नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिउरीको ४ कोठे भवनकाे उद्घाटन


जुनिस कुमार बिष्ट
सुनछहरी–४ स्युरी,रोल्पा
२५ मंसिर

This image has an empty alt attribute; its file name is suri.jpg


नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सुनछहरी गाउँपालिका वडा नम्बर ४ सिउरीको ४ कोठे नयाँ भवन गाउँपालिका अध्यक्ष आशबहादुर पुनबाट एक समारोहको वीच उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा ६५ लाख रुपैयाँको लागतमा उक्त भवन कार्य सम्पन्न भएको हो । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुनले भन्नुभयो सुनछहरी गाउँपालिका शिक्षा स्वास्थ्य लगाएत बिकासका पुर्वाधारबाट निकै पछि परेको हुनाले अब शिक्षा र स्वास्थ्यको बिकासमा लाग्ने बताउनु भयो ।
उक्त बिधालय वि.स. २०१८ सालमा स्थापना भएको थियो भने हाल बिधालयमा ३७५ जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन भने स्थायी दरबन्दीमा २ जना अस्थायी दरबन्दीमा १ जना, गाउँपालिका अनुदान कोटामा माध्यमिक तहको दरबन्दी बिज्ञान विषयको दरबन्दी १ जना र ८ जना निजि स्रोतबाट गरि जम्मा १२ जना शिक्षकहरु रहेका बिद्यालयका प्रधानाध्यापक राजकुमार रानाले जानकारी दिनु भयो । उद्घाटन कार्यक्रमकको सञ्चालक प्रधानाध्यापक राजकुमार रानाले गर्नु भएको थियो भने बिद्यालय व्यवस्थापन समिति अध्यक्ष अध्यक्ष खड्क बहादुर घर्तीमगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

You may also like