राष्ट्रिय जनमोर्चा पार्टी रोल्पाद्वारा संघीयताको खारेजीको माग गर्दै कोण सभा

राष्ट्रिय जनमोर्चा पार्टी रोल्पाद्वारा संघीयताको खारेजीको माग गर्दै कोण सभा


This image has an empty alt attribute; its file name is j4.jpg

११ असोज, लिबाङ ।
राष्ट्रिय जनमोर्चा पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्ला पार्टीले आज लिबाङमा गणतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षा गरौं संघीयको खारेजी गरौ भन्दै कोण सभा सम्पन्न गरेको छ ।
उक्त कोण सभालाई अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा पार्टी रोल्पा जिल्ला अध्यक्ष मेघनाथ विष्ट, अखिल नेपाल किसान संघ रोल्पा जिल्ला अध्यक्ष केवी थापा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले नेपाली जनताहरुको बलिदानबाट प्राप्त गणतन्त्र, राष्ट्रिय स्वाधिनता खतरामा परेको भन्दै गणतन्त्र र राष्ट्रिय स्वाधिनताका रक्षाका लागि अपिल गर्नुभएको थियो । संघीयता कार्यान्वयनको नाममा नेपाली जनतालाई आर्थिक भार बढेको वक्ताहरुको भनाइ छ । राष्ट्रि घाटी खड्क प्रसाद शर्मा ओलीले एमसीसी पास गराउन नपाएकै कारण पटक÷पटक प्रतिनिधिसभा विघटन गरेको भन्दै आपत्ति समेत उहाँले व्यक्त गर्नुभयो । देशको विकास लागि वजेट आवश्यक परेको हो भने एन्सिएल कम्पनी लगायत धेरै कम्पनीबाट कर असुल राज्य गर्न नसक्ने अनि राष्ट घाटी सम्झौता नेपालमा लागू गर्न कुनै पनि हालतमा नहुने वक्तहरुको धारणा छ । जिल्ला सदस्य भागीराम बि.क.ले गर्नुभएको थियो भने कोण सभाको समापन जिल्ला अध्यक्ष मेघनाथ विष्टले गर्नुभएको थियो ।

You may also like