सहिदमार्गको बिषयमा रोल्पाका जनप्रतिनिधीहरुको सामूहिक सामूहिक रुपमा दवाव दिने


समाचारदाता
कात्तिक १४ घर्तीगाउँ रोल्पा


रोल्पाको शहीदमार्ग सडक स्तरउन्नतीको बिषयमा जिल्लाका स्थानीय तहका प्रमुखहरुले चिन्ता ब्यक्त गरेका छन । लुम्बिनी प्रदेश सभाका सदस्य दीपेन्द्र कुमार पुनमगरको पहलमा माडी गाउँपालिकाका घर्तीगाउँमा बसेको थियो । रोल्पा जिल्लाको पश्चिम क्षेत्रको मेरुडण्ड सडकको रुपमा रहेको शहीदमार्ग अझैसम्म पनि गति लिन नसकेको भन्ने जनताको गुनासो आई रहेको बेलामा रोल्पा पश्चिम क्षेत्रका जनप्रतिनिधीहरु एकै स्थानमा आएर छलफल गरेका छन् ।

माडी गाउँपालिकाको कार्यालय घर्तीगाउँमा भएको स्थानीयतहका प्रमुखहरुको छलफलले सहिदमार्ग निर्माणमा हुनेगरेको ढिला सुस्तिप्रति चिन्ता ब्यक्त गर्दै तत्काल काम सुरु गर्न सम्बन्धित पक्षलाई दबाब दिने निर्णय गरेका छन् । विकासको गति तिव्रतामा हुनु पर्ने अथवा पश्चिम क्षेत्रका जनप्रतिनिधीहरुले केही पनि गरेर भन्ने विषयमा छलफल गरिएको थियो । लुम्बिनी प्रदेश सभासद दीपेन्द्र कुमार पुन ‘सिजल’ को प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीले गर्नुभएको थियो भने सञ्चालन माडि गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती (मित्रमणि) ले गर्नुभएको थियो ।
बैठकपछि रोल्पा जिल्लाका पश्चिम क्षेत्रको समृद्धिका लागि सामूहिक योजना निर्माण गरी अगाडि बढ्ने, कतिपय साझा सवालको विषयमा एकमत भएर दवाव सृजना गर्ने, विकास निर्माणमा सामूहिक रुपमा पहल गर्ने लगायतके विषयमा छलफल गरेको छ ।
छलफलमा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन, त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा, परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा, थवाङ गाउँपालिका अध्यक्ष लगायतको सहभागीता थियो । माडि गाउँपालिका उपाध्यक्ष जयपुरी घर्ती, पुर्व उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगर, माडि गाउँपालिका प्रेस संयोजक बुद्धिमान वली लगायतको सहभागीता रहेको थियो ।
रोल्पा जिल्लाको जनप्रतिनिधीहरुको छलफलबाट अब रोल्पा जिल्लाको पश्चिम क्षेत्र नं. १(ख) का विकास निर्माणहरुले केही पूर्णता आशा देखिएको छ । तर यसको लागि निरन्तर खवरदारी समेत आवश्यक रहेको छ ।

You may also like