नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी बैठक सम्पन्न


मानसिह बिश्वकर्मा
देउखुरी १५

This image has an empty alt attribute; its file name is baldeb-1024x766.jpg

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपानी खनाल ‘बलदेव’ ले नेपाल कम्युनिष्ट पार्टीका माओवादीको नेतृत्वमा सरकार रहेको बेला निकै सकरात्मक रुपमा कार्य भइरहेकाले गर्दा आम जनतालाई सन्देश प्रवाह गरी पार्टीको पक्षमा जनमत सृजना गरी माओवादीलाई जनताको पार्टी बनाउनको लागि अनुरोध गर्नुभयो ।
उहाँले माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको बेला जनताको पक्षमा भएका कामलाई पचार प्रशार गरी माओवादी पार्टीलाई जनताको पार्टी बनाउनको लागि सबै पार्टी र कार्यकर्ताहरु सबैले ध्यान दिनको अपिल गर्नुभयो । उहाँले जनताको मुक्तिको लागि लडेको पार्टी र कार्यकर्ताले जनताको मुक्तिको सपना बाहेक अरु सबै भ्रम रहेको बताउनुभयो । अब पार्टीले नयाँ ढंगले अगाडि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवै लुम्बिनी प्रदेशका सह इन्चार्ज कुलप्रसाद केसी ‘सोनामले लुम्बिनी प्रदेश जनयुद्धको बेलामा जनयुद्ध र माओवादी आन्दोलनलाई माथि उठाएको प्रदेशले आजको क्रान्तिलाई पनि नयाँ ढंगले अगाडि बढाउनु पर्ने जिम्मेवारी आएको बताउनुभयो ।
उहाँले पार्टीले विधान सम्मेलन गरी नयाँ पार्टी र संगठन निर्माणका लागि पाइला चालेको बताउँदै विगतको पार्टीको काम कार्यले आगामी दिन अगाडि बढाउन नसक्ने बताउनुभयो ।
बैठकमा नवलपरासीका सयोजक रामानन्द यादव, पाल्पाका सयोजक राजेन्द्र विश्वकर्मा, गुल्मीका सयोजक युवराज के.सी., रुपेन्देहीका संयोजक निर्मल जिसी, अर्घाखाँचीका सयोजक राजेन्द्र भुसाल, प्युठान जिल्लाबाट सयोजक नवराज शर्मा, बाँके जिल्लाका सयोजक नरेन्द्र पाण्डे, रोल्पाका सयोजक पुरण केसी, वर्दिया जिल्लाका सयोजक भुवन थारु, रुकुम पुर्वबाट सयोजक कुमारी वराल लगायतले रिपोर्टिङ गर्नु भएको थियो ।
कार्यक्रममा स्थायी समिति सदस्य ओनसरी घर्तीमगर, स्थायी समिति सदस्य जोखबहादुर महरा, स्थायी समिति सदस्य महेश्वर गहतराज, स्थायी समिति सदस्य हग्गी कुल्ला खाँ लगायत केन्द्रीय सदस्यहरु, प्रदेश समितिका पदाधीकारी लगायतको आतिथ्यता रहेको थियो ।
बैठकले रोल्पा जिल्लाको संयोजकमा रेशम पुनमगर, दाङ जिल्ला संयोजक पूर्व जनमुक्ति सेनाका डिभिजन कमाण्डर हरीभान पुन ‘बरुण’, प्यूठान जिल्लाको संयोजक प्रभात केसी लगायतलाई जिम्मेवारी दिइएको छ ।
बैठकले हिमाल पहाड हिमाल, अभियान र हुलाकी मार्ग अभियान लगायतको कार्यक्रम सञ्चालन गर्ने, वडा टोल समितिको भेला गर्ने निर्णय गरेको छ । पार्टीले नविकरण गर्नुपर्ने काममालाई तिव्रता दिनुपने बताउनुभयो । जबस भेला गर्ने, पूर्व जनप्रतिनधीहरुको भेला गर्ने, विकास निर्माण र सरकार सञ्चालन गर्नका लागि प्रशिक्षण गर्ने लगायतको निर्णय गरेको छ ।
बैठक लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुर्दशन वरालको अध्यक्षतामा बसेको बैठक सञ्चालन पार्टीका सचिव कृष्ण अधिकारी प्रकाशले सञ्चालन गर्नुभएको थियो ।

You may also like