भारतीय राजदुवतासको सहयोगमा निर्माणार्धिन क्याम्पस भवन ७ वर्ष वितिसक्दा पनि हस्तान्तरण भएन मानसिंह बिक

रोल्पा, १५ पुस २०७३
भारतीय राजदुतावासको आर्थिक सहयोमागमा निर्माणर्धिन जलजला बहुमुखी क्याम्पस लिबाङ, रोल्पाको भवन निर्माणको ७ वर्ष वितिसक्दा पनि हस्तान्तरण भएको छैन । हस्तान्तरण नहुँदै झिर्ण बन्दै गएको सो भवन हस्तान्तरण नभएकोले रोल्पाका विभिन्न विद्यार्थी संगठनहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छन् ।
रोल्पा जिल्लाको पहिलो क्याम्पस २०६२ सालमा जलजला क्याम्पस स्थापना भएको थियो । गणतान्त्रिक नेपालको पहिलो जननिर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेकोे सरकारले यस क्याम्पसलाई बहुमुखी क्याम्पस घोषणा गरेको थियो । रोल्पाको एकमात्र बहुमुखी क्याम्पस सोही सरकारको पालामा भवन निर्माणका लागि क्याम्पस सञ्चालक समितिले नेपाल सरकार मार्फत भारतीय राजदुतावाससँग माग गरेको थियो । भारतीय राजदुताबासले भवन निर्माणको लागत उपलब्ध गराउनेगरी जिल्ला विकास समितिलाई जिम्मेवारी प्रदान गरेको थियो । जिल्ला विकास समिति र डिवा÷ड्रगन विल्डर्स जेविबीचमा सम्झौता भएको भएको थियो । भ्याट बाहेक ३ करोड ८३ लाख ७४ हजार ६ रुपैया ७२ पैसा लागतमा निर्माण हुने भवन २०६८ साल भाद्र मसान्तसम्म निर्माणगरी सक्नुपर्ने शर्तमा सम्झौता गरिएको थियो ।
रोल्पाको एक मात्रै बहुमुखी क्याम्पस लिबाङको भवन भारतीय राजदुताबासको सहयोगमा २०६७ साल भाद्र ५ गतेबाट सहयोगमा ४ करोड १८ लाख स्वीकृति लागतमा निर्माण हुने गरी सूचना प्रकाशित भएको थियो । सो भवन निर्माण गर्नका लागि ३ करोड ९० लाख लागतमा उत्तम बस्नेतले जिम्मा लिएका थिए । उत्तम बस्नेतले जिम्मा लिएपनि स्थानीय निर्माण व्यवसायी हरीबहादुर पुन मार्फत क्याम्पस भवनको निर्माण कार्य सुरु गरिएको थियो । भवन निर्माण गर्नणका लागि १८ महिनामा क्याम्पस भवन निर्माण गर्ने सम्झौता गरिएको थियो । काम गर्दै जादाँ पछि म्याद थप गरी २४ महिना पु¥याइएको थियो । सम्झौता अनुसार २४ महिना अर्थात २०६९ साल श्रावण महिनामा निर्माण सम्पन्न गरी क्याम्पस प्रशासनलाई भवन हस्तान्तरण गर्नु पर्ने हो । सम्झौताको समय करिव चार वर्ष वितिसक्दा पनि अझै हस्तान्तरण भएको छैन । क्याम्पस सञ्चालनको लागि निकै समस्या भएकाले करिव २ वर्ष अघि नै क्याम्पस सञ्चालन सोही भवनमा भइरहेको छ ।
भवन निर्माण भएको धेरै समय वितिसक्दा पनि ठेकेदारको चरम लापरबाहिले क्याम्पस भवन निर्माण पुरा नभएको र क्याम्पस हस्तान्तरण पनि नभएको विभिन्न संगठनहरुले आरोप लगाएको छ । विगतका दिनमा बाल कल्याण उ.मा.वि.मा क्याम्पस सन्चालन हुँदा विविध समस्याहरुको सामना क्याम्पस प्रशासन र विद्यार्थीहरुले गर्नु परेकोसमेत बताएका छन् । त्यही समस्या परेको कारणले २०७० साल माघ १३ गते आफ्नै भवनमा सरेता पनि अहिलेसम्म हस्तान्तरण नहुँदा थप भौतिक पूवाधार निर्माण, विद्युतीय सामग्रीको जडान, शौचालय व्यवस्थापन, खानेपानी तथा सरसफाइदेखि लिएर विद्यार्थीहरुको पढाईमा असर पुगेको जानकारी गराएको छ ।
