दलित र गैर दलित समुदायबीच जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्त सम्बन्धि अन्तिरक्रिया कार्यक्रम सपन्न

खुमेल रोल्पा
असार १७ गते,


जातिय छुवाुछुत तथा बालिघरे प्रथामुक्त सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम रोल्पा नगरपालिका ३ नंं. वडा कार्यालयको प्राङ्गनमा मंगलबार सम्पन्न भएको छ । निकट भविष्यमा यस वडालाई जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्त अभियानको शुरुवात भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं रोल्पा नगरपालिका ३ नं. वडा अध्यक्ष इन्द्रबहादुर थापाले संविधानले नै जातिय छुवाछुतलाई अस्वीकार गरेका अवस्था छ तर संविधान प्रभावकारी कार्यन्वय नहुँदा अझै पनि नेपाल समाजमा जातिय छुवाछुतको अवशेष रहेको बताउनुभयो । दलित समुदायहरुको मञ्चको अगुवाईमा वडा कार्यालयको सहकार्य समन्वयमा जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्त सम्बन्धि व्यपाक जनचेतना फैलाउँदै निकट भविष्यमा यस वडालाई जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्त प्रतिवद्धता समेत प्रमुख अतिथि थापाले व्यक्त गर्नुभयो । साथै उहाँले भन्नुभयो यस वडामा म लगायत वडा सदस्यहरुले जातिय छुवाछुत गरेका प्रमाण सहित उजुरी दिएको अवस्थामा जानप्रतिनिधिको जिम्मेवारीबाट राजिनामा दिएर कानुन अनुसार साजय भोग्न तयारी छौं तर दलित समुदायहरु पनि जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्तका लागि सक्रिय बन्नु पर्ने उहाँले जोड दिनुभयो । अझै पनि दलित दलित समुदायबीच पनि जातिय छुवाछुत भएको केही कतै कायम भएका हुँदा आफ्नै समुदाय बीच जातिय छुवाछुत अन्त्य गर्नपर्ने समेत आवश्यकता औल्याउनुभयो । जातिय छुवाछुत भएको प्रमाण सहित वडा कार्यालयमा उजुरी पीडित दिएको अस्थामा वडा कार्यालयले न्यायको निम्ती विशेष पहल गर्ने समेत प्रमुख अतिथि थापाले बताउनुभयो ।


त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि एवं रोल्पा नगरपालिकाको नगर कार्यपालिका सदस्य लिलाराम सुनार, दलित जनअधिकार मञ्च रोल्पाको सचिव एवं सञ्चारकर्मी मानसिंह विश्वकर्मा, वडा सदस्य यामु नेपाली, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रोल्पा नगरपालिका ३ नं. वडा अध्यक्ष प्रवल गिरी, नेपाली काँग्रेस रोल्पा नगरपालिका ३ नं वडा प्रतिनिधि तिला नेपाली, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक रेशम बि.क. लगायतका अतिथिहरुले मनतव्य राख्नुभएको थियो । जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्त सम्बन्धि समय समयमा अयोजना गर्नुपर्ने सुझाव कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए ।
कार्यक्रममा दलित, गैर दलित, समाज सेवी, विद्यार्थी लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो । दलित अधिकार मञ्च रोल्पा नगरपालिका रोल्पाको अध्यक्ष खडगलाल पाध्याउतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव अविनाश सुनारले गर्नुभएको थियो भने स्वागत सदस्य ओमप्रकाश सुनारले गर्नुभएको थियो ।

You may also like