आत्मनिर्भरका लागि किसानहरुलाई निःशुल्क फलफूल तथा डाले घाँस वितरण

आत्मनिर्भरका लागि किसानहरुलाई निःशुल्क फलफूल तथा डाले घाँस वितरण
असार २१ गते
लिबाङ–रोल्पा


पहाडी साना किसानका लागि जलवायू अनुकुलन आयोजनाको अनुदान तथा माडी गाउँपालिका–१ भिताबाङमा करीव ३३ हजार विभिन्न जातका फलपूmल र डाले घाँसको विरुवा निःशुल्क वितरण गरिएको हो । परम्परागत व्यवसायिबाट आधुनिक व्यवसायिमा थप सहयोग पुग्ने भएको छ ।
यस गाउँपालिका उपाध्यक्ष धनिकला घर्ती बुढाको प्रमुख आतिथ्यता तथा सोही वडाका वडा अध्यक्ष आमबहादुर घर्तीले करीव यस वडाको ८० जना कृषकहरुलाई ति विरुवाहरु वितरण गरिएको हो । कृषकहरुलाई विरुवा वितरण गर्दै निःशुल्क रुपमा वितरण गरिएको विरुवालाई संरक्षण गर्नुपर्ने सहभागि अतिथिहरुले सुझाव दिनुभएको थियो । साथै पशुपालन व्यवसायलाई व्यवस्थित गर्न, कृषि क्षेत्रलाई गाउँपालिका तथा आशा आयोजनाबाट सिंचाई तथा खानेपानी, फलफूल तथा तरकारी खेती, पशुपालन नर्सरी तथा डालेघाँस उत्पादनमा सहयोग भईरहेकोले यस वडाका कृषहरुलाई कृषि क्षेत्रबाटै अगाडी बढ्न र आत्म निर्भरका लागि पनि किसानहरुले कृषि गर्नै पर्ने बताउँदै कृषिमा आएको अनुदानलाई सहि तरिकाले सदुपयोग गर्नलाई सल्लाह र सुझाव दिनुभएको थियो । अपनत्वको भावना सहित कृषहरुलाई थप जागरुक हुनुपर्ने बताउनु भएको उक्त कार्यक्रममा माडी गाउँपालिका कृषि तथा पशु शाखाका ना.प.स्वा.प्रा. खगेन घर्तीमगर र ना.प्रा.स. तुल्सा रोकामगर उपस्थिति रहेको थियो । कार्यक्रममा अनुदानमा फलफूल तथा निःशुल्करुपमा डालेघाँसको विरुवा पाउँदा किसानहरुले खुसी व्यक्त गर्दै यसले कृषकहरुको आत्मनिर्भरमा सहयोगी हुनेमा खुसी ब्यक्त गर्दै कतिपयले आफ्नो जिज्ञासा पनि राखेका थिए । रुन्टेपाखा सामुदायि वन उपभोक्ता समूहको जनश्रमदान सहित कुल लागत रु ६ लाख ५ हजार ५९४ लगानीमा सञ्चालित नर्सरीमा किमु, पपलर, बकाइनो, इपिलइपिल, खोटे सल्ला, किबी, टिमुर आदी उत्पादन गरिएको छ । गाउँपालिकाबाट निःशुल्क फलपूmल र डाले घाँसको विरुवाको हेरचाह गरी परम्परागत व्यवसायिबाट आधुनिक व्यवसायिमा ध्यान पु¥याउन आवश्यक छ ।

You may also like