“विद्यार्थीहरुको सर्बाङ्गीण विकासका लागि राष्ट्रपति रनिङ शिल्ड हो ।” –प्रदेश सभा सदस्य जोखबहादुर महरा

मानसिंह विश्वकर्मा
पुष २६ गते जैमाकसला

This image has an empty alt attribute; its file name is sunchari-raning-sild-27.jpg


लुम्बिनी प्रदेश सभा सदस्य जोखबहादुर महराले देश विकासका लागि भौतिक विकासले मात्रै भन्दा पनि मानवीय विकासले समाजको छिटो विकास हुने बताउँदै विद्यार्थी उमेरमा सर्बाङ्गीण विकासका लागि राष्ट्रपति रनिङ शिल्ड आयोजना गरिकोले सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
यस्तो विचार लुम्विनी प्रदेश सभा सदस्य जोखबहादुर महराले सुनछहरी गाउँपालिकामा अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको क्रममा नमूना मा.वि. जैमाकसलामा बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य एवं निवर्तमान अर्थमन्त्री जोख बहादुर महराले स्वच्छ प्रतिस्पर्धाको आधारमा खेल खेल्न आग्रह गर्दै जिल्ला स्तरीय रनिङ शिल्डमा जित्ने प्रयत्नका साथ अघि बढ्न आग्रह गर्नुभयो ।
उहाँले आज देशमा शुसासन, सामाजिक न्याय र समृद्धीको यात्राका साथमा अगाडि बढेको बताउँदै त्यसका लागि सबै एकताबद्ध हुन समेत अपिल गर्नुभयो । देश समृद्ध बनाउनका लागि शान्ति प्रक्रियाका केही कामहरू पुरा गर्न बाकीँ रहेकोले यसलाई छिट्टै टुङ्गोमा पु¥याउनको लागि आवश्यक रहेको बताउनुभयो । उहाँले आजको युग सूचना प्रविधिको युग भएकाले सूचना प्रविधिसँग नजिक रहेर शिक्षा प्रदानको लागि वातावरण मिलाउन र सबैले त्यस प्रकारको शिक्षाको लागी एक जुट हुन समेत आग्रह गर्नुभयो ।
कार्यक्रमको विशिष्ट अतिथिको रूपमा रहनुभएका लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले भौतिक विकास भन्दा मानवीय विकास पहिले हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘भौतिक विकासले भन्दा सामाजिक विकास भयो भने मात्रै हामी अगाडी बढ्न सक्छाँै ।’ उहाँले देशले सच्चा नागरिक मागीरहेको बेलामा सच्चा नागरिकको माग पुरा गर्नुपर्ने बताउनुभयो ।

उहाँले खेलमा उपस्थित खेलाडीहरूलाई नियमित रूपमा खेल खेलेर स्वस्थ रहन आग्रह गर्दै, उहाँले गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले गाउँ, जिल्ला प्रदेश गर्दै राष्ट्रको पहिचान दिन मत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मिना खड्काले खेलकुद क्षेत्रबाट विद्यार्थीको सर्वाङ्गीण विकास हुने बताउँदै त्यसलाई अनुशाशित पूर्वक खेल्नु पर्ने बताउनुभयो । खेल रमाइलोका लागि मात्र नभई विद्यार्थीको चौतर्फी विकासका निम्ति राज्यले लगानी गरेको बताउँदै भरपुर रुपमा सदुपयोग गर्नका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै उद्घाटन समारोहका अध्यक्ष तथा सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनमगरले बिजेता बन्नका लागि मात्र नभई खेलमा नियम, अनुशासन र मर्यादा ठूलो कुरा भएको बताउनु भयो । सबैलाई मर्यादित र अनुशासित रुपमा खेल सम्पन्नमा ध्यान दिनका लागि निर्देशन दिनुभयो ।
कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकी, प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरे लगायतले शुभकामना मनतव्य समेत दिनुभएको थियो । कार्यक्रममा उपाध्यक्ष ननकला घर्तिमगर, प्रमुख प्रशासकीय अधिकृत लालसिह खड्का, जनप्रतिनिधी, राजनीतक दल, शिक्षक, विद्यार्थी सञ्चारकर्मी र जनताको सहभागीता रहेको थियो । कार्यक्रमको २९ गतेसम्म चल्ने आयोजकले बताएको छ ।

You may also like