पत्रकार महासंघका अध्यक्ष एवं अधिकारकर्मी विश्वकर्मा माथी ढुंगा प्रहार (विज्ञप्ती सहित)

रोल्पा समाचारदाता
बैशाख २६ रोल्पा


संयुक्त दलित जनअधिकार मञ्च रोल्पाका सचिव एवं नेपाल पत्रकार महासंघका पहिलो कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मामाथी आक्रमण भएको छ । रोल्पा माडि ४ ४ तालाबाङमामा प्रशिक्षण दिएर फर्किने क्रममा दुंगा प्रहार र मोटरसाइकलमै रहेको बेला आक्रमण गरिहएको हो ।
माडी वडा नं. ४ का करिव ३२ वर्षिय निमबहादुर नेपालीले विकलाई आक्रमण गरेका हुन् । विश्वकर्माले गाउँपालिका वडा नं. ४ को कार्यालय र दलित समन्वय समिति तालाबाङको आयोजनामा भएको जातीय छुवाछुत तथा वालीघरे खलो प्रथा अन्त्यका लागि दलित र गैर दलितबीचमा भएको अन्तरक्रियामा वडा कार्यालय र गाउँ कार्यपालिकाका सदस्य झक्कु परियारको अनुरोध र संयुक्त दलित जनअधिकार मञ्च अध्यक्ष कर्मलाल परियारको सल्लाह बमोजि मानसिंह विश्वकर्मा र नेपाल पत्रकार महासंघका पूर्व अध्क्ष खेमबुढामग तालाबाङतर्फ पुग्नभएको थियो । सोही प्रशिक्षण समापनपछि लिबाङतर्फ जादैँ गर्दा करिव ३ः४५ बजे आक्रमण भएको हो । विश्वकर्माले एक प्रेस विज्ञप्ती जारी गर्नुभएको छ । सो विज्ञप्तीमा भनिएको छः–“ मानव मानव बीचमा रहेको जातीय छुवाछुत प्रथा जघन्य अपराध राज्यले स्वीकार गरेको अवस्थामा पनि व्यावहारिक रुपमा जातीय छुवाछुत अझै कायम नै छ । राज्यको नीतिलाई व्यावहारिक रुपमा प्रदान गर्नका लागि रोल्पा जिल्लामा जातीय छुवाछुतमुक्त वडा घोषणा गर्ने अभियानको तिव्र रुपमा चलिरहेको छ । सोही क्रममा माडी गाउँपालिका वडा नं. ४ को कार्यालय र दलित समन्वय समिति तालाबाङको आयोजनामा भएको जातीय छुवाछुत तथा वालीघरे खलो प्रथा अन्त्यका लागि दलित र गैर दलितबीचमा भएको अन्तरक्रियामा वडा कार्यालय र गाउँ कार्यपालिकाका सदस्य झक्कु परियारको अनुरोध र संयुक्त दलित जनअधिकार मञ्च अध्यक्ष श्री कर्मलाल परियार ज्यूको सल्लाहमा म संयुक्त दलित जनअधिकार मञ्च रोल्पाको सचिव एवं नेपाल पत्रकार महासंघ प्रथम कार्यकालका अध्यक्ष तथा दलित अधिकारकर्मीको हैसियतले प्रशिक्षण प्रदान गर्नका लाग पत्रकार महासंघका पूर्व अध्यक्ष एवं अधिकारकर्मी खेम बुढामगरसँग २०७६ साल बैशाख २६ गते तालाबाङ पुगेका थियौँ ।”

