नेपाल पत्रकार महासंघ प्यूठानद्वारा सूचना केन्द्रकाे उद्घाटन र कल्याणकारी कोष स्थापना

असोज २० प्यूठान
नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले १६ औं वार्षिकोतसवमा सूचना केन्द्र र कल्याणकारी कोष स्थापना गरेको छ । शुक्रबार विजुवारमा आफ्नै भवनमा भएको स्थापना दिवसको अवसरमा उद्घाटन एवं घोषणा गर्नुभएको हो ।
स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मी एवं अन्य नागरिकलाई पनि सूचना प्रदान गर्ने गरी पुस्तकालय एवं सूचना केन्द्र र कल्याणकारी कोषको स्थापना गर्नुभएको हो । सो कल्याकाणकारीको ३ वर्ष भित्रमा करिव २५ लाख रुपैया बनाउने उद्देश्य राखिएको छ । मुल धनको व्याजबाट विपतमा परेका पत्रकारहरुलाई उद्दार गर्ने अध्यक्ष महाविर रानामगरले जानकारी गराउनुभयो ।
स्थापना दिवशमा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेललेले राज्य जहिले सम्म मिडियामा लगानी गर्दैन तवसम्म न्यूनतम पारिश्रमिक ऐन कार्यन्वयनमा समस्या हुने बताउनुभयो । उहाँले राज्य नै गम्भिर बन्नु पर्ने बताउँदै राज्यको मुख्य दायित्व भएको बताउनुभयो ।
उहाँले अबको स्थानीयसरकारले स्थानीय मिडियाको विकासमा लाग्नुपर्ने बताउँदै स्थानीय मिडिया बलियो भएमा स्थानीय सरकार पनि जनताको पक्षमा बलियो बन्ने दावी गर्नुभयो । उहाँले नेपालको राजनीतिक धु्रवीकरणले मिडिया क्षेत्र प्रभावित नपरी काम गर्न आग्रह समेत गर्नुभयो ।
यस्तै विशिष्ट अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले स्थानीय सरकारको मिडिया सहयोगी हुने बताउँदै मिडियाको विकासमा स्थानीय सरकार लागिरहेको र आगामी दिनमा पनि लाग्ने बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघका सचिव उदय जि.एम.ले मिडिया, सञ्चारकर्मीको सीप र दक्षतामा विकासले मात्रै मिडिया क्षेत्रको विकास सवल र वलियो हुने बताउनुभयो । यसका लागि लाग्न सबैलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कक्षपतिले देश निर्माणमा मिडियाको महत्वपूर्ण भूमिका रहेकाले जहिले पनि मिडियाको विकासमा आफू लाग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरी, नेपाल पत्रकार महासंघ प्यूठान शाखाका पूर्व अध्यक्ष इमानसिंह भारती, सुशिल पोख्रेल, निवर्तमान अध्यक्ष गिरुप्रसाद भण्डारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुपेन्द्रेहीका अध्यक्ष यानेन्द्र जिसी, रोल्पा शाखाका अध्यक्ष मानसिंह बिक, नेपाल पत्रकार महासंघ प्यूठान पूर्व अध्यक्ष मेघराज भट्ट लगायत विभिन्न गाउँपालिकाका अध्यक्ष एंव उपाध्यक्ष लगाएतले बोल्नुभएको थियो । बक्ताहरुले शुभकामनासँगै शाखाको प्रगतिको कामना व्यक्त गर्नुभएको थियो ।
शाखाका अध्यक्ष महाविर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विजयसिंह भारतीले गर्नुभएको थियो । कार्यक्रममा महासंघ स्थापना, विस्तार लगायको क्षेत्रमा योगदान गर्ने सस्थापक, पूर्व अध्यक्ष, निर्वमान अध्यक्ष लगायतलाई सम्मान गरिएको थियो ।

You may also like