति प्राप्त हुँदा संस्थाप्रति आभारी बन्नु भएको छ भने उनीहरुले आफ्नो शैक्षिक स्तरको वृद्धि गर्नमा यो छात्रावृत्ति कार्यक्रमले उत्साहित बनाएको छ । यो छात्रावृत्ति कार्यक्रमबाट छात्रावृत्ति प्राप्त गरेका सबै विद्यार्थीहरुलाई अध्ययन गर्नमा प्रोत्साहित गरेको छ । छात्रावृत्ति प्राप्त गरी रहेका विद्यार्थीहरुले प्रत्येक वर्षको शैक्षिक उपलब्धी गुणात्मक रुपमा वृद्धि गरी रहेका छन् । साथै आर्थिक विपन्नका कारण पढाईमा ध्यान नजाने विद्यार्थीको प्रमुख समस्यामा नै ग्रष्त भएको बेला यो छात्रावृत्ति कार्यक्रमबाट छात्रावृत्ति प्राप्त गर्दा विद्यालय नियमिता सँगसँगै पहिलो, दोस्रो, तेस्रो जस्ता महत्वपूर्ण स्थान समेत हासिल गरेको हाम्रो तथ्याङ्कमा पाउने गरेका छौं । त्यसैले यो छात्रावृत्ति कार्यक्रमबाट प्रत्येक शैक्षिक सत्रमा १ सय जना विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गर्दछौं । यस कार्यक्रमले विपन्न जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनमा महत्वपूर्ण सहयोग पु¥याएको विद्याथीहरुको भनाई छ । विपन्नता कै कारण विद्यालय छोड्ने अवस्थामा विद्यार्थीहरुलाई यस कार्यक्रमबाट नै १ सय जना विपन्न जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय नियमितता बनाउनुका साथै दक्ष जनशक्ति उत्पादनमा सहयोग पु¥याएको समेत विद्यार्थीहरुको धारणा व्यक्त गरेको पाइन्छ ।
४) जसरी विपन्न जेहेन्दार विद्यार्थीहरुको अध्ययन निरन्तरतासँगै क्षमतावान विद्यार्थी उत्पादनमा सहयोग यस कार्यक्रमले पु¥याइरहेको बेला यो छात्रावृत्तिको सङ्ख्यालाई वृद्धि गर्न के गर्नुहुन्छ, नि ?
राप्ती अञ्चलको विद्यार्थीको अवस्थालाई जस्ताको त्यस्तै केन्द्रीय कार्यालयमा पठाउँछु र कुरा पनि गर्दछु । धेरै विपन्न, जेहेन्दार विद्यार्थीहरु पनि छात्रावृत्ति पाउनबाट बञ्चित भइरहेको बेला छात्रावृत्ति पाउने विद्यार्थी सङ्ख्या १ सयलाई वृद्धि गर्नु पर्दछ भन्ने मलाई पनि महशुस भएको छ । मैले यो छात्रावृत्ति सङ्ख्या वृद्धिको निम्ति माथिल्लो निकायमा जानकारी गराउँछु । हामीले यो छात्रावृत्ति वितरणमा जाने क्रममा प्यूठानका आईएमईका प्रोपाइन्टरहरुसँगै गएको बेला हामीले त्यहाँका विद्यार्थीहरुलाई पनि समस्या छ, कि भनेर अनुसन्धान गर्दा धेरै विद्यार्थीहरु आर्थिक विपन्नको समस्यामा भएको भेटायौं । नारीकोट दोसादको प्रा.वि. मा आर्थिक रुपमा विपन्न, बुबा नभएको, आमा पनि अर्काको काम गर्ने, पढाईमा जेहेन्दार भएकी, पोषिलो खाने कुराको अभावबाट सुस्त मनस्थिती भएकी नानीलाई हाम्रो आईएमई बाग्दुलाका प्रोप्राइन्टर दिल्लिराज पराजुलीले दुई वर्षका लागि छात्रावृत्ति उपलब्ध गराउने व्यवस्थ गर्नुभयो । हामी यसरी हाम्रा इजेनस साथीहरुले वितरण गर्न जाँदा विद्यार्थीहरुमा देखेका समस्याहरुलाई न्यूनिकरण गर्नको निम्ति कम्पनीले मात्र नभएर आईएमई एजेनस साथीहरुले पनि छात्रावृत्तिको व्यवस्था गरी रहनुभएको छ । साथै आगमी दिनमा यो छात्रावृत्तिको सङ्ख्यालाई बढाउने पहलसँगै धेरै विपन्न विद्यार्थीहरुलाई पढाई अध्ययन गर्ने वातावरणको सिर्जना गर्ने पहल मेरो तर्फबाट पनि विषेश पहल समेत गर्नेछु ।
५. छात्रावृत्ति कुन–कुन आधारमा छनौट कसरी हुन्छ, नि ?