बिहीबार बुझाएको ज्ञापन पत्रमा पटक–पटक लिखित मौखिक जानकारी गराउदा समेत हस्तान्तरणको प्रक्रिया जिम्मेवारी लिएको निकाय जिल्ला विकास समिति रोल्पा, जिल्ला प्रशासन कार्यालय रोल्पा र क्याम्पस प्रशासनले उचित कदम नचाल्दा प्रक्रिया रोकिएको उल्लेख गरिएको छ । सो ज्ञापनपत्रमा क्याम्पस निर्माणको लागि जिल्ला विकास समिति रोल्पाले आफैले दिएको रु ३० लाख धरौटी स्वरुप लियो तर अहिलेसम्म फिर्ता नगर्दा आर्थिक अभावमा रहेको क्याम्पस थप पीडामा परेको समेत बताइएको छ ।
यस विषयमा जलजला क्याम्पस लिबाङ रोल्पाका प्रमुख कृष्णप्रसाद न्यौपानेले ठेकदारलाई सम्पर्क गरेको निर्माण व्यवसायी उत्तम बस्नेतले छिट्टै आएर हस्तातरण गर्ने बताउनुभयो । उहाँले अध्यापन गर्न निकै समस्या परेको समेत बताउनुभयो । यस विषयमा निर्माण व्यावसायी उत्तम बस्नेतले छिट्टै गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । तर्सथ यस क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा संगठनहरुको २०७३ साल मंसिर १२ गते बसेको सयुक्त वैठकले हस्तान्तरणको काम अगाडी बढाउनको लागि पहल गर्ने निर्णय गरे अनुसार पहिलो चरणमा क्याम्पस भवन हस्तान्तरणको काम अगाडी बढाउनको लागि आग्रह गरिएको छ । १ महिनाभित्र क्याम्पस भवन हस्तान्तरण नभए थप आन्दोलनको घोषणा गर्ने जानकारी गराइएको छ ।
ज्ञापनपत्रमा अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज बीरबहादुर घर्तीमगर, नेपाल विद्यार्थी संघ रोल्पा रोल्पाका अध्यक्ष शेरबहादुर थापा, अनेरास्ववियू रा.प.स. टिका घर्तीमगर, अखिल क्रान्तिकारी क्याम्पस अध्यक्ष तथा जिल्ला सचिव शोक वली ‘परिर्वतन’ नेपाल विद्यार्थी संघ रोल्पाका सचिव नारायण रेग्मी, अनेरास्वविय जिल्ला कमिटी सदस्य किरण बुढ, जलजला बहुमुखि क्याम्पस रोल्पाका विद्यार्थी संयोजक विनोद डाँगीले लगायतले हस्ताक्षर गर्नुभएको थियो ।
रोल्पाको एक मात्रै बहुमुखी क्याम्पसको भवन निर्माण भएको धेरै वर्षमा वितिसक्दा पनि हस्तातरण नभएको विषयले सबैलाई आश्चार्य चकित बनाएको छ । शौचालय, खानेपनीको अवस्था हस्तानतरण नहुँदै झिर्ण बन्दै गएको छ । सरोकारवाला निकायले समयमै ध्यान दिन नसकेको नै हो । अझै पनि ध्यान नदिएमा सिंगो रोल्पा र रोल्पाली विद्यार्थीको जीवनमा घातक सावित हुनेछ । समयमै कार्य सम्पन्न नगर्दा विद्यार्थीहरु क्याम्पस प्रशासन मात्रै होइन सबै रोल्पाली मर्कामा परेका छन् भने भारतीय राजदुवातासले आगामी दिनमा रोल्पालाई सहयोग गर्न सम्भावना पनि कम रहन सक्नेछ । त्यसैले बेलैमा ध्यान दिने की ?

You may also like