नेपाल मगर महिला संघ, केन्द्रीय समितिको छैठौँ सम्मेलन रोल्पामा हुने पूर्व सभामुख ओनसरी घर्तीद्वारा उद्घाटन

मानसिंह विश्वकर्मा
रोल्पा लिबाङ
असोज २ गते
“मगर महिलाको पहिचान, सँस्कार र सस्कृति जोगाउने हाम्रो अभियान !” भन्ने मूल नाराका साथ नेपाल मगर महिला संघ केन्द्रीय समितिको २२ आँै स्थापना दिवसको अवसरमा छैटाँै राष्ट्रिय सम्मेलन रोल्पामा भव्यरुपमा सम्पन्न गर्ने गरी तयारी पुरा भएको आयोजकले बताएको छ ।
रोल्पाको लिबाङ रेउघामा हुने छैटौँ राष्ट्रिय सम्मेलनको तयारीका बारेमा जानकारी दिने उद्देश्यले विहीबार सम्पन्न पत्रकार सम्मेलन मार्फत नेपाल मगर महिला संघका केन्द्रीय समितिका अध्यक्ष विनिता आलेमगर सम्मेलनका लागि सम्पूर्ण तयारी भइसकेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष विनिता आलेमगरले मगर समुदायको सँस्कार, सँस्कृति जोगाउने महान अभिायनललाई लक्ष्यमा पु¥याउने, समुदाय भित्र पनि लैङ्गिक समान्ता र समावेशीको मुद्धालाई स्थापित गर्नका लागि नेपाल मगर महिला संघको स्थापना गरिएको बताउँदै स्थापना भएको २२ आँै वर्ष भएको स्मरण गराउनुभयो ।

केन्द्रीय अध्यक्ष आलेमगरले आफ्नो समुदायको हक र अधिकारको लागि एक धिक्का हुन र समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चतता गर्नका लागि नेपाल मगर महिला संघ जहिले पनि सामूहिकतामा अगाडि बढ्ने बताउनुभयो ।
केन्द्रीय अध्यक्ष विनिता आलेमगरद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेपालको बहुभाषिक, बहु धार्मिक, बहु साँस्कृतितथा भौगलिक विधिधतायुक्त देश भएको स्मरण गराउँदै त्यही विविधता भित्र एकता, सामाजिक ऐक्वयद्धता, सहिष्णुना, र सदभावलाई कायम गर्दै जातीय, वर्गिाय, क्षेत्रीय, भाषिक र धार्मिक, लैङ्गिक विभेद एवं सबै प्रकारका जातीय भेदभावको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्याय शुनिश्चत गर्न २१ औँ शताव्दीमा अगाडि बढ्नु पर्ने धारणा सार्वजनिक गरिएको छ ।
साथै नेपालको आमूल परिवर्तनमा मगर समुदायको अहम भूमिका तथा योगदान रहेको बताउँदै आगामी दिनमा पनि परिवर्तनको आन्दोलनमा अगाडि बढ्ने बताउनुभयो ।
२०५६ सालमा स्थापना भएको सँस्थाको छठाँै सम्मेलन परिवर्तनको मुख्य बलिदान गरेको रोल्पामा गर्न पाउँदा निकै खुशी भएको विचार व्यक्त गर्दै सम्मेलनमा ५६ वटा जिल्ला, ७ वटा प्रदेश नं. ५ वटा विदेश शाखा गरेर करिव ३५० जना सहभागिता हुने केन्द्रीय अध्यक्ष विनिता आलेमगरले बताउनुभयो । साथै सम्मेलन सफल पारिदिनका लागि अनुरोध गर्नुभएको छ ।
यस्तै कार्यक्रममा नेपाल मगर संघ महिला संघका सँस्थापक अध्यक्ष बमकुमारी बुढामगरले आफूले जन्माएको सँस्थाले हाल देभभरी शाखा विस्तार गरेकोमा गौरवको विषय बनेको बताउँदै अझै विकास गर्नुपर्ने बताउनुभयो । साथै उहाँले मगरहरुको सँस्कार, धर्म, सँस्कृतिको विषयमा अध्ययन गर्नुपर्ने बताउनुभयो । कुनै पनि काम गर्दा सतही भन्दा पनि गहिरोसँग अध्ययन गर्नुपर्ने बताउँदै त्यसका लागि अगाडि बढ्नुपर्नेमा एक धिक्का हुनुपर्ने बताउनुभयो । साथै मगर समुदायहरु आफ्नै कुरामा जिद्धी भन्दा पनि सामाजिक मान्यता, परम्परा, विस्वास लगायका कुराले संस्कृति सृजना गरेको बताउनुभयो ।
उहाँले रोल्पा जिल्लामा सम्मेलनका लागि सबैले सहयोग गरेर सफल पारि दिनका लागि समेत अनुरोध गर्नुभयो । पत्रकार सम्मेलनमा केन्द्रीय पदाधिकारी, केन्द्रीय समिति सदस्य, प्रदेश समिति सदस्य लगायत विभिन्न जिल्लाका प्रतिनिधिहरु उपस्थिति रहेको थियो । रोल्पा जिल्लाका पत्रकारहरु सहभागी भेटघाट कार्यक्रमको सञ्चालन केन्द्रीय समितिका महासचिव धनकुमारी रानामगरले गर्नुभएको थियो । रोल्पा नगरपालिका वडा नं. २ मा छैटौँ राष्ट्रिय सम्मेलन हुने भएको छ । सो सम्मेलनको पूर्व सभामुख एवं प्रतिनिधी सभा सदस्य ओनसरी घर्तीमगरले उद्घाटन गर्नु हुनेछ । रेउघामा विभिन्न मगर समुदायको सँस्कृति एवं झाँकीसहित ¥याली गर्ने आयोजकले बताएको छ ।

You may also like