खास गरी ग्लोब आईएमई आकांक्षा छात्रावृत्ति कार्यक्रम यो कार्यक्रम २०७१ सालबाट सुरुवात भएको हो । प्रत्येक वर्षको शैक्षिक सत्रको पुष र माघ महिनासम्म प्रत्येक वर्षमा यो छात्रावृत्तिको निम्ति कम्पनीको ओवसाइटबाट फारम निकालेर वा सबै ठाउँका आईएमईहरुमा यो फारम पाईन्छ । जिल्लाका विभिन्न ठाउँहरुमा रहेका आईएमईबाट विद्यार्थीका अभिभावक, शिक्षक, स्वयम विद्यार्थीले फारम भरी सम्बन्धित ठाउँमा बुझाउन सकिन्छ । जसको माध्यमबाट अनलाई सिस्टम लगायत अन्य विभिन्न माध्यमबाट सामुदायिक विद्यालयका विद्यार्थीहरुले छात्रावृत्तिको लागि आवेदन सङ्कलन फारम भरेका जिल्लाबाट अञ्चल कार्यालयमा उपलब्ध हुन्छ र मैले सबै फारमहरुलाई केन्द्रीय कार्यालयमा पठाउँछु । यसरी देशभरिका छात्रावृत्तिका आवेदनहरुलाई एउटा याकडमी बोर्ड नै छ । आईएमई बोर्डका याकडमी बोर्डका सदस्यहरु ग्लोबल, आईएमई, हिसान र प्यापसन संस्थाका वुद्धिजीवी व्यक्तित्वहरुबाट नै छनौट हुन्छ । छात्रावृत्ति विद्यार्थी छनौट गर्दा केही मापदण्डहरु छन् जसको आधारमा नै छनौट गरिन्छ । जसमा दुर्गम, पछाडि पारिएको जाती, आर्थिक विपन्नता, जेहेन्दार र उत्कृष्टि लगायतका पक्षहरुको आधारमा विद्यार्थी छनौट गरिएको हुन्छ ।
६. छात्रावृत्ति कार्यक्रम प्रति विद्यार्थीहरुको आकर्षण कस्तो छ ?
देशभरीका विद्यार्थीहरुले यो कम्पनीबाट पढ्नका लागि छात्रावृत्ति प्राप्तको निम्ति निवेदन विद्यार्थीको अकर्षण बढेको छ । ताकि आर्थिक रुपमा विपन्न भएको विद्यार्थीहरु नै आवेदन फारम भर्ने विद्यार्थीको सङ्ख्या उच्च नै छ । कतिपय विद्यार्थीहरुले जानकारी नपाएर पनि फारम भर्न छुट्नु भएको थियो । यो छात्रावृत्ति सम्बन्धिको सूचनालाई सञ्चारमाध्यमहरुमा प्रकाशन गरे पश्चात् निवेदन दिनेको सङ्ख्या विगतको सङ्ख्याको तुलात्मक हिसाबले पनि बढेको छ । त्यसै गरी यो कार्यक्रमको बारेमा विद्यार्थीका अभिभावक, विद्यार्थी, शिक्षकहरुले थाहा पाउँदै गर्दा छात्रावत्ति पाउनेका लागि निवेदन विद्यार्थीको सङ्ख्या बढ्ने क्रममा नै छ । त्यसैले आगामी दिनमा छात्रावृत्ति सूचानलाई प्रभावकारी रुपमा प्रत्येक जिल्लाका विद्यालयहरुमा यो सूचना पु¥याउन सकेमा अझै निवेदकको सङ्ख्या बढ्नेछ भने आगामी दिनमा राप्ती अञ्चलमा जसरी अहिले ११ जना विद्यार्थीबाट छात्रावृत्ति प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या पनि वृद्धि हुनेछ भन्ने आशा गरेको छु ।
७. यस जिल्लामा छात्रावृत्तिको निम्ति आवेदन दिनको अवस्था कस्तो छ, नि ?
