सुनछहरी गा.पा वडा नं. ५ जैमाकसलाले ४५ घरदुरीलाई निशुल्क विद्युत मिटर बाक्स वितरण


रोल्पा समाचारदाता
लिबाङ रोल्पा कार्तिक २१ गते मंगलबार


रोल्पा सुनछहरी गाउँपालिका वडा नं. ५ जैमाकसलाले नमूना योग्य काम गरेको छ । वडा नं. ५ जैमाकसलाले आ.व. २०८०÷०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत दलित तथा विपन्न गैर दलितहरु लक्षित कार्यक्रम अन्र्तथ ४५ घरदुरीलाई मंगलबार वितरण कार्यक्रम गरी जनतालाई वितरण गरेको हो ।
वडाको आ.व. २०८०÷०८१ को स्वीकृत वार्षिक बजेट कार्यक्रम १ लाख ५० हजार बजेट अन्तरगत दलित तथा विपन्न गैर दलितहरु लक्षित कार्यक्रम अन्तर ४५ घरदुरीलाइ वितरण गरिएको यस वडाका वडा अध्यक्ष देवीलाल रोकामगरले बताउनुभयो ।
उक्त कार्यक्रममा सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले विपन्न जनतालाई सहयोगका लागि वडाबाट गरिएको बताउनुभयो । स्थानीय जनताहरुको लागि जनतालाई नै राहत हुने काम गर्नुपर्ने बताउनुभयो । रोकाले वडाका ४५ घरदुरीलाई मिटर बाक्स निःशुल्क वितरण गरिएको पनि बताउनु भएको थियो । गाउँपालिकामा नै यस्तो कार्यक्रम राखेको बताउनुभयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाल विद्युत प्राधिकरण रोल्पाका प्रमुख अशेस्व बहादुर सिंहले नेपाली जनताको अधिकारमध्ये विद्युत पनि अनिवार्य झै बनेको बताउँदै आम जनतालाई सेवा पु¥याउनको लागि कार्यालय लागि परेको बताउनुभयो । उहाँले रोल्पाका दुर्गमका गाउँबस्तीलाई उज्यालो बनाउने लक्ष्य रहेको बताउँदै त्यसका लागि नेपाल विद्युत प्राधिकरण कार्यालय लागेको बताउनुभयो । रोल्पा जिल्लालाई उज्यालो बनाउनको लागि निरन्तर लागेको बताउनुभयो । रोल्पा जिल्लामा दुर्गम, बजेटको अभाव लगायत, निर्माण व्यावसायीले पनि छटो काम नगरेकोले ढिलाई भएको बताउनुभयो ।


उक्त कार्यक्रममा वडाका पूर्व वडा अध्यक्ष, राजनितिकदल समाज सेवि बुद्धीजिवि, युवा कल्वा, आमा समूह, सुक्र्षाकर्मी लगायतको उपस्थीति रहेको थियो । सुनछहरी गाउँपालिकाका वडा ५ का वडा अध्यक्ष देवीलाल रोकामगरको अध्यक्षतामा भएको का थियो ।
सुनछहरी गाउँपालिका ५ नं. वडाको आ.व. २०८०÷०८१ को स्वीकृत वार्षिक कार्यक्रम दलित तथा विपन्न गैर दलितहरु लक्षित कार्यक्रम अन्तर गत १ लाल ५० हजारको बजेटमा सो कार्य गरिएको थियो । सो कार्यक्रबाट स्थानीय जनताहरु निकै खुशी भएको बताएका छन् ।

You may also like