सुनिलस्मृति गाउँपालिकाको चौथो राष्टपति रनिङ शिल्डको महराद्वारा उद्घाटन


समाचारदाता

पुष २४ गते सुलिचौर

This image has an empty alt attribute; its file name is sunlil-gapa-1024x473.jpg


लुम्बिनी प्रदेशसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जोखबहादुर महराले देशमा आजको युगसंग प्रतिषप्रर्धा गर्न सक्ने जनशक्ति निर्माण गर्नका सबै शिक्षा प्रेमी लाग्नका लागि अपिल गर्नुभयो । उहाँले अहिलेको युग सूचना प्रविधिसंग खेल्ने युग भएकोले गर्दा सबै शिक्षाका पाठ्यक्रम अब मोवाइलमा सेट गर्ने गरी तयारी गर्नुपर्न बताउनुभयो । उहाँले भन्नुभयोः-“अब सबै मोवाइलमा सेट गर्नुपर्दछ, शिक्षकले सेट गर्ने र अभिभावकहरुलाई पनि अब त्यस अनुसार पठन पाठन गराउनु पर्दछ ।” महराले विद्यालय व्यवस्थापन समितिमा काम नगर्नेहरुलाई पदमात्रै ओगत्नका लागि छुट नभएको बताउँदै विद्यालय व्यवस्थापन समितिमा रहेर विद्यालयलाई स्तरबृद्धि गर्नका लागि आत्मैदेखि हुनु पर्ने बताउनुभयो । उहाँले हाम्रो विचमा रहेको शैक्षिक बेरोजगारलाई अन्य गर्नुपर्ने बताउँदै समय र गतिसँग अगाडि बढ्न सक्ने जनशक्ति निर्माण गर्न सबै लाग्नु पर्ने बताउनुभयो । समाचारदाता
उहाँले आत्मनिर्भर जनशक्ति निर्माण विना अब कुनै पनि समाज र देशको विकास हुन नसक्ने बताउँदै परनिर्भर मानसिकतालाई तोड्नु पर्ने बताउनुभयो । उहाँले विद्यालय स्तरबाट नै प्रतिभाको पहिचाहन गर्नु पर्ने बताउँदै त्यसका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जोखबहादुर महाराले नेपालको आर्थिक संकट र राजनीतिक संकट लयमा फर्किएको बताउँदै त्यसलाई सुढिृत गर्नुपर्ने बताउनुभो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुनमगरले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जित र हारको विषयमात्रै नभएर विद्यार्थीहरुको अनेकन प्रतिभाहरु प्रस्फुटन गर्ने एउटा थलो भएको बताउनुभयो । उहाँले राज्य र सरकारले सधै अभिभावकत्वको भूमिका निर्वाह गरिरहेको बताउँदै यदी सरकारले सही अभिभावकत्व निर्वाह गर्न सक्ने बताउनुभयो । उहाँले देश र आफूहरुले सोचेको सपना भनेको सच्चा नागरिकको अपेक्षा गरेको बताउँदै त्यसको अभिभारापूरा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोः-“विद्यार्थी भनेको नर्सरी हो नर्सरीमा राखिएको विरुवालाई समयमै मलजल गर्नुपर्दछ ।”
उहाँले वर्तमान कतिपय विद्यार्थीहरु भाङ, धटुरोको सिकार भइरहेको बताउँदै त्यस तर्फ नलाग्नका लागि अनुरोध समेत गर्नुभयो ।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मिना कुमारी बुढाले खेलकुद आफ्नो लागि र देशका लागि नभई नहुने विषय बनेको बताउँदै त्यसको विकासमा लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य, सुनछरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगर, प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरे, सुनिलस्मृति गाउँपालिकाका निर्वमान अध्यक्ष गुणेन्द्र घर्तीमगर लगायतले शुभकामना मनतव्य दिनुभएको थियो ।
सुनिलस्मृति गाउँपलिकाद्वारा आयोजित रनिङ शिल्डमा जनप्रतिनिधी, कर्मचारी, राजनीतिक दल, विभिन्न सामाजिक संघसँस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायत सबैको उफस्थिति रहेको थियो ।
सुनिलस्मृतिभित्रका १० वटा विद्यालयहरुले सहभागीता जनाएका छन् । गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकीको अध्यक्षतामा सञ्चालन भएको थियो भने सञ्चार प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराइले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई स्वागत उपाध्यक्ष मिना थापाले गर्नुभएको थियो ।

You may also like