यस जिल्लामा भौगोलिकताले गर्दा पनि सबै विद्यालयहरुमा यो सूचना नपुग्न सक्छ किन भने शैक्षिक सत्र २०७२ र २०७३ सालको आवेदन बाल कल्याण मा.वि.बाट नै आवेदन आएको थियो । मैले अन्य विद्यालयबाट छात्रावृत्ति प्राप्तको निम्ति आवेदन आएको थिएन् । सोही आवेदन अुनसार गत शैक्षिक सत्र २०७२ सालमा पनि बाल कल्याण मा.वि. कै छात्राले छात्रावृत्ति प्राप्त गरेकी थिइन भने शैक्षिक सत्र २०७३ सालको छात्रावृत्ति पनि यसै विद्यालयमा कक्षा ९मा अध्ययन गरी रहेकी छात्रा सम्झना रेग्मीले प्राप्त गरेकी थिइन । म जिल्लामा आएको बेलामा पनि जिल्लामा सञ्चालनमा आएका सबै आईएमईका सबै प्रोप्राइन्टरहरुलाई छात्रावृत्ति सम्बन्धी सूचनालाई प्रत्येक विद्यालयसम्म पु¥याउन अनुरोध पनि गरेको छु । साथै जिल्लाका सबै सञ्चारमाध्यहरुमा पनि सूचना प्रकाशित भएको बेला सूचनालाई व्यवपक प्रसारण गरी जिल्लाका सबै विद्यालयबाट आवेदन सङ्कलन गर्ने योजनामा छौं । आगामी दिनमा यस जिल्लाबाट धेरै भन्दा धेरै विद्यार्थीहरुले छात्रावृत्ति प्राप्तको निम्ति आवेदन बुझाउनेछन् भने छात्रावृत्ति प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या समेत बढ्ने छ, आशा छ ।
८. अनि रोल्पा जिल्लामा आईएमईहरुको विस्तार अवस्था कस्तो छ ?
अवश्य नै रेशम सर रोल्पा जिल्लामा विगतको तुलनामा आईएमईहरु विस्तार हुने क्रम जारी नै छ । म वर्ष अगाडी यस जिल्लामा मध्यपश्चिम क्षेत्रीय प्रमुख भएर आउँदा खेरी न्यू आईएमई एजेनहरु हुनुुन्थ्यो भने राप्ती अञ्चल प्रमुख भएर यहाँ आउँदा सुलिचौरमा २ ओटा, इरिबाङ, कुरेली, राङ्सी, जुगाँर, लागतयका ठाउँहरुमा आईएमईहरु विस्तार भएका छन् । जहाँसम्म प्राविधिक पक्ष इन्टरनेट, सुरक्षा, कम्यूटर चलाउन सकिने ठाउँहरुमा आईएमई विस्तार भइरुहेको छ । अझै आशा गरौं जिल्लामा इन्टरनेट, कम्प्यूटर, सुरक्षा निकायहरु पुगेको ठाउँहरुमा आईएमई विस्तार गर्ने छु । यो ठाउँबाट पनि धेरै विद्यार्थी, अभिभावक शिक्षक लगायतका सम्बन्धित निकायहरुको निम्ति जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गर्ने छौं । आगामी दिनमा यस जिल्लामा ग्लोबल आईएमई आकांक्षा छात्रावृत्तिलाई धेरै विद्यार्थीहरुलाई लाभान्दित बनाउने मेरो योजना छ । यो मेरो योजनालाई सफल बनाउनको निम्ति जिल्लाका सञ्चारमाध्यहरुबाट महत्वपूर्ण सहयोग निर्वाह गर्नु हुनेछ भन्ने विन्रम अनुरोध छ ।
९. देशभरीका विद्यार्थीहरुले छात्रावृत्तिको निवेदन भरेका विद्यार्थीबाट १ सय जना विद्यार्थीहरुले छात्रावृत्ति पाउँदा बाँकी विद्यार्थीहरु निराश भएको अनुभूति गर्नुभएको छ ?