घटनाबारे पत्रकार एवं अधिकारकर्मी मानसिंह विश्वकर्माद्वारा विज्ञप्तीमा भनिएको छ –“२६ गतेका दिन दलित सञ्जाल माडी ४ तालाबाङका अध्यक्ष कुलबहादुर विकको अध्यक्ष र वडा अध्यक्ष श्री खिमबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहजीकरण गरिरहेको बेलामा माडी ४ का निमहादुर परियार मदिरा सेवन गरी प्रवेश गरेका थिए । निज निमबहादुर परियारले मदिरा सेवन गरी कार्यक्रममा आएको, कार्यक्रममा हल्ला गर्दै सबैलाई प्रशिक्षण सुन्नमा असहजता पैदा गरिरहेको सबै कार्यक्रममा सहभागि अतिथि र सहभागीलाई थाहाँ नै थियो । निजलाई पटक–पटक अतिथि, म र सहभागीहरुले हल्ला नगर्नका लागि गरिएको अनुरोधलाई पनि कुनै वास्ता नगरी निरन्तर हल्ला गरिरहेका थिए । त्यसै बखतमा प्रशिक्षण प्रदान गर्ने वातावरण नभएपछि मैले भनेः–“हल्लाह नगर्नुहोस् अरुलाई सुन्नमा समस्या भयो तपाईको कुरा पछि राख्नु होला, सुन्न मन छैन भने बाहिर जानुहोस्” भनि अनुरोध गरेको थिएँ । उनी आफ्नो मदिराको घमण्डमा तथानाम बोल्दै बाहिर निस्केका थिए । निजले करिव मैले दिएको १ घण्टासम्मको प्रशिक्षण बाहिर बसेर सुनिरहेका थिए । तर, मदिरा सेवन गरेका निमबहादुर परियार मलाई आक्रमण गर्ने गरी पर्खेर बसेका रहेछन् मलाई त्यो कुराको केही संकेत उनको म प्रतिको हेराई र व्यबहारबाट मात्रै थाहा भयो । लिबाङ फर्किनका लागि वडा अध्यक्ष खिमबहादुर घर्तीमगर लगायत अन्य अतिथिसंग र सहभागीसँग विदा मागेर मैले मोटर साइकल चलाउन खोज्दा उनी कार्यक्रमबाट म जाने बाटो तर्फ गइरहेका थिए । निज परियार कार्यक्रम स्थलभन्दा पर गैरामा मलाई आक्रमण गर्ने तयारीका साथ बसेका रहेछन् । छिटो लिबाङ पुग्ने हतारमा म मोटर साइकलमा गइरहेको बेलामा ३ः४५ बजे एकान्त गैरामा एक्कासी “ए वाइक रोक्” भन्ने आदेश गरेपछि मैले आक्रमणको संकेत थाहाँ पाएर मैले मोइटरसाइकलमा गतिमा दौडाउदा दौडाउँदै पछिबाट ढुंगा प्रहार गरी सिट्टी बजाउँदै चहार्दै लिए । सचेतना पूर्वक र संयोगबस लागेन । आज सकुशल तु । म अलि केही परसम्म आउँदा पनि उनी म आएको बाटोमा नै ढुंगा लिएर आएका थिए । म त्यस्तो मदिरा सेवन गरेको मानिसलाई चलाउनु भन्दा नै नचालनु बुद्धिमानी मानेर केही समयपछि गाउँ कार्यपालिका सदस्य झक्कुप्रसाद परियारलाई र प्रशिक्षक खेम बुढामगरलाई फोन गर्दा पनि त्यस स्थानमा टावर नहुँदा सम्पर्क हुन सकेन, म एक्लै फर्किन पनि समस्या भयो । त्यसैले मोटरसाइकलको गति बढाउँदै लिबाङ तर्फ नै लागेको हो । केही समयपछि वडा अध्यक्ष खिमबहादुर घर्ती र अन्य सरोकारवाला राख्ने व्यक्ति तथा निकायलाई जानकारी गराएको थिए । ”
आफू सानै उमेरमा परिवर्तन, सचेतनाको अभियानमा लागेको स्ममरण गराउँदै समाजका लागि योगदान दिने व्यक्तिहरुमा नै आक्रमण भएकोप्रति खेद व्यक्त गर्दै विज्ञप्तीमा भनिएको छ–“विगत कलिलो उमेरदेखि नै दलितहरुको हक र अधिकारको कुरा उठाउँदै आएको म एक अभियान्ता, सञ्चारकर्मीमाथी नै यसरी दिन दहादै ढुंगा प्रहार गरी आक्रमण गर्न खोज्नु उनी आफैले गरेका हुन वा कसैबाट परिचालित छन् भन्ने कुरा आशंकाको विषय बनेको छ । नागरिकको सुरक्षामा खरातामा पर्दै स्वतन्त्रता पूर्वक लेख्न, निर्वाध रुपमा हिडन्, बोल्न र अभियान सञ्चालन गर्न पाउने अधिकारलाई कुण्ठित तथा खतरामा उत्पन्न भएको छ । निज परियारले पखलास कुनै दिन भेटौला भनेर म माथी नै आइ लाग्नुले मेरो जीवनको सुरक्षामा खतरा पर्न सक्ने जानकारी गराउँदै समाजमा यस्ता प्रवृति मौलाउँदै गएकाले मलाई मात्रै होइन सिंगो नागरिकलाई नै चिन्ता र आक्रोस बढाएको छ ।”

यो घटनाको निन्दा एवं भ्रष्टसना गर्दै विज्ञप्तीमा भनिएको छ ः–“अन्त्मा यदी त्यो ढुंगा लागेको भए म यो धर्तीमा रहदैन थिए होला । सचेत प्रयत्नका साथ बाच्न सफल भएको छु । म पछाडि परेका वर्ग र समुदायको मुक्ति निरन्तर अगाडि बढी रहने प्रतिवद्धता व्यक्त गर्दै मेरो जीवनको सुरक्षा गरिदिन, स्वतन्त्र रुपमा लेख्न रुपमा लेख्न पाउन वातावरण निर्माण गरि सुरक्षा निकाय, वडा कार्यालय, सम्पूर्ण सञ्चारकर्मीमा बिन्रम अनुरोध गर्दछु । साथै यो घटनाका दोषि निमबहादुर परियारलाई कानूनी डायरामा लिएर कानूनी कारवाही गर्नका लागि प्रशासन, सुरक्षा निकाय, संयुक्त दलित जनअधिकारमञ्च, गाउँपालिका, वडा कार्यालय र सबै सचेत नागरिकहरुमा अनुरोध गर्दछु ।”
विश्वकर्मा संयुक्त दलित जनअधिकार मञ्च रोल्पाको सचिवका हैसियतले रोल्पा जिल्लाको विभिन्न स्थानमा आयोजना गरिएको जातीय छुवाछुत प्रथाको बारेमा सचेतना फैलाउँै हिड्ने अभियान हो । उहाँ नेपाल पत्रकार महासंको पहिलो कार्यकालको अध्यक्ष हुनुहुन्छ । विश्वकर्माले भोली २७ गते विहान जिल्ला प्रशासन कार्यालय विज्ञप्ती एवं दिने, सुरक्षाको मागका लागि निवेदन दिने र अन्य सहकार्य गरी कानुनी डायरामा लिन आवश्यक रहेको सल्लाह गर्ने निर्णय गरेको छ । अधिकारकर्मी, सञ्चारकर्मी दलितहरुको हक र अधिकारको कुरा उठाउँदै आएका अधिकार कर्मी विश्वर्मा मात्रै यसरी आक्रमण गर्नुले सरोकारवालाहरुको ध्यान जान आवश्यक छ ।

 

You may also like