जिल्लाको समृद्धिमा लाग्न प्रदेश सभा सदस्य पुनको अपिल


रोल्पा समाचारदाता
रोल्पा लिबाङचैत्र १६


लुम्बिनी प्रदेश प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले रोल्पा र रोल्पालीको विकास र समृद्धिका लागि लाग्नु पर्ने सरोकारवालाहरुलाई अपिल गर्दै त्यसका लागि आफू सधै रोल्पाली जनताको विकास र समृद्धीका लागि लागिरहेको बताउनुभयो ।
यस्तो कुरा नेपाल पत्रकार महासंघ रोल्पाको आयोजनामा रोल्पाको लिबाङमा नेपाल पत्रकार महासंघको ६८ औँ स्थापना दिवसको अवसरमा आयोजित ‘रोल्पाको विकास र समृद्धीमा सञ्चारकर्मीहरुको भूमिका’ विषय बृहत अन्तरक्रिया कार्यक्रममा बताउनुभएको हो ।
उहाँले विकास भनेको भौतिक पूर्वाधार पहिलो कि मानवीय विकास पहिलो भन्ने कुरा निकै गम्भिर रुपले बहस चलिरहेको बताउँदै पहिलो कुरा माननीवय विकास नै पहिलो भएको बताउँदै माननवीय विकास भएमा भौतिक विकास गर्न सहज हुने बताउनुभयो ।
उहाँले मानवीय विकासका लागि धेरै समय लाग्ने बताउँदै भोतिक विकास हुँदैमा समृद्ध नहुने बताउँदै मानवीय विकासका पहिलो प्राथमिकता पर्नुपर्ने बताउनुभयो ।
रोल्पा जिल्ला क्षेत्र नं. १ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगरले राज्यले अब भौतिक विकास भन्दा पनि माननीय विकासमा लाग्नुपर्ने बताउँदै माननीय सूचाङ्क विकासका लागि लाग्नु पर्ने बताउनभो ।
प्रदेश सभा सदस्यले रोल्पा जिल्लाको विकासमा पत्रकारहरु एवं सञ्चारकर्मीहरुको समेत भूमिका अतुलतीय योगदान रहेको बताउँदै आगामी दिनमा अझै विकासमा हातेमालो गर्नका लागि अनुरोध गर्नयो ।
सो कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तीमगर, नेपाल पत्रकार महासंघ रोल्पाका सँस्थापक अध्यक्ष काशीराम डाँगी, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे लगायतले बोल्नुभएको थियो । उहाँहरुले रोल्पा जिल्लाको विकास र समृद्धिका लागि नै सबै लाग्न सबैलाई अपिल गर्नुभयो । उहाँहरुले रोल्पा जिल्लाको विकासमा भएका समस्यहरुलाई आत्म समीक्षासहित आगामी दिनमा अगाडि बढ्नु पर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका सभापति किशोर अचार्य, नेकपा एमालेका प्रदेश समितिका सदस्य घनश्याम आचार्य, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका संयोजक गुणेन्द्र घर्तीमगर, एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंकबहादुर बढामगर, नेकपा रोल्पाका टिकाराम नेपाली, समाजसेवी नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुुर घर्तीमगर नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष खेमबहादुर बुढामगर, निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्मा, नेपाल पत्रकार महाघंका राष्ट्रिय परिषद् सदस्य कविता उपाध्याय, नेपाल पत्रकार महासंघ रोल्पाका सल्लाहकार माधव कुमार नेपाल लगायतले शुभकामना मनतव्य तथा आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा भू जलाधार कार्यालय रोल्पाका रोर्वर्ट महरा, जलजला बहुमुखी क्याम्पसका प्रमुख खिम बहादुर खड्का, अधिवक्ता जितविक्रम मल्ल, नागरिक अगुवा केवी डाँगी लगायतले समृद्धिका लागि सबै एक हुनका लागि अनुरोध गर्नुभयो । कार्यक्रमको विषयबस्तुका बारेमा नेपपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष महेश न्यौपानेले बताउनुभएको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव लोकेन्द्र चन्दले गर्नुभयो । साथै पत्रकार महासंघका उपाध्यक्ष खुविना सुनारी मगरले स्वागत गर्नुभएको थियो ।

You may also like