हजुरले भनेको कुरा एकदम सही छ । शैक्षिक सत्र २०७२ सालको छात्रावृत्ति प्राप्त गरेकी छात्रालाई भेटाएको थिएँ । नानी तिमीले शैक्षिक सत्र २०७३ को छात्रावृत्तिको निम्ति निवेदन दिएनौ ? भनी मैले सोधएको थिएँ । उनले मेरो प्रश्नको जवाफ दिएइन् ‘सर मैले पनि निवेदन दिएकी थिएँ तर मलाई यस पटक किन परेन् भनेर मलाई सोधिन ।’ त्यसैले एक पटक छात्रावृत्ति प्राप्त गरेकी छात्राछात्रलाई पुनः प्राप्त गर्न पाए हुन्थ्यो भन्ने अपेक्षा हुने रहेछ । एक पटक पाएका छात्राछात्रले विपन्नता र शैक्षिके प्रगतिको आधारमा पुनः निरन्तता पाउनु भन्ने मेरो पनि इच्छा हो । त्यसैले मैले जिल्ला, अञ्चालन सबै प्रकारका रिर्पाेटहरु केन्द्रीय कार्यालय पु¥याएर जानकारी दिने पहिलो कुरा नै हो भने सङ्ख्या वृद्धि गर्न कम्पनीलाई जगजाहेर गर्दछु तर सङ्ख्या निर्धारण गर्ने सबै अधिकार केन्द्रीय कार्यालय नै छ । मलाई आशा छ केन्द्रीय कार्यालय पनि जिल्ला, अञ्चल, क्षेत्रका सबै ठाउँको समस्यहरुलाई केही सम्बोधन गर्नु पर्ला । यस कम्पनीले प्राकृतिक दैविक प्रकोपमा परेकालाई पनि उद्वार तथा सहयोग वितरण समेत गर्दछ । यस पटक पूर्वीय जिल्लाहरुमा बाढिमा परेका धेरैभन्दा धेरै घर परिवारहरुलाई उद्वार तथा राहत वितरण गरेको छ । यस कम्पनीले यति मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा अलपत्र परेको नेपालीहरुलाई उद्वारको एकदम पहल गरी रहेको हुन्छ । हामी सामाजिक उत्तर दायित्व भने चौतर्फि रुपमा नै सक्रिय भूमिका निर्वाह गरी रहेको बेला जुन महत्वपूर्ण शिक्षा क्षेत्रमा विपन्न जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी ग्लोबल आईएमई आकांक्षा छात्रावृत्ति कार्यक्रममा जुन छात्रावृत्ति विद्यार्थी सङ्ख्या वृद्धि गर्नु पर्ने आवश्यकताको महशुस मैले पनि गरेको छु ।
१०. विद्यार्थीका अभिभावकहरुलाई छात्रावृत्ति दुरपयोग नहोस् भनेर प्रत्येक्ष रुपमा भेट्नुभएको छ ?
