लुम्बिनी प्रदेशमा (माओवादी केन्द्र) नेतृत्वमा सरकार बन्ने


मानसिंह विश्वकर्मा
चैत्र १३ गते देउखुरी

This image has an empty alt attribute; its file name is KP-sharma-oli-and-Prachanda-in-pm-office-5.jpg


प्रदेश सरकारको नेतृत्व भागबन्डामा सत्तारुढ दलहरु सहमति नजिक पुगेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटमा यसबारे कुराकानी भएको हो ।
सम्भावित भागबन्डामा लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले लिने गरी छफल घनीभुत रुपमा भएको नेकपा (माओवादी केन्द्र) संसदीयका नेता जोखबहादुर महराले बताउनुभएको छ ।
मंगलबार राती काठमाण्डौबाट लुम्बिनी प्रदेशको राजधानी फर्किरहेको बेलामा भन्नुभयोः“नेकपा (माओवादी केन्द) पार्टी, संसदीय दल, मुख्य नेतृत्वहरु सबैले सरकारको नेतृत्व पार्टीले लिनु पर्दछ भन्ने छ । हालसम्म पार्टीकै पक्षमा रहेको छ ।” उहाँले भन्नुभयाः–“पार्टीका नेताहरु लाग्नुभएको छ त्यसमात्रै होइन सत्ता समिकरण दल पनि माओवावादी केन्द्रलाई दिनु पर्दछ भन्नेमा सकरात्मक रुपमा रहेको छ ।”
पहिलो कार्यकालमा नेकपा एमालेका लिला गिरीलाई नेकपा (माओवादी केन्द्र) को सर्मनमा सरकारको मुख्यमन्त्री बनाएको थियो । पछिल्लो पटक नेपाली कांग्रेस डिल्लीबहादुर चौधरीलाई पनि माओवादी केन्द्रै समर्थनमा बनाएको थियो । अब माओवादीकै पालो रहेकोले नेकपा माओवादी केन्द्र लुम्बिनीले बताएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले यही विषयलाई टुङ्गो लगाउनको लागि बुधबार विहान पदाधीकारीको बैठक बस्न लागेको समेत बताउनुभयो । उहाँले पदाधीकारीको बैठकले जे निर्णय गर्दछ त्यही हुने भएपनि हालसम्मको अवस्था हेर्दा लुम्बिनी लिने गरी प्रस्ताव लग्ने बताउनुभयो ।
यसबारेमा बुधबार र विहीबार बस्ने नेकपा (माओवादी केन्द्र) का प्रदेश समितिको बैठकले अझ बढि प्राथमिकताका साथ निर्णय गर्ने बताएको छ ।
मंगलबार राती ११ बजेसम्म समाचार तयार पार्दासम्म केन्द्रीय सहमति अनुसार एमालेलाई एमाले ः कोशी, गण्डकी र कर्णाली, माओवादी ः बागमती र लुम्बिनी, जसपा ः मधेश, सुदर पश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई दिने गरी सहमति भएको बताइएको छ ।

You may also like