हजुरले यो विषयका गम्भिर कुरा उठाउनुभएको छ । ग्लोबल आईएमई आकांक्षा विद्यालयको नाममा नै ग्लोबलको चेक हस्तान्तरण गर्दछौं । विद्यालयले आफ्ना विद्यार्थीलाई खास गरी विद्यालयको ड्रेस कपडा, कपि, पेन, किताब, परीक्षा शुल्क लगायतका शैक्षिक सामाग्री, सरसफाइका सामाग्रीमा खर्च गरी बाँकी बचेको रुपैयालाई विद्यार्थीको पौष्टिक आहारका लागि खर्च गर्नु पर्दछ । यस कम्पनीबाट छात्रावृत्ति प्राप्त गर्ने विद्यार्थीका अभिभावकहरुलाई पनि भेट्न गर्दछौं । शैक्षिक सत्र २०७२ सालमा प्राप्त गर्ने यस जिल्लाको विद्यालय बाल कल्याण मा.वि. का छात्राकी अभिभावलाई मैले भेटाएको थिएँ । उहाँले सोध्नुभयो–‘यस पटक पनि मेरो नानीले पनि पाउनु पर्ने किन पाएन् ।’ भन्दै अपेक्षा व्यक्त गर्नुभयो तर पनि अन्य नानीले प्राप्त गर्दा पनि उहाँले खुसी व्यक्त गर्नुभयो । साथै शैक्षिक सत्र २०७३ सालमा छात्रावृत्ति प्राप्त गर्ने छात्राको संरक्षक व्यपारीलाई पनि मैले भेटाएको थिएँ । मैले छात्रावृत्ति प्राप्त गरेकी नानी बस्ने नानी घरका संरक्षकलाई भेटाएर हजुरको नानीले ग्लोबल आईएमई छात्रावृत्ति प्राप्त गरेकी छिन् । त्यो छात्रावृत्ति विद्यालयको ड्रेस कपडा, कपि, पेन, किताब, परीक्षा शुल्क लगायतका शैक्षिक सामाग्री, सरसफाइका सामाग्रीमा खर्च गरी बाँकी बचेको रुपैयालाई लिएर सही ठाउँमा उपयोग गरिदिनुहोला भने मैलै उहाँलाई अनुरोध पनि गरेको छु । छात्रावृत्ति प्राप्त गरेका विद्यार्थीहरु प्रगति स्तरमा छन् कि छैनन् भनेर विद्यार्थीको शैक्षिक प्रगतिविरण समय–समयमा मुल्याङ्कन समेत गर्ने व्यवस्था छ । यसले पनि विद्यार्थीहरुलाई अध्ययनमा उत्साहित गरेको छ भने विद्यार्थीमा स्वच्छ प्रतिस्र्पधाको वातारण समेत सिर्जना भएको छ । जसको परिणाम स्वरुप विपन्न जेहेन्दार विद्यार्थीहरुलाई अर्काे शैक्षिक सत्रको छात्रावृत्ति प्राप्त गर्नमा समेत महत्वपूर्ण भूमिका निर्वाह गेरको छ ।
१०. यसरी देश विदेशमा रहेका नेपालीलाई ग्लोबल आईएमई लिमिटेडले आपत विपतको बेला उद्वार तथा रहात दिन्छ भन्ने कुरा कसरी थाहा पाउँछन् ?
नेपाली देश वा विदेशमा रहेको बेला ग्लोबल आईएमई लिमिटेडले आपत विपतको समयमा उद्वार तथा राहत दिन्छ भन्ने कुरा त विशेष गरी सञ्चारमाध्यबाट जानकारी पाउन सक्छन् भने हाम्रा कम्पनीको हरेक सूचनाबाट पनि थाहा पाउन सक्नु हुन्छ । अहिले देशकै उत्कृष्टि साङ्गीतिक कार्यक्रम नेपाल आइरलको आयोजकमा आईएमई रहेको छ । देशको प्रखर प्रखर कलाकार उत्पादनमा हाम्रो कम्पनीले आयोजक गरी रहेको छ । रोजगारीको शिलसिलामा मलिसिया, कुवेत, कतार, दुबै, साउदी जस्ता विदेशीमुलका गएर कम्पनीको लापरबाहीको कारण अलपत्र पारिएका नेपालीहरुलाई उद्वार गरी घरसम्म ल्याउन विशेष सहयोग गरी रहेको छ । प्रत्येक विदेशी भूमिमा पनि कम्पनीका सम्पर्क कार्यालयहरु छन् । विदेशमा नेपाली दाजुभाइ, दिदीबहिनी भएको ठाउँबाट पैसा रिमिट्यान्स गर्र्ने ठाउँमा सम्पर्कमा आउनु हुन्छ । त्यहाँको केन्द्रीय कार्यालय, अञ्चालन कार्यालयहरुको समन्वयमा अलपत्र पारिएका नेपालीहरु उद्वार गर्दछौ । कामको शिलसिलामा मात्र नभएर सेवाको भावनाले पनि देश विदेशहरुको कुना–कुनामा सामाजिक उत्तर दायित्व काम गरी आईरहेको जानकारी गराउदछु ।
११. यसरी ग्लोबल आईएमई लिमिटेडको महत्वपूर्ण कार्यक्रमको शिलसिलमा रोल्पाको आएको बेला रोल्पाली विद्यार्थीहरुलाई के भन्नु हुन्छ, नि ?
रोल्पाली विद्यार्थीहरुलाई कक्षा १ देखि कक्षा ११ सम्म यो ग्लोबल आईएमई आकांक्षा छात्रावृत्ति आवेदन प्रत्येक वर्षको पुष १ गेतदेखि र माघ ३० गेतसम्म प्रत्येक वर्षनी खुलेको हुन्छ । दुर्गम, जेहेन्दार, विपन्न विद्यार्थीहरुले यो छात्रावृत्ति आवेदन फम भरेर धेरै भन्दा धेरै विद्यार्थीरुले यो छात्रावृत्ति प्राप्त गर्न सफल होओन् भन्ने मेरा शुभ–कामना ।
१३. अन्तिमा केही भन्नु पर्ने कुरा भए ?
अन्तिममा मध्यपश्चिमका राप्ती भेरी र कर्णाली अञ्चालहरु पनि मैले नै हेर्ने जिम्मेवारी पाउँदा दुर्गम जिल्लाको सबै ठाउँहरुमा पुग्ने अवसर समेत पाएको थिएँ । यो तीन अञ्चलन हुम्ला र डोल्पा जिल्लामा मात्र जाने पाएन अन्य मुगु, जुम्ला, कालिकोट लगायतका सबै जिल्लाहरुलमा पुग्ने अवसर पाएको थिएँ । म जिल्लाको महत्वपूर्ण ठाउँ थबाङ, कुरेली, घर्तिगाउँ, होलेरी, सुलिचौर जस्ता ठाउँहरुमा पुग्ने अवसरमा पाएँ । म जुन विगतमा यस जिल्लामा आउने बेला विद्यार्थी सङ्ख्या कम देखेको थिएँ भने अहिले धेरै विद्यार्थी सङ्ख्या भएको विद्यालयको ड्रसमा व्यवस्थित वातावरणमा अध्ययन गरी रहेको मैले पाएको छु । आगामी दिनमा यस जिल्लाका विद्यार्थीहरु अझै शिक्षा गर्नमा समावेश हओन् । साथै यहाँ शिक्षक शिक्षकाहरुले पनि स्तरीय शिक्षा प्रदान गरुओन् । अब छात्रावृत्ति वितरणको शिलसिलमा प्यूठान जिल्लाको नारीकोट प्रा.वि. मा गएको थिएँ । त्यहाँका विद्यार्थीहरुको अवस्था समेत अवलाकन गरेको थिएँ । पश्चिमा कर्णाली र भेरीको पहाडी भू–भागभन्दा राप्ती अञ्चलको पहाडी भू–भागका विद्यार्थीहरुको विद्यालायमा जानेको सङ्ख्या धेरै रहेको पाएँ । यहाँ विद्यार्थीहरुमा के कम्जिोरी देखिएको छ भने सफा पानी र सरसफाइमा कमी भएको हुँदा रोल्पा र प्यूठानका उच्चा भू–भागका विद्यार्थीहरु विरामी भएको पाएँ । मलाई के लाग्छ भने खाने पानी तताएर पिउने, सरसफाइ गर्ने, खाने कुरा खानुभन्दा पहिला राम्ररी हात धुने जस्ता कुराहरु विद्यालयका शिक्षक शिक्षिकाहरुबाट सिकाउन सिकाएमा हाम्रा विद्यार्थीहरु स्वस्थ्य हुनेछन् । यि वालबालिकाहरु अविष्यमा राष्ट्रको सबल सक्षम नागरिक बनुओन् भन्ने मेरो अपेक्षा छ । साथै जसरी यस लोकप्रिया पत्रिकामार्फत ग्लोबल आईएमई आकांक्षा छात्रावृत्तिको बारेमा महत्वपूर्ण विषयमा मेरो विचार राख्ने अवसर दिएको पत्रिका परिवारलाई विशेष धन्यवाद व्यक्त गर्दछु ।

